१५ मेक्ट्रिक टन क्षमताको कटहरीमा कोल्ड स्टोर बन्दै, दुई महिनामा संचालनमा ल्याउने तयारी

 न्यूज विराट
१५ मेक्ट्रिक टन क्षमताको कटहरीमा कोल्ड स्टोर बन्दै, दुई महिनामा संचालनमा ल्याउने तयारी

विराटनगर । मोरङको कटहरी गाउँपालिका – १ स्थित कटहरी फलफूल तथा तरकारी थोक बजारमा १५ मेक्ट्रिक टन क्षमताको कोल्ड स्टोर निमार्ण हुने भएको छ । बनाउन सुरू गरिएको दुई महिना भित्रमा सम्पन्न गर्ने गरी कोल्ड स्टोर निमार्ण हुने भएको हो ।

प्रधानमन्त्री कृषी आधुनिकरण परियोजना कार्यान्वय एकाइ मोरङ र कटहरी गाउँपालिकाले भ्याटसहित २४ लाख ३२ हजार ४ सय ९ रुपैयाँ लागतमा उक्त कोल्ड स्टोर निमार्ण गर्न लागेको छ । कोल्ड स्टोर निमार्ण गर्नको लागि परियोजना इकाइ र कटहरी गाउँपालिकाबीच बिहीबार सम्झौता भएको छ । सम्झौता पत्रमा पहिलो पक्षबाट परियोजना कार्यान्वय इकाका प्रमुख मनोज कुमार यादव र दोस्रो पक्षको तर्फबाट कटहरी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत मनोज कुमार साहले हस्ताक्षर गरेका छन् ।
कोल्ड स्टोर निमार्णको लागि परियोजनाले ८० प्रतिशत र गाउँपालिकाले २० प्रतिशत लागत व्यहर्ने सहमति भएको छ । जस अनुसार परियोजनाले १९ लाख ४७ हजार ५७ रुपैयाँ र गाउँपालिकाले ४ लाख ८५ हजार ३५२ रुपैयाँ व्यहोर्नुपर्ने सम्झौतामा उल्लेखछ ।
कोल्ड स्टोर निमार्ण भएर संचालनमा आएपछि कृषकको उत्पादन खेर नजाउने कटहरी गाउँपालिकाका अध्यक्ष देवराज चौधरीले बताए । ‘अब कृषकले आफ्नो उत्पादन खेर जाने समस्याबाट मुक्ति पाउँदैछन् । कोल्ड स्टोर निमार्ण भएर संचालनमा आएपछि कृषकले उत्पादन गरेको कृषी उपज खेर जाँदैन । भण्डारणको उचित व्यवस्थापन हुनेछ,’ अध्यक्ष चौधरीले भने, ‘निमार्ण सुरू भएको ढिलोमा दुई महिना भित्रमा पुरा भएर संचालनमा ल्याउन लागि पर्नेछौं ।’


परियोजनाले मोरङको कटहरी र जहदाको केही वडालाई समेटेर कृषी जोन क्षेत्र घोषणा गरेको छ । कटहरीको २, ३, ४ र ६, जहदाको ३ र ४ नम्बर वडालाई समेटेर ८ सय हेक्टर जग्गामा तरकारी जोन घोषणा गरेर व्यवसायीक रुपमा तरकारी खेती गर्दै आएको छ । उक्त जोनबाट उत्पादन भएको बस्तु विक्री वितरण गर्नको लागि कोल्ड स्टोर निमार्णको लागि परियोजनाले गत मंसिर १३ गते सूचना जारी गरेको थियो । त्यसपछि उपयुक्त स्थान कटहरीको फलफूल तथा तरकारी थोक बजार भित्र उपयुक्त भएपछि त्रिपक्षीय सम्झौता गरिएको इकाइ प्रमुख मनोज कुमार यादवले बताए । १५ मेक्ट्रिक टन क्षमताको कोल्ड स्टोरमा तीन वटा कोठा हुनेछ । ५ टन क्षमताको तीन वटा कोठा रहनेछ । प्रविधिमा आधरित निमार्ण हुने कोल्ड स्टोर कृषक र व्यवसायिक प्रयोजनको लागि भाडामा लइनेछ । ‘कृषकहरूले कृषीजन्य उत्पादन एक हप्तासम्म भण्डारण गरिएको शुल्क लाग्नेछैन । त्यसपछि उचित शुल्क लाग्नेछ । अन्य उत्पादक उद्यमी व्यवसायीहरुको सामाग्रीहरु भण्डारण गर्दा नियमानुसार शुल्क लिई सेवा दिइनेछ,’ इकाइ प्रमुख यादवले भने, ‘कोल्ड स्टोर निमार्ण भएपछि कार्यविधी बनाएर काम गरिनेछ ।’
कृषक र व्यवसायिक प्रयोजनको लागि कोल्ड स्टोरको माग बढदै गएमा थप विस्तार गरिने उनले बताए । ‘माग वृद्धि हुँदै गए आगमी आर्थिक वर्षहरूमा भण्डारण क्षमता वृद्धि गर्दै जाने योजना रहेको छ,’ उनले भने ।

