राज्यले क्रिकेटमा लगानी बढाउनुपर्छ : क्यान अध्यक्ष चन्द

 न्यूज विराट
राज्यले क्रिकेटमा लगानी बढाउनुपर्छ : क्यान अध्यक्ष चन्द

विराटनगर । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले ग्रामिण क्षेत्रमा क्रिकेट खेलको विकास गरेर अगाडी बढनुपर्ने बताएका छन् । विराटनगरमा मंगलबारदेखि सुरू भएको तेस्रो इक्युवालिटि कप क्रिकेट प्रतियोगिताको उद्घाटन गर्दै अध्यक्ष चन्दले यस्तो बताएका हुन् ।

नेपाली खेलाडीहरुले क्रिकेटमा राम्रो प्रगति गरेको कारणले यस खेलप्रति क्रेज बढेको उनले बताए । ‘त्यसैले यो खेलको विकासमा राज्यले ध्यान दिनुपर्दछ । महिला क्रिकेटमा पनि मेहनत गर्नु पर्छ । गरिराखेका छन् । अझै धेरै गर्नुपर्नेछ,’ अध्यक्ष चन्दले भने, ‘अन्डर १९ मा प्रभाव छोडन सकेको छैन । महिला खेलाडीको क्रिकेटमा कमी छ । नयाँ खेलाडी उत्पादनमा ध्यान दिएर अगाडी बढनुपर्नेछ ।’ महिला क्रिकेट खेलाडी अहिले २७ देखि २८ जिल्लाहरुमा मात्र रहेको उनले बताए । राज्यले क्रिकेटमा लगानि बढाउनुपर्नेमा उनले जोड दिए । ‘१६ वर्ष अगाडि महिलाको राष्टिय प्रतियोगिता गरेको थियो । त्यसबेला ४ टिम थिए । बाँकेको कोहलपुरबाट महिलाको क्रिकेट खेल सुरु भएको हो । त्यसबेलमा चार टिम मात्रै सहभागी भयो,’ उनले भने ।

नेपाल क्रिकेट फाउण्डेशनका अध्यक्ष अभिषेक श्रेष्ठले महिला क्रिकेट खेलाडी उत्पादन गर्न यस्तो प्रतियोगिताले ठूलो सहयोग पुग्ने उनले बताए । क्रिकेट क्षेत्रको विकासमा लागि परेको उनले बताए । नेपाल क्रिकेट संघ कोशी प्रदेशका अध्यक्ष सर्वजित पाण्डेको पनि सहभागि रहेको थियो ।
नेपाल क्रिकेट फाउण्डेसनले मोरङ क्रिकेट संघसँगको समन्वयमा फागुन २२ गतेदेखि २५ गतेसम्म विराटनगर–६ केशलिया रोडमा रहेको म्यारीलिबोन विराटनगर ज्वाला क्रिकेट खेल मैदानमा प्रतियोगिता सुरु भएको छ । पहिलो खेल मोरङ र सप्तरीबीच सुरु भएको छ । आजै हुने दोस्रो खेल इलाम र सिराहाबी हुदैछ ।

सम्बन्धित समाचार

२४ घण्टामा थप ४८४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २४ हजार नाघ्यो

काठमाडौं, २८ साउन-बुधबार थप ४८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४८४ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए । योसँगै...

प्याब्सन जिल्ला स्तरीय चित्रकला प्रतियोगिताको उपाधि बूढानिलकण्ठ र सनराइज स्कुललाई

विराटनगर । प्याब्सन जिल्ला स्तरीय चित्रकला प्रतियोगिताको उपाधि विराटनगरको बूढानिलकण्ठ अ. मा. वि.का सिरिन भट्टराई र रंगेलीको सनराइज नेशनल स्कुलका रामसुन्दर साहले जितेका छन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) मोरङले विराटचोकमा शुक्रबार...

त्रिभुवन विमानस्थलमा एकै दिन १६ उडान

काठमाडौं, ६ असार-त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज एकै दिन १६ उडान भएका छन् । अन्तर्राष्ट्रियतर्फ १० र आन्तरिकतर्फ ६ उडान भएको विमानस्थल कार्यालयले विज्ञप्तिमार्फत् जनाएको छ । शुक्रबार पनि अन्तर्राष्ट्रियतर्फ ९ र आन्तरिकतर्फ ५ गरी १५...

पशुपतिनाथमा विशेष पूजा फागुन २५ देखि सुरु हुने

पशुपतिनाथ मन्दिरमा कोरोना महामारीका कारण एक वर्षदेखि रोकिएको विशेष पूजा फागुन २५ गतेदेखि सुरु हुने भएको छ । कोरोना जोखिम कायमै रहे पनि स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर फागुन कृष्ण एकादशीदेखि विशेष पूजा सुरु गर्न...

अन्य प्रदेशमा पनि विराटनगरले अक्सिजन धान्दै

विराटनगर, २ जेठ । देशभर अक्सिजनको समस्या भएपछि विराटनगरले सो आवश्यकता धानीरहेको छ । अक्सिजनको अभावका कारण कोरोना संक्रमितहरुको मृत्यु हुन थालेपछि सुदुरपश्चिम, लुम्बिनी प्रदेश र बाग्मती प्रदेशले पनि विराटनगरबाट अक्सिजन लैजान थालेका हुन् ।...

शनिबार एकै दिन २५ अर्ब ५५ करोड रूपैयाँ सरकारी भुक्तानी

काठमाडौ । आर्थिक वर्ष २०७८/७९ को खर्चअन्तर्गत हिजो शनिबार एकै दिन २५ अर्ब ५५ करोड भुक्तानी भएको छ । हिजो भएको खर्च जोड्दा सरकारी खर्च १२ खर्ब ३७ अर्ब पुगेको छ । प्राय: शनिबार सरकारी...

९ पटक मुद्दा खेपिसकेका राई डेढ किलो गाँजासहित पक्राउ

विराटनगर । ९ पटक मुद्दा खेपेर जेल जिवन बिताएका एक जना युवालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय संखुवासभाले चिचिला गाउँपालिका–३ बाट एक किलो ४ सय ५६ ग्राम गाँजासहित विकास राईलाई पक्राउ गरेको...

विराटनगरमा कराँते प्रतियोगिता हुँदै, भारत र नेपालका ९ टिमको सहभागि रहने

विराटनगर । वैशाख अन्तिम साताबाट विराटनगरमा खुल्ला कराँतै प्रतियोगिता हुने भएको छ । वैशाख २२ र २३ गते हुने उक्त प्रतियोगिता विराटनगरस्थित कभड हलमा हुने भएको हो । विराट कराते क्लबको आयोजनामा हुने प्रतियोगितामा नेपालका...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्