‘सुदर्शन–कपिला सिरपा’ नेवा खल : कास्कीलाई २ चैतमा प्रदान गरिदै, सांस्कृतिक स्मारिका समेत विमोचन हुने

 न्यूज विराट
‘सुदर्शन–कपिला सिरपा’ नेवा खल : कास्कीलाई २ चैतमा प्रदान गरिदै, सांस्कृतिक स्मारिका समेत विमोचन हुने

विराटनगर । नेपाल भाषा तथा सांस्कृतिक संघ (झी पुचः) ले यस पटकको ‘सुदर्शन–कपिला सिरपा’ नेवा खलः कास्कीलाई प्रदान गर्ने भएको छ ।

विराटनगरस्थित होटल स्वागतमा चैत २ गते भव्य कार्यक्रम आयोजना गरी २ लाख रुपैयाँ राशीको ‘सुदर्शन–कपिला सिरपा’ नेवा खलः कास्कीलाई प्रदान गर्ने झी पुचः ले सोमबार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।

नेपाली भाषा एवं संस्कृतिको क्षेत्रमा दुई दशक भन्दा लामो समयदेखि अनवरत रुपमा क्रियाशील संस्था नेवा खलः कास्कीलाई उक्त सम्मानबाट सुशोभित गर्ने भएको झी पुच : विराटनगरका अध्यक्ष भविषकुमार श्रेष्ठले बताए । उक्त कार्यक्रममा सांस्कृतिक स्मारिका समेत विमोचन गरिने उनले बताए ।

४४ वर्ष अगाडी नेपाल सम्वत् ११०१ (वि.सं. २०३८) सालमा स्थापना भएको झी पुचःले नेपाली भाषा एवं संस्कृतिको क्षेत्रमा योगदान पुर्याउने व्यक्ति एवं संस्थालाई कदर स्वरुप प्रत्येक २–२ वर्षमा सुर्दशन–कपिला सिरपा (सम्मान) बाट सुशोभित गर्दै आएको छ । झी पुचःका संरक्षक एवं समाजसेवी सुर्दशन श्रेष्ठद्वारा स्थापित उक्त सिरपाबाट यसअघि २०७६ साल फाल्गुण २ गते संस्कृतिविद सत्यमोहन जोशी सम्मानित भईसकेका छन् । यसअघि २०७८ सालमा भारतको गान्तोकस्थित सिक्किम नेवा गुठीलाई पनि सम्मान गरिसकेको छ ।

पहिलो पटक काठमाडौँ नक्सालमा आयोजित एक भव्य समारोहका बीच नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले संस्कृतिविद सत्यमोहन जोशीलाई सम्मान गरेपछि झी पुचः ले उक्त पुरस्कारलाई निरन्तरता दिँदै आएको झीः पुचका अध्यक्ष श्रेष्ठले बताए । ‘सुदर्शन–कपिला सिरपा’ विराटनगर–१० निवासी सुर्दशन श्रेष्ठ र उनको परिवारद्वारा स्थापित पुरस्कार हो ।

२०७६ सालको नयाँ वर्षको अवसरमा आयोजित एक कार्यक्रमबीच श्रेष्ठ र उनको परिवारद्वारा नेपाली भाषा एवं संस्कृतिको जगेर्ना गर्ने व्यक्ति वा संस्थालाई झी पुचः मार्फत् प्रत्येक २–२ वर्षमा कदर स्वरुप ‘सुदर्शन–कपिला सिरपा’ द्वारा सुशोभित र नगद रु. २ लाखको सिरपा थैली प्रदान गर्ने घोषणा गरिएको थियो । त्यसका लागि २० लाखको अक्षय कोष खडा गर्ने उद्घोष भएअनुसार झी पुचः विराटनगरले सुदर्शन कपिला ट्रष्टको विनियमावली बनाई झी पुचः अन्तर्गत सुर्दशन कपिला सिरपा विशेष समिति निर्माण गरि कार्य गर्दै आएको छ ।

दाता सुर्दशन बहादुर श्रेष्ठद्वारा अक्षयकोष स्थापनाका लागि प्रदान गरिएको १५ लाखमा हाल दाताहरुले समेत ५ लाख रुपैयाँ सहयोग गरेका छन् । झी पुचःको अक्षयकोष रकम हाल २० लाख पुगेको जनाइएको छ । प्रत्येक १० वर्ष पछि सिरपा थैली रकममा ५० –५० हजारका दरले थप गरी एकमुष्ठ वृद्धी गर्ने योजना रहेको झी पुचः ले जनाएको छ ।
झी पुचःले प्रत्येक वर्ष नेपाल सम्वत्को नयाँ वर्ष, वेल विवहा, ब्रतबन्ध, गाइ जात्रा जस्ता संस्कृतिक कार्यक्रमहरु सामुहिक रुपमा आयोजना गर्दै आएको छ । नेपाल भाषा, साहित्य, कला भोज, बाजा, नृत्य, रिति रिवाज, भेष भूषा तथा संस्कृति समेतको संरक्षणको लागि विभिन्न कार्यक्रमहरु पनि गर्दै आएको छ । झी पुचः ले आफ्नै परिसरमा काठमाणै पछि सवैभन्दा ठूलो आठ फिट उचाई भएको इष्ट देव भैरवको मूर्ति, नेवा संस्कृतिका महत्वपूर्ण कला सामाग्री २ फिटको सिनमु, ज्वलन्हेक र ५ फिटको सुकुण्डा निमार्ण गरेको छ । पूर्वमै पहिलो नेवा : संग्रहालय निमार्ण पनि गर्दै आएको अध्यक्ष श्रेष्ठले बताए । केही समय अगाडी उक्त संग्रालयको शिलन्यास भएर धमाधम निमार्ण कार्य भइरहेको उनले बताए ।

