मोरङमा ‘घुमुवा’ प्रहरी राख्दिन : एसपी नवराज कार्की

 न्यूज विराट
मोरङमा ‘घुमुवा’ प्रहरी राख्दिन : एसपी नवराज कार्की

विराटनगर । मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले तत्काललाई सादा पोषाकमा परिचालन हुने घुमुवा प्रहरी नराख्ने बताएका छन् ।

एक हप्ता अगाडी मोरङ प्रहरी प्रमुख भएर कार्यभाव समालेपछि सोमबार संचारकर्मीहरूसँग परिचयत्मक कार्यक्रममा बोल्दै उनले तत्काललाई सादा पोषाकका प्रहरी नराख्ने बताएका हुन् ।

सूचना संकलनका लागि भनेर यसअघिका एसपी दीपक पोखरेलले परिचालन गरेको पाँच जना सादा पोशकका प्रहरीलाई फिर्ता बोलाएर उनीहरुको दरबन्दी रहेको जिल्लामा कार्कीले सरुवा गरिदिएका छन् ।
७ फागुनमा मोरङ प्रहरी प्रमुख भएर कार्कीले कार्यभाग समालेलगतै एसपी दिपक पोखरेलले राखेका सादा पोशकका वरिष्ठ नायव निरीक्षक राजेन्द्र कटुवाल, सहयाक प्रहरी हवल्दार सुर्दशन कालाखेती, प्रहरी जवानहरु चुडामणि सुयल, अमृत श्रेष्ठ र काचुम भोटेको सरुवा गरेका छन् । उनीहरू काजमा मोरङमा बसेका थिए । सादा पोशाकमा खटिएका प्रहरीलाई फिर्ता बोलाएर दरबन्दी भएको ठाउँमा एसपी कार्कीले पठाएका छन् । वरिष्ठ नायव निरीक्षक कटुवालको उच्च अदालत विराटनगरमा, सहायक प्रहरी हल्दार कालाखेतीको जिल्ला प्रहरी कार्यालय खोटाङ, प्रहरी जवानहरु अमृतको तह्रथुम, भोटेको ओखलढुङ जिल्ला प्रहरी कार्यालयमा सरुवा भएको हो । सरुवा भएका प्रहरीहरुले मंगलबार रमना बुझेर दरबन्दी भएको ठाउँमा डियूटिमा खटिएका छन् । यसअघि सादा पोशकमा रहेका प्रहरी सहायक हल्लदार गणेश श्रेष्ठ प्रहरी चौकी बखरीमा छन् ।

एसपी कार्कीले तत्काल सादा पोशकको प्रहरी नराख्ने प्रतिवद्धता जनाएपनि आवश्यकता परेको खण्डमा परिचालन भने हुने बताए । ‘कुनै घटना घट्यो भने त्यसको अनुसन्धान र अपराधमा संलग्न व्यक्तिलाई पक्राउ गरिन त्यसैबेला तत्काल प्रहरी परिचालन हुनेछ,’ उनले भने, ‘त्यस बाहेक असुली धन्दामा सादा पोशकको प्रहरी राखेर संगठन बदनाम गराउने पक्षमा छुइन् ।’
एसपी कार्कीले चाँडै कार्ययोजना बनाएर शान्ति सुरक्षा व्यवस्थापन, अपराध रोकथाम र नियन्त्रणमा काम गर्ने बताए । ‘चाँडै कार्ययोजना तयार हुनेछ । त्यसपछि योजना अनुसार काम हुनेछन् । लागूऔषध नियन्त्रण, चोरी, तस्करी, अवैध भन्सार छली रोक्न प्रहरी लागि पर्नेछु,’ उनले भने, ‘त्यसमा सबैको साथ सहयोगको खाँचो रहेको छ ।’ आफु आएलगतै एक हप्तामा दुई लाख भन्दा बढी भन्सार छली गरेको सामान बरामद गरेको उनले जानकारी दिए । जिल्ला प्रहरी र मातहतको इलकाबाट सेवाग्राहीलाई सेवा प्रभाह चुस्त र दुरुस्त बनाएर लैजाने उनले बताए । ‘सेवाग्राहीको रेस्पोन्च चाँडो भन्दा चाडो गर्नेछु,’ उनले भने ।

सम्बन्धित समाचार

उत्तरी सिक्किमस्थित दुई देशीय सीमानामा भारत र चीनका सैनिकबीच झडप

काठमाडौं, २८ वैशाख-भारत र चीनका सैनिकबीच झडप भएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार शनिबार उत्तरी सिक्किमकाे नाकु ला क्षेत्रस्थित दुई देशीय सीमाना खटिएका २ देशका सैनिकबीच झडप भएकाे हाे ।  झडपमा ७ चिनियाँसहित ४ भारतीय सैनिक...

भव्य भयो विराटनगर म्यूजिकल फेस्टिबल, गायक स्वप्न सुमन र पुर्ण राईले तताए सांगीतिक माहोल

विराटनगर । युवा पुस्ताका चर्चित गायक स्वप्न सुमन र पुर्ण राई दाजुभाइको सांगीतिक प्रस्तुतीले शनिबार राती विराटनगरमा छुट्टै सांगीतिक माहोल छाएको छ ।लाइभ इन्टरटेन्टमेन्टले आयोजना गरेको तेस्रो संस्करणको विराटनगर म्यूजिक फेस्टिबलमा उनीहरुले आफ्नो चर्चित गीतहरु...

एमाले कार्यदलमा एकताको ‘सहमति’

काठमाडौैं, २५ असार । नेकपा एमालेमा एकताका निम्ति दुई पक्षबीच सहमति भएको छ । एकताका लागि बनेको कार्यदलको आज दिनभर बसेको वैठक समझदारीमा टुंगिएको हो । आजको वैठकपछि कार्यदलका सदस्य प्रदिप ज्ञवालीले पार्टीमा एकता कायम गर्ने...

ओली-प्रचण्डबीचकाे छलफल सुरु

काठमाडौं, ९ भदौ-प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) बीच बालुवाटारमा छलफल सुरु भएको छ । दुबै अध्यक्षबीच नेकपा कार्यदलले पेस गरेको प्रतिवेदनमाथि छलफल सुरु भएकाे हाे । ३०...

सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अश्वीकार, अब राष्ट्रपतिबिरुद्धको सवै रिटको सुनुवाइ संवैधानिक इजलासमै

काठमाडौं,जेठ १३ । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै परेका रिटमा अन्तरिम आदेश दिन अश्वीकार गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवराको एकल इजलाशले आज रिटको प्रारम्भिक सुनुवाइ...

पोखरा महानगरले दियो कास्कीका ४ गाउँपालिकालाई पीपीई

पोखरा, २ वैशाख-पोखरा महानगरपालिकाले कास्कीका ४ वटै गाउँपालिकालाई स्वास्थ्यकर्मीले प्रयोग गर्ने व्यक्तिगत सुरक्षा सामग्री पीपीई प्रदान गरेको छ । पोखरा महानगरपालिकाले रूपा, मादी, अन्नपूर्ण र माछापुच्छ्रे गाउँपालिकालाई १०/१० थान पीपीई मंगलबार प्रदान गरेको हो ।...

घर जग्गा रोक्का र फुकुवा गर्न मालपोत जानुपर्ने बाध्यताको अन्त्य

काठमाडौं, ३१ भदौ । घर जग्गा रोक्का तथा फुकुवाका लागि मालपोत कार्यालय धाउनु पर्ने सञ्चयकर्ताको बाध्यता हटेको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभाग र कर्मचारी सञ्चय कोषबीच जग्गा रोक्का फुकुवा र धितो पास अनलाइन...

प्रहरीले माग्यो ४४३ असई, २४७४ जनाले जवानमा भिड्न पाउने

प्रहरी सेवामा रहेर काम गर्न चाहनेका लागि माैका आएकाे छ । प्रहरी प्रधान कार्यालयकाे मानवस्राेत विकास विभागले जनपदतर्फकाे सहायक निरीक्षक (असई) पदमा ४ सय ४३ जना मागेकाे हाे । प्रहरी जवानका रूपमा काम गर्न चाहने थप २ सय...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्