भव्य भयो अर्किड स्कुलको वार्षिक उत्सव

 न्यूज विराट
भव्य भयो अर्किड स्कुलको वार्षिक उत्सव

विराटनगर । गुणस्तरीय शिक्षा प्रदान गरेको कारणले सबैको रोजाइमा परेको विराटनगरस्थित अर्किड स्कुलले वार्षिक उत्सव विभिन्न कार्यक्रम आयोजना गरी मनाएको छ । शनिबार स्कुल परीसरमा दिनभरी विभिन्न कार्यक्रम आयोजना गरी वार्षिक उत्सव मनाएको हो ।

स्कुलमा अध्ययनरत विद्यार्थीहरूले साँस्कृतिक नृत्य, गायन, नाटक र फेशन शो प्रस्तुत गरी सहभागि भएका अभिभावक र अतिथिहरुलाई दिनभरी रमाइलो प्रदान गरे । कार्यक्रममा बोल्दै प्याब्सन मोरङका अध्यक्ष प्रेमलालसिंह सुवालले निजी विद्यालयहरूले राष्ट्रिय निमार्णमा ठूलो योगदान पुर्याएको बताए । गुणस्तरीय शिक्षा र रोजगारमुखी शिक्षा प्रदान गरेर निजी विद्यालयहरुले दक्ष जनशक्ति उत्पादन गरेको उनले बताए । कार्यक्रममा बोल्दै अर्किड कलेजका प्रिन्सिपल दिपेश बास्तोलाले अभिभावकको सहयोग शिक्षक र विद्यार्थीहरुको मेहनतको कारणले स्कुलले सफलता प्राप्त गरेको बताए । गुणस्तरीय शिक्षा प्रदान गरेको कारणले विद्यार्थीहरुले सधै सर्वोउत्कृष्ट नतिजा ल्याउन सफल भएको उनको भनाई छ ।

कार्यक्रममा बोल्दै अर्किड स्कुलका प्रिन्सिपल सीएम श्रेष्ठले विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षासँगै प्रविधियुक्त, सिपमुलक र नैतिक शिक्षा प्रदान गरेर अगाडी बढेको बताए । गुणस्तरीय शिक्षा प्रदानमा कुनैपनि कसुर बाँकी नराखी स्कुल अगाडी बढेको उनले बताए ।
कार्यक्रममा विराटनगर महानगरपालिका १० का वडाअध्यक्ष अर्जुन गिरी, विभिन्न विद्यालयका प्रिन्सिपल, शिक्षकहरूको उपस्थिती रहेको थियो ।

सम्बन्धित समाचार

झापाका २८ संक्रमितले जिते काेराेना

धरान, जेठ २७-झापाका काेराेना संक्रमितमध्ये २८ जना निकाे भएर घर फर्किएका छन् । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट मंगलबार १८ देखि ५६ वर्षका उमेर समूहका २८ जना निकाे भएर घर फर्किएका हुन् ।...

महामारीका समय ‘जिम्मेवारीबाट पन्छिने प्रवृति’ को अन्त्य गर्न पोपको आह्वान

एजेन्सी, ११ पुस । क्रिश्चियन धर्मगुरु पोप फ्रान्सिसले विपचका समय जिम्मेवारीबाट पन्छिने प्रवृतिको अन्त्य गर्नुपर्ने शनिबार बताएका छन् । कोरोनाभाइरसबाट सिर्जित महामारीको समयमा ‘जिम्मेवारीबाट पन्छिने प्रवृत्ति’ले समग्र मानवजातीले ठूलो क्षति व्यहोरेको तर समस्याको समाधानका लागि...

फाइजरको खोप आउँदै, वितरणमा सतर्क हुन आवश्यक

कोरोनाविरुद्धको फाइजर खोप आउने दिन नजिकिएको छ । सरकारले १८ वर्षभन्दा कम उमेरकालाई दिनेगरी फाइजर खोप ल्याउने तयारी गरेको हो । करिब ३ महिनाअघि देखि नै खोप ल्याउने पहल भएको थियो । द ग्लोबल एलायन्स...

सुक्खा पहाड खनेर निकालियो खानेपानी, फर्किए बसाइँ सर्ने गाउँले

खानेपानी अभाव भएपछि इलाम नगरपालिका–११ सोयाकमा पहाड खनेर पानी निकालिएको छ । सुक्खाग्रस्त क्षेत्रमा पानीको हाहाकार भएपछि बसाइँ सर्नेको सङ्ख्या बढेको थियो । नगरले डिप बोरिङमार्फत जमिन खनेर पानी निकालेपछि बसाइँ सर्ने फर्किन थालेका छन्...

शान्ति सुरक्षा सबैको साझा जिम्मेवारी हो– प्रहरी महानिरीक्षक

विराटनगर, २८ साउन । शान्ति सुरक्षा सबैको साझा जिम्मेवारी रहेको प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले बताएका छन् । नव निर्मीत जिल्ला प्रहरी कार्यालय सुनसरीको कार्यालय भवन, तथा आवास गृहको उदघाटन गर्दै प्रहरी महानिरीक्षक थापाले उक्त...

माधव नेपालसहित १४ सांसद विरुद्धको मुद्दामा आज सुनुवाइ

काठमाडौं, चैत्र २० । एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसहित १४ जना सांसद विरुद्ध एमाले अध्यक्ष केपी शर्मा ओलीले दर्ता गरेको रिट निवेदनमाथि सर्वोच्च अदालतले आइतबारदेखि सुनुवाइ गर्दैछ । एमालेबाट अलग हुनु अघि नै नेपालसहितका...

प्रदेश १ बाट पदक जित्ने खेलाडीसहित १ सय ९६ जना पुरस्कृत

विराटनगर । पोखरामा सम्पन्न नवौं राष्ट्रिय खेलकुदमा प्रदेश १ बाट पदकविजेता खेलाडीहरुलाई प्रदेश खेलकुद विकास बोर्ड प्रदेश १ ले पुरस्कारसहित सम्मान गरेको छ । मंगलबार इटहरीमा सम्पन्न खेलाडी सम्मान कार्यक्रममा खेलकुद विकास बोर्डले १ सय...

हिरासतको पुस्तालयमा स्टेशनरी व्यवसायीद्धार पुस्तक वितरण

विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा रहेको पुस्तकालयलाई नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ जिल्ला शाखा मोरङको १ नम्बर इकाईले पुस्तक हस्तान्तरण गरेको छ । थुनुवालाई पठनपाठनका लागि २ सय २९ थान पुस्तक हस्तान्तरण...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्