सत्यनारायण बहादुर श्रेष्ठलाई पत्रकार महासंघको संस्थापक अध्यक्ष कायम गर्न माग, फोनिज मोरङले बुझायो ज्ञापन पत्र
मङ्गलबार, १५ फागुन, २०८०,
न्यूज विराट
विराटनगर । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) मोरङ शाखाले स्वर्गीय सत्यनारायण बहादुर श्रेष्ठलाई नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष कायम गरिनुपर्ने माग राख्दै ज्ञापन पत्र बुझाएका छन् ।
फोनिजले मंगलबार नेपाल पत्रकार महासंघ मोरङका कार्यवहाक अध्यक्ष मोहन भट्टराई, सचिब नेत्र पी अधिकारीलाई भेटेर सात दिनको अल्टिमेटमसहित ज्ञापन पत्र बुझाएका हुन् ।
फोनिजको तर्फबाट अनुशासन समितिका संयोजक अर्जुन जम्मेली राई, फोनिज प्रदेश १ का इन्चार्ज भक्तशेर लिम्बु, अध्यक्ष सन्तवीर लामा, सल्लाहकार फिबराज बेघाको उपस्थितीमा मोरङ अध्यक्ष दिनेश सुब्बा र सचिब अनिल श्रेष्ठले नेपाल पत्रकार महासंघ मोरङ शाखामार्फत केन्द्रमा ज्ञापन पत्र बुझाएका छन् । अध्यक्ष सुब्बाले सत्यनारायण बहादुर श्रेष्ठलाई नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष कायम गरिनुपर्ने माग राख्दै सात दिनको अल्टिमेटमसहित ज्ञापन पत्र बुझाएको बताए । फोनिजको माग प्रति नेपाल पत्रकार महासंघले बेवास्था गरेको खण्डमा केन्द्रको सर्कुलेसन अनुसार आन्दोलनमा उत्रिने उनले चेतवनी दिए । ज्ञापन पत्र बुझदै नेपाल पत्रकार महासंघ मोरङका कार्यवहाक अध्यक्ष मोहन भट्टराईले सत्य र तथ्यका लागि लड्ने पत्रकारले इतिहासको तथ्यका सम्मान गर्नुपर्ने धारणा राखे । नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष कृष्णप्रसाद भट्टराईलाई मान्ने गरिएको छ । २००८ सालमा नेपाल पत्रकार संघको स्थापना गर्दा श्रेष्ठ अध्यक्ष भएकाले उनलाई महासंघको संस्थापक अध्यक्ष घोषणा गर्नुपर्ने फोनिजको माग रहेको छ । स्वर्गीय श्रेष्ठ २००८ सालमा नेपाल टुडेको सम्पादक थिए । उनकै सभापतित्व र तरंगका सम्पादक भोजबहादुर सिंह न्यौपाने सचिव रहेको पहिलो पत्रकार संघको गठन भएको थियो । यसैले नेपाल पत्रकार संघका पहिलो सभापति सत्यनारायण बहादुर श्रेष्ठ नै रहेको तर्क गर्ने गरिएको छ । उनकै सभापतित्वमा गठन भएको नेपाल पत्रकार संघको दोस्रो सभा २००९ साल वैशाख २८ गते भोटाहिटीस्थित आर्य समाजको भवनको सभाकक्षमा भएको थियो । यो सभाले पनि सत्यनारायण बहादुर श्रेष्ठकै सभापतित्वमा नेपाल पत्रकार संघ पुनर्गठन गरेको थियो । यसको तीन वर्षपछि मात्र दोस्रो नेपाल पत्रकार संघको गठन भएको थियो । २०१२ साल चैत्र १६ गते पत्रकारहरुको बैठकबाट नेपाल पुकारका तत्कालीन सम्पादक कृष्णप्रसाद उपाध्याय भट्टराई सभापति भएका थिए । सत्यनारायणबहादुर श्रेष्ठ भन्दा चार बर्ष पछि मात्रै नेपाल पत्रकार संघको अध्यक्ष बनेका कृष्णप्रसाद भट्टराईलाई संस्थापक सभापति भन्ने गरिएको प्रति पÞmोनिजले आपत्ति जनाउँदै आएको छ । फोनिजले मंगलबार देशभरीको शाखा कार्यालय र प्रदेश कार्यालयहरुमा सत्यनारयण बहादुर श्रेष्ठलाई संस्थापक अधयक्ष कायम गरिनुपर्ने माग राख्दै ज्ञापनपत्र बुझाएको छ ।
विराटनगरमा अवतरण गर्न नसेकी हिजो काठमाडौं ल्याएर ल्यान्डिङ गराइएको बुद्ध एयरको जहाजले आजदेखि पुन: उडान सुरु गरेकाे छ । नागरिक उड्ययन प्राधिकरणले अनुगमन गरेर अनुमति प्राप्त गरेपछि पुन: उडान सुरु गरिएको बुद्ध एयरले जनाएको छ । साेमबार बिहान ८...
एमाले केन्द्रीय कमिटी बैठकले वरिष्ठ नेता माधव नेपालसहित पाँच जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेकाे छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले पार्टी हितविरुद्ध सक्रिय भएको भन्दै नेता नेपालसहित उपाध्यक्ष भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल...
बागमती प्रदेशबाट राष्ट्रियसभा सदस्यका लागि भएको उपनिर्वाचनमा विपक्षी गठबन्धनका डा. खिमलाल देवकोटा विजयी भएका छन् ।राष्ट्रियसभा सदस्यको लागि खिमलाललाई प्रदेशसभाका १०५ मध्ये ५८ र स्थानीय तहबाट १२८ मत प्राप्त गरे निकटतम प्रतिद्धन्द्धी रामबहादुर थापाले प्रदेशसभा तर्फ ...
विराटनगर । प्रेस चौतारी कोशी प्रदेशको अध्यक्षमा सुमन पुरी निर्वाचित भएका छन्।विराटनगरमा आज सम्पन्न दोश्रो प्रदेश अधिवेशनले अध्यक्षमा पुरी सहित ४९ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेका हो। चौतारी कोशी प्रदेशको उपाध्यक्षमा युवराज विवश, महिला उपाध्यक्षमा...
काठमाडौं, २६ भदौ-सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा रिक्त पदाधिकारीको विवरण पठाउन सबै जिल्ला समन्वय समितिलाई निर्देशन दिएको छ । मन्त्रालयका शाखा अधिकृत महेशकुमार दाहालले समितिलाई पत्र लेख्दै यही ३० भदौभित्र आफू मातहतका...
विराटनगर । रंगेली बहिरा संघ गठन भएको छ । मोरङको रंगेलीमा बहिराहरुको भेलाले संघ गठन गरेको हो । रंगेली बहिरा संघको अध्यक्षमा चेतबहादुर बराल चयन भएका छन् । त्यसैगरी उपाध्यक्षमा तुसा न्यौपाने, सचिवमा सुरेश राजवंशी,...
विराटनगर, फागुन १–नेपाल उद्योग वाणिज्य महासंघको उपाध्यक्ष किशोर प्रधानले आगामी निर्वाचनका लागि वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । आज विराटनगरमा उद्योग संगठन र मोरङ व्यापार संघले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा प्रधानले...
विराटनगर । मोरङको रंगेलीमा एक जना युवाको शव भेटिएको छ । मोरङ सुनवर्षी नगरपालिका ४ बटरबारी बस्ने ३२ वर्षीय अशोक कुमार यादव धामीको शव भुटिएको छ । घरबाट काम गर्न भनी हिँडेका यादवको आज बिहान...