तेजस्वी सहकारीद्धारा रक्तदान कार्यक्रम, ३६ जनाले गरे रक्तदान
शनिबार, २६ फागुन, २०८०,
न्यूज विराट
विराटनगर । विराटनगर – ५ मा रहेको तेजस्वी वचत तथा ऋण सहकारी संस्था लिमिटेड खुल्ला रक्तदान कार्यक्रम आयोजना गरेको छ । नेपाल रेडक्रस सोसाईटी मोरङको प्राविधिक सहयोगमा विराटनगरमा आज आयोजना गरिएको रक्तदान कार्यक्रममा ३६ जनाले रक्तदान गरेको तेजस्वी वचत तथा ऋण सहकारी संस्थाकी कार्य समिति सदस्य मीना खनालले जानकारी दिइन् । कार्यक्रममा सहकारी संस्थाका सदस्य तथा अन्य गरि ३६ पिन्ट रगत संकलन भएको उनले बताइन् ।
अस्पतालहरुमा रगत अभाव भईरहेको सन्दर्भमा थोरै भएपनि सहयोग पुगोस् भन्ने उद्देश्यले कार्यक्रम गरिएको खनालले बताइन् । ‘रगत नपाए कसैको पनि अकालमै ज्यान नहोस भन्ने उद्देश्यले रक्तदान कार्यक्रम गरिएको हो,’ उनले भनिन् । सहकारी संस्थाका अध्यक्ष रमेश आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहकारी संस्थाका पदाधिकारी, सदस्य तथा शेयर सदस्यहरु लगायतको सहभागिता रहेको थियो ।
विराटनगर । विराटनगरमा बसोबास गर्दै आएका गुरुङ समुदायले तमु ल्होसार ( मुप्रि ल्हो) विविध साँस्कृतिक कार्यक्रम गरी मनाएका छन् । तमु ह्युला छोँज धीं गुरुङ राष्ट्रिय परिषद नगर ईकाई कमिटी विराटनगरले बरगाछीमा रहेको कंचनजङ्गा व्याङ्गकुईटमा...
विराटनगर, १० पुस । पाँच दलीय गठबन्धन नेतृत्वको प्रदेश १ सरकारले न्यूनतम साझा कार्यक्रम घोषणा गरेको छ । शनिबार गठबन्धनले न्यूनतम साझा कार्यक्रम घोषणा गरेको हो । अघिल्लो सरकारले अनुत्पादक क्षेत्रमा खर्च गर्नका लागि छुट्याएको...
जाजरकोट, १४ चैत । जाजरकोटको शिवालय गाउँपालिका– ७ का वडाध्यक्ष वीरबल खत्रीमाथि सोही वडामा कार्यरत सब–इन्जिनियर रवीन्द्रबहादुर शाहीलाई आइतबार कार्यकक्षमै कुटपिट गरेको आरोप लगाइएको छ । अध्यक्ष खत्रीले विज्ञप्ति निकाल्दै आफूले राम्रोसँग काम गर्न र...
विराटनगर, बैशाख १७–बिराटनगर–१३ मा गाडीको टायर पड्कीँदा भारत समस्तिपुरका २५ बर्षीय मो. हैदरको मृत्यु भएको छ । बिराटनगर–१३ स्थित एक घरको सटर भाडामा लिई गाडिको टायरको पम्चर बनाउने काम गर्दै आएका हैदरको चक्कामा हावा हाल्ने...
विराटनगर, बैशाख २१-प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले आगामी आर्थिक वर्षको वजेट स्वास्थ्य र शिक्षामा बढी केन्द्रित हुने बताएका छन् । यसअघिका बजेट भौतिक पूर्वाधारमा केन्द्रित हुने गरेको भन्दै मन्त्री घिमिरेले आगामी आर्थिक...
विराटनगर । विराटनगरस्थित शिक्षादीप कलेजमा शिक्षादीप स्पोर्टस् मिट २०७९ सुुरू भएको छ । विराटनगरमा बिहीबार एक कार्यक्रम आयोजना गरी स्पार्टस् मिट सुरू भएको हो । हप्तादिनसम्म संचालन हुने स्पोर्टस् मिटको उद्घाटन कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्काले...
विराटनगर, भदौ ४-विराटनगरका छ जना पत्रकार कोरोना मुक्त भएका छन् । तीन दिन अघि दिएको स्वाब परीक्षणबाट उनीहरु कोरोना मुक्त देखिएका हुन् । कोरोना जित्ने पत्रकारहरुमध्ये पाँच जना स्थानीय उद्घोष दैनिकमा आवद्ध छन् । पत्रकारहरु...
धनगढी, ४ वैशाख=धनगढी प्रयोगशालामा परीक्षण गरिएका २ जनाको रिपोर्ट पोजेटिभ आएको छ । धनगढीको पशुपक्षी अन्वेषण प्रयोगशालामा जडान गरिएको आरटीपीसीर मेसिनमा थ्रोड स्वाबको नमुना परीक्षण गर्दा २ जनाको कोरोना रिपोर्ट पोजेटिभ देखाएको हो । सुदूरपश्चिम...