सम्बन्धित समाचार

कोरोनाबाट पर्साका २ जनाको मृत्यु

काठमाडौं, २१ साउन-नेपालमा कोरोना भाइरस (कोभिड-१९) बाट थप २ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पर्सामा थप २ जनाको कोरोनाका कारण मृत्यु भएको हो । मन्त्रालय प्रवक्ता डा. जागेश्वर गोतमका अनुसार...

रतुवामाईका थप एक जनामा कोरोना, एक जनाको आरडिटि पोजेटिभ

विराटनगर, जेठ ९–भारतसँग सीमा जोडिएको मोरङको दक्षिपूर्वी रतुवामाई नगरपालिकाका थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एक जनामा आरडिटि पाजेटिभ देखिएको छ । शुक्रबार पिसिआर परिक्षणको नतिजा अनुसार रतुवामाई नगरपालिका–२ घर्रु चोकका ४१...

विराटनगरमा कोरोना संक्रमणबाट विद्युत इन्जिनियरको मृत्यु

विराटनगर, १ जेठ । विराटनगरमा कोरोना भाइरसको संक्रमणबाट एक जना विद्युत इन्जीनियरको मृत्यु भएको छ । नेपाल विद्युत प्राधिकरण अन्तरगतको प्रणाली सुदृढीकरण आयोजना विराटनगरमा कार्यरत ४५ वर्षीय इन्जीनियर मोतिलाल मण्डलको कोरोना संक्रमणबाट मृत्यु भएको हो...

तेस्रो मिल्स भेट्रान्स गोल्डकप, पथरी र हाम्रो धरान सेमिफाइनलमा

विराटनगर । कोशी प्रदेशस्तरीय तेस्रो मिल्स भेट्रान्स गोल्डकप फुटबल प्रतियोगिताका मोरङको पथरीशनिश्चरे भेट्रान्स र हाम्रो धरान भेट्रान्स क्लबसेमिफाइनलमा पुगेका छन् ।विराटनगर जुटमिल खेलमैदानमा सोमबार सम्पन्न पहिलो क्वाटरफाइनल खेलमा पथरीशनिश्चरे भेट्रान्सले मिल्स भेट्रान्स क्लब (ख) लाई...

प्रदेश १ मा १०६ सक्रमित थपिँदा ११९ डिस्चार्ज

विराटनगर, १० असोज–प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ सय ६ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ७२, सुनसरीमा २४, झापामा ७, भोजपुरमा १ र प्रदेश १ बाहिरका २ जना रहेको सामाजिक विकास मन्त्रालयले...

विराटनगरमा नेवार समुदायले मनाए यःमरी पूर्णिमा (फोटो फिचर)

विराटनगर । नेवार समुदायले यःमरी पूर्णिमा अर्थात् यःमरी पुन्हि मनाएका छन् । नेवा : दय् दवू विराटनगर ३ नम्बर वडाले विराटनगरमा मंगलबार एक कार्यक्रम आयोजना गरी याःमरी पूर्णिमा मनाएको हो । नेवार समुदायले ठूलो चाडका...

आज पनि बढ्यो सुनको मूल्य

काठमाडौं, १४ साउन-आज पनि सुनको मूल्य वृद्धि भएको छ । मंगलबार तोलाको ९८ हजार २ सयमा कारोबार छापावाल सुनको मूल्य आज ९८ हजार ५ सय निर्धारण गरिएको छ ।  नेपाल सुनचाँदी महासंघका अनुसार आज तेजावी...

रोटरी क्लब अफ विराटनगर डाउन टाउनद्वारा मानव सेवा आश्रमलाई पाँचौ पटक खाद्यान्न हस्तान्तरण

विराटनगर, २८ मंसिर । सामाजिक कार्यमा अग्रसर रोटरी क्लब अफ विराटनगर डाउन टाउनले विराटनगरस्थित मानव सेवा आश्रमलाई खाद्यान्न हस्तान्तरण गरेको छ। क्लबले एक कार्यक्रमकाबीच पाँचौ पटक मानव सेवा आश्रम र सो आश्रमका दुई वटा शाखामा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्