विधान विपरीत घोषणा गरिएको थारु कल्याणकारिणी सभाको निर्वाचन स्थगीत

 न्यूज विराट
विधान विपरीत घोषणा गरिएको थारु कल्याणकारिणी सभाको निर्वाचन स्थगीत

विराटनगर । विधान विपरीत घोषणा गरिएको थारु कल्याणकारिणी सभा मोरङको निर्वाचन तत्कालको लागि रोकिएको छ ।
थारु कल्याणकारिणी सभाको शुक्रबार राती बसेको आकस्मिक बैठकले मोरङको निर्वाचन अर्को सूचना जारी नभएसम्मको लागि स्थगित गरेको हो ।
जयराम पंजियार संयोजक रहेको निर्वाचन अधिकृतले एक पक्षीय रुपमा थारु कल्याणकारीणी सभा मोरङको निर्वाचन फागुन १९ गतेलाई तोकेको थियो । थारु कल्याणकारिणी सभा मोरङले शुक्रबार विज्ञाप्ती जारी गर्दै विधान विपरीत आफुखुसी एक पक्षीय रुपमा घोषणा गरिएको निर्वाचन रोक्न केन्द्रीय कार्यालयसँग माग गरेको थियो । उक्त मागको सुनवाइ गर्दै थारु कल्याणकारिणी सभाले निर्वाचनको सम्पूर्ण प्रक्रिया स्थगीत गराउन निर्वाचन अधिकृतलाई पत्र पठाएको छ ।
एकपक्षीय ढंगले जिल्ला कार्यसमिति, सदस्यहरु, उम्मेदवारहरुलाई पनि कुनै जानकारी बेगार निर्वाचनको गरिएको सूचना विधान विपरीत भएकोले केन्द्रले तत्काल निर्वाचन स्थगीत गरेको थारु कल्याणकारीणी सभा मोरङका कार्यवहाक सभापति प्रदिपकुमार भगत थारुले बताए ।

सम्बन्धित समाचार

चीनको लक्ष्य कोरोना भाइरसले पूरा गरिदियो

एजेन्सी, बैशाख १४-कोरोना भाइरसका कारण संसारभरका धेरैजसो देशमा लकडाउन छ । त्यसैकारण धेरै देश र इलाकामा प्रदुषणको स्तर तुलनात्मक रूपमा कम भएको छ । चीनको अधिकांश समय धुलो र धुवाँले ढाक्ने उत्तरी प्रान्त हुबेईमा पनि...

प्रेस सेन्टर मोरङको नवनिर्वाचित कार्यसमितिको पदस्थापन

विराटनगर । प्रेस सेन्टर नेपाल मोरङको पाँचौ जिल्ला अधिवेशनबाट नवनिर्वाचित कार्यसमितिको पदस्थापन तथा वनभोज कार्यक्रम सम्पन्न भएको छ ।विराटनगर – १४ गोदावारी पार्कमा शुक्रबार भव्य कार्यक्रमको आयोजना गरी पदस्थापन तथा वनभोज कार्यक्रम सम्पन्न भएको हो...

सुनवर्षीको मेयरमा निर्वाचित भए हरेक टोलमा सुभाव पेटीका राखेर काम गर्नेछुः सदानन्द यादव

विराटनगर, २६ वैशाख ।सुनवर्षी नगरपालिकाका लागि सदानन्द यादव कुनै नौलो मान होइन । उनी आगामी ३० वैशाखमा हुने निर्वाचनका लागि जनता समाजवादी पार्टीबाट मेयर पदमा उम्मेदवारी दिएका छन् । युवा अवस्थादेखि नै राजनीतिमा सकृय रहेका...

आज राती लाग्ने चन्द्रग्रहण नेपालबाट नदेखिने

काठमाडौं, २३ जेठ-नेपाल पञ्चाङ्ग निर्णायक समितिले आज राती लाग्ने चन्द्रग्रहण नेपालबाट नदेखिने जनाएको छ । जल, अन्तरक्ष एवं पृथ्वीका विभिन्न भागबाट देखिने फरकफरक किसिमका ग्रहण हुन्छन् । ज्येष्ठ शुक्ल पूर्णिमा अर्थात् आज राति देखिने ग्रहण...

कोशी प्रदेश टी– १० क्रिकेट : विराटनगर स्पोर्टिङको लागातार तीन जित

विराटनगर । प्रथम कोशी प्रदेश दिवा रात्रीकालीन टी–१० क्रिकेट प्रतियोगितामा विराटनगर स्पोर्टिङ क्बलले लगातार तीन जित निकाल्दै ६ अंक जोडेको छ । विराटनगर – ६ स्थित एमबिजे क्रिकेट मैदानमा बिहीबार भएको एलिट क्रिकेट क्लबसँग ६३...

भएपछि स्थानिय त्रसित विराटनगरमा इन्धन ट्यांकर बिष्फोट

विराटनगर, १२ भदौ-नेपाल आयल निगमको इन्धन ढुवानी गर्ने ट्याङकर विराटनगरमा शुक्रबार सँझ बिष्फोट भएको छ । नेपाल आयल निगम प्रदेश १ कार्यालयबाट झण्डै ५०० मिटर उत्तरमा रहेको राम अवतार मोटर्स ग्यारेजमा ट्यांकर विष्फोट भएको हो...

सहकारी क्षेत्रलाई दीर्घकालसम्म प्रभाव पार्ने रणनीति बनाइँदै

ललितपुर, २४ असार-भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा कुमारी अर्यालले सहकारी क्षेत्रमा दीर्घकालसम्म प्रभाव पार्ने रणनीति बनाउँदै गरेको बताएकी छन् । राष्ट्रिय सहकारी विकास बोर्डले तयार गरेको सहकारी क्षेत्रको २५ वर्षे दीर्घकालीन रणनीतिक...

कोरोना सतर्कताः विराटनगर विमानस्थलमा साढे ३ हजार जनाको परिक्षण

विराटनगर, फागुन ३०–कोरोनाका विषयमा सतर्कता अपनाउन विराटनगर विमानस्थलमा राखिएको हेल्थ डेक्समा हालसम्म साढे ३ हजार बढीको स्वास्थ्य परीक्षण गरिएको छ । विमानबाट विराटनगर आउने यात्रुहरूलाई परीक्षण गर्ने उद्देश्यले स्थापना गरिएको हेल्थ डेक्समा हालसम्म ३ हजार...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्