सम्बन्धित समाचार

प्रदेश १ एमाले संसदीय दलको बैठक : ३२ सांसद उपस्थित, माओवादीका आङ्बुहाङ पनि सहभागी

विराटनगर, ११ चैत । विभिन्न तीनवटा निर्णय गर्दै प्रदेश १ को नेकपा (एमाले) संसदीय दलको बैठक सकिएको छ । प्रदेशसभास्थित संसदीय दलको कार्यालयमा बुधबार दलका नेता एवं प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको अध्यक्षतामा बैठक...

नेपाल डोरी तान संघ प्रदेश १ को अध्यक्षमा रीता न्यौपाने

विराटनगर, ३ माघ । नेपाल डोरी तान संघ प्रदेश १ को अध्यक्षमा रीता न्यौपाने चयन भएकी छन् । शुक्रबार सम्पन्न डोरीतान संघको प्रथम प्रदेश भेला तथा अधिवेशनबाट अध्यक्षमा निर्वाचित भएकी हुन् । समितिको उपाध्यक्ष सबिता...

जसपाको आधिकारिकता विवाद आज टुंगिदै

काठमाडौं, ७ साउन । निर्वाचन आयोगले जनता समाजवादी पार्टीको आधिकारिकता सम्बन्धी विवादको आज टुंगो लगाउने भएको छ । आयोगको इजलासमा बहसपछि सकेसम्म आजै आदेश आदेश आउन सक्ने निर्वाचन आयोगका सचिव सुरेश अधिकारीले बताए । जसपाको...

मल कारखानाको सम्भाव्यता अध्ययनका लागि तीन सदस्य समिति गठन

काठमाडौं, २७ कात्तिक-सरकारले नेपालमा रसायनिक मल कारखाना खोल्नका लागि सम्भाव्यता अध्ययन गर्न तीन सदस्य समिति गर्ने निर्णय गरेको छ । प्रधानमन्त्रीको प्रस्तावमा स्वेदशमा मल कारखाना खोल्ने सम्बन्धमा अर्थमन्त्रीको नेतृत्वमा उद्योगमन्त्री र कृषि मन्त्रीसहितको तीन सदस्यीय...

राष्ट्रिय जनगणना:मोरङमा परिवारको सूचीकरण कार्य शुरु

विराटनगर, ५ असोज । मोरङमा राष्ट्रिय जनगणना अन्र्तगत सुपरिवेक्षकले पहिलो चरण अन्तर्गत भदौ ३० देखि असोज १८ गतेसम्म २० दिन प्रत्येक घरपरिवार एक चुलो एक परिवारको सूचीकरण गर्ने कार्य सुरु गरेको छ। प्रदेश जनगणना कार्यालय...

राहतमा कुहिएको दाल बाँड्ने वडाध्यक्ष पक्राउ

जनकपुर, ८ वैशाख-कुहिएको दाल राहतमा बाँडेको आरोपमा प्रहरीले कलैया उपमहानगरपालिकाका ३ जना वडाध्यक्षलाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा वडा नम्बर ११ का वडाध्यक्ष सर्वनारायण चौधरी, १३ नम्बरका वडाध्यक्ष राजनप्रसाद कुर्मी र २६ नम्बरका वडाध्यक्ष महेश...

एनआइसी एसिया बैंक ‘पीडीत’ समुह गठन, बैंकविरुद्ध आन्दोलन गर्ने

काठमाडौं, ३० कात्तिक । एनआइसि एसिया बैंकबाट पीडीत ग्राहक तथा ऋणीहरुले आन्दोलन गर्ने भएका छन् । केहीदिन अघि काठमाडौंमा भेला भएर बैंकबाट पीडित भएको भन्दै उनीहरु आन्दोलित हुने भएका हुन् । सो बैंकले पीडित बनाएको...

दीपेन्द्रले हिर्काए पहिलो एकदिवसीय शतक

दीपेन्द्रसिंह ऐरीले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो शतक प्रहार गरेका छन् । शनिबार पपुवा न्युगिनी (पीएनजी)विरुद्ध ऐरीले आफ्नो पहिलो शतक प्रहार गरेका हुन् । ऐरीले १ सय ३६ बलमा १०० रन पूरा गरे । त्यसक्रममा उनले...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्