महिलाको उपचारमा न्यूरोमा सहुलियत : ओपीडि निःशुल्क, परीक्षणमा २५ प्रतिशतसम्म छुट

 न्यूज विराट
महिलाको उपचारमा न्यूरोमा सहुलियत : ओपीडि निःशुल्क, परीक्षणमा २५ प्रतिशतसम्म छुट

विराटनगर । बहुआयामिक सेवा प्रदान गर्दै आएको विराटनगरस्थित न्युरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी हस्पिटलले अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर महिलाको उपचारमा सहुलियत दिएको छ । अस्पतालले फाल्गुण १८ देखि चैत्र १८ ९मार्च १ देखि ३१० सम्म सहुलियतमा उपचार गर्ने स्किम लिएर आएको हो ।

एक महिनासम्म अस्पतलाले निःशुल्क रुपमा स्त्री रोग तथा प्रसुतीको ओपीडि सेवा सुचारु गरेको छ । स्त्री तथा प्रसूती रोग सम्बन्धी समस्या भएर स्वास्थ्य परामर्शको लागि ओपीडिमा आउने विरामीको निःशुल्क र ल्याब परीक्षणमा २५ प्रतिशतसम्म छुटको व्यवस्था गरेको छ । त्यसै गरि महिलाहरुको लागी सम्पुर्ण उपचारमा १० प्रतिशत छुट प्रदान गरिने गरिएको अस्पतालले जनाएको छ ।

अन्तर्राष्ट्रिय महिला दिवस विश्वभर मार्च ८ मा मनाउने गरिन्छ । ७० प्रतिशतभन्दा बढी महिला कर्मचारी रहेको तथा महिलाकै नेतृत्वमा सन्चालित न्युरो अस्पतालले विगत सात बर्ष देखि अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा विभिन्न सचेतना मुलक कार्यक्रमहरु गर्दै आएको छ । महिलाहरुको सम्मानको लागि अस्पतालमा आउने विरामीहरुलाई छुटको सुविधालाई यस पटक पनि निरन्तरता दिएको अस्पतालका कार्यकारी निर्देशक डा. अनिशा विष्टले जानकारी दिइन् ।
बहुआयामिक सेवा प्रदान गर्दै आएको न्युरो अस्पतालमा भर्खरै ६ तल्लाको नयाँ भवन थप सहित नयाँ एमआरआइ मशिन जडान गर्दे सुपरस्पेशियालिटी सेवाहरु शुरु भइरहेको छ । अस्पतालले बिराटनगर महानगरपालिका वडा नं ८ र १० का सम्पुर्ण बासिन्दाहरुको लागी स्वास्थ्य सेवालाई सर्वसुलभ बनाएको छ ।

बिराटनगर ८ र १० का सम्पुर्ण बासिन्दाहरुले न्युरो अस्पतालबाट प्रदान हुने स्वास्थ्य सेवाहरुमा १५ प्रतिशतसम्म छुट पाउनेछन् । त्यसै गरि निःशुल्क एम्बलेन्स सेवा तथा वडाको आग्रहमा निःशुल्क स्वास्थ्य शिविर पनि गर्ने भएको छ । एक कार्यक्रम बिच न्युरो अस्पतालका अपरेशनल डाइरेक्टर राजेश भट्टराई तथा बिराटनगर ८ र १० वडा अध्यक्षद्वय क्रमश राम पोखरेल तथा अर्जुन गिरीले समझौता पत्रमा हस्ताक्षर गरेका छन् ।
आम सेवाग्राही मामाझ स्वास्थ्य सेवालाई सर्वसुलभ बनाउन बिराटनगर महानगरपालिकाका अन्य वडाहरुसँग पनि यस्तै प्रकारको सम्झौता गर्ने योजना रहेको अपरेशनल डाइरेक्टर राजेश भट्टराइले बताए ।

सम्बन्धित समाचार

प्रदेश १ सरकारले ३५ अर्वको बजेट ल्याउँदै

विराटनगर, १ असार -प्रदेश १ सरकारले सोमबार करिव ३५ अर्वको वजेट प्रस्तुत गर्दै छ । चालु आर्थिक वर्षको तुलनामा करिव ७ अर्व घटाएर दिउँसो ३ वजे प्रदेश सरकारको तेश्रो वजेट प्रस्तुत गर्ने भएको छ ।...

विराटनगर महानगर क्षेत्रभित्र १ सय ९१ जना क्षयरोगका बिरामी

विराटनगर । विराटनगर महानगरपालिका क्षेत्रभित्र १ सय ९१ जना क्षयरोगका बिरामी फेला परेका छन् ।विराटनगर महानगरपालिकाको जनस्वास्थ्य महाशाखाले शुक्रबार आयोजना गरेको कार्यक्रममा प्रस्तुत गरिएको तथ्यांकअनुसार विराटनगरको वडा नम्बर १ बाहेक सबै वडामा क्षयरोगका बिरामी भेटिएको...

प्रदेश ५ मा कोरोना संक्रमितको संख्या १ सय नाघ्यो

बुटवल, २ जेठ-प्रदेश-५ का कोनाना संक्रमितको संख्या १ सय नाघेको छ । शुक्रबार विहान सार्वजनिक भएको संक्रमणमा बाँकेका थप ८ जनामा कोरोना पुष्टि भएसँगै यो प्रदेशमा कुल संक्रमितको संख्या १ सय २ पुगेको हो ।...

नक्कली सुन र २ थान पेस्तोल फालेर फरार गाडी भेटियो 

काठमाडौं, १५ साउन-काठमाडौंको कमलादीमा आधा किलो सुन, साढे १४ किलो चाँदी र २ थान पेस्तोल फालेर भागेको गाडी प्रहरीले फेला परेको छ ।प्रहरीले खोजतलास गर्दा घटनामा प्रयोग भएको बा६च ५५१९ नम्बरको स्कार्पियो गाडी ललितपुरको नखिपोटमा...

अमिताभ बच्चन कोरोनामुक्त, अस्पतालबाट डिस्चार्ज

एजेन्सी, साउन १८-बलिउड अभिनेता अमिताभ बच्चन कोरोना संक्रमणमुक्त भएका छन् । उनको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि उनलाई अस्पतालबाट डिस्चार्ज गरिएको छ । उनका छोरा अभिषेक बच्चनले ट्विट गर्दै आफ्ना बाबु अमिताभ बच्चन कोरोनामुक्त भएको...

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अख्तियारको छापा

सुनसरी, २८ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा छापा मारेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय र इटहरीस्थित क्षेत्रीय कार्यालयबाट खटिएको ६ जनाको टोलीले बिहीबार प्रतिष्ठानमा...

राष्ट्रपतिसमक्ष निर्वाचन आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौंं, ५ माघ-राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष निर्वाचन आयोगबाट वर्षभरि गरिएका कामकारबाहीसहितको वार्षिक प्रतिवेदन २०७६/७७ पेस भएको छ । राष्ट्रपति भवन शीतलनिवासमा आज आयोजित कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रतिवेदन पेस गरेका हुन् । सो अवसरमा...

समुदायमा संक्रमण पुगे रोक्न कठिनाई : मन्त्री घिमिरे

विराटनगर, असार १६–प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले कोरोना संक्रमण समुदाय स्तरमा पुगे नियन्त्रण गर्न कठिनाई हुने बताएका छन् । पछिल्लो समय भिडभाड बढेको र स्वास्थ्य सचेतना अपनाएको नदेखिएको उनले बताए । सामाजिक...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्