लागूऔषधसहित मोरङको टंकिसिनवारीबाट १७ जना नियन्त्रणमा
शनिबार, १२ फागुन, २०८०,
न्यूज विराट
विराटनगर । प्रतिबन्धित लागूऔषधसहित १७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । मोरङको बुढीगंगा गाउँपालिका – २ टंकिसिनवारीबाट चेकजाँचको क्रममा प्रतिबन्धित लागूऔषधसहित १७ जनलाई प्रहरीले आज दिउँसो पक्राउ गरेको हो ।
पक्राउ परेका मध्ये पाँच जनाको साथबाट प्रहरीले लागूऔषध बरामद गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रन्जन कुमार दाहालले जानकारी दिए । प्रहरीले उनीहरुको साथबाट ४ हजार थान भन्दा बढी ट्याबलेन्ट बरामद गरेको छ । प्रहरीले नियन्त्रणमा लिएका व्यक्तिको नाम पनि अहिले गोप्य राखेको छ । ‘नियन्त्रणमा लिएका व्यक्ति अहिले जिल्ला प्रहरी कार्यालयमा ल्याउने काम भइरहेको छ,’ डिएसपी दाहालले भने, ‘थप अनुसन्धानपछि पक्राउ परेका व्यक्ति र बरामद बस्तुको परिमाणबारेमा जानकारी दिनेछौं ।’
पक्राउ परेका पाँच जना बाहेक अन्य लागूऔषध प्रयोगकर्ता रहेको बुझिएको छ । उनीहरुले सीमावर्ती बजार जोगवनीमा लागूऔषध सेवन गरेर आएका थिए । केहीले सेवन पनि गरेर बोकेर आउने क्रममा प्रहरीले लागूऔषध बरामद गरेको हो ।
विराटनगर । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौताबारे नेपालमा गरिएको १२ बुँदे व्याख्यात्मक घोषणाको अर्थ नरहेको बताएका छन्। विराटनगर विमानस्थलमा बुधबार पत्रकारहरुसँगको कुराकानीका क्रममा उनले तत्कालीन सत्तापक्षले...
बैतडी दोगडाकेदार गाउँपालिका– ७ की १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कार र हत्या आरोपमा पक्राउ परेका किशोर नाबालक नै रहेको पुष्टि भएको छ । जिल्ला प्रहरी कार्यालय बैवडीका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) नारायण अधिकारीले...
विराटनगर । विराटनगरमा नेकपा एमालेको महानगर कमिटीको निर्वाचन प्रक्रिया अघि बढेको छ। निर्वाचन कमिटीले मनोनयन दर्ताका लागि फाराम वितरण सुरु गरेको छ । जसका लागि आकांक्षी उम्मेदवारहरू फाराम लिन लाइनमा देखिएका छन्।मंगलबार उद्घाटन भएको दोस्रो...
रौतहट, ७ वैशाख-मकै, मुसुुरो र गँहुुबाली भित्र्याउने बेलामा आएको प्राकृतिक प्रकोपले किसानको ढाड नै भाँचिएको छ ।जिल्लाका विभिन्न स्थानमा व्यावसायिक केराखेती, तरकारी खेती, मेवाखेतीमा हालैको हावाहुुरी असिनाले ठूलो क्षति पुगेको छ । अर्कातिर कोरोना भाइरस...
विराटनगर । मोरङको कानेपोखरी गाउँपालिकाकी अध्यक्ष राजमति इङ्गनामले सार्वजानिक विदाको दिन सरकारी गाडी दुरूपयोग गरेको भन्दै स्थानीयले विरोध गरेका छन् ।सार्वजानिक विदाको दिन सरकारी गाडी व्यक्तिगत प्रयोजनमा प्रयोग गरेको भन्दै स्थानीय गाउँपालिकाको मुख्य गेटमा मंगलबार...
काठमाडौं, २१ असार । यस वर्षको साउन महिनामा पशुपतिनाथ मन्दिर भक्तजनका लागि खुला गर्न सकिने अवस्था नदेखिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । नयाँ भेरियन्टसहितको कोरोना महामारी तीव्र रूपमा बढ्न थालेपछि वैशाख पहिलो सातादेखि...
विराटनगर ३ कन्चनबारीमा १६ करोडको लागतमा आर्या न्यूरो हस्पिटल संचालनमा आएको छ । न्यूरो सम्बन्धी उपचारलाई फोकस गरेर विराटनगरमा उक्त अस्पताल संचालनमा ल्याएको हो । बुधबारदेखि औपचारिक रुपमा सो अस्पताल संचालनमा आउने मंगलबार अस्पतलामा पत्रकार...
विराटनगर, २८ मंसिर–प्रदेश १ मा आइतबार कोरोना भाइरसको संक्रमणबाट सात जनाको मृत्यु भएको छ । एकै दिन प्रदेश १ को झापा जिल्लाका दुई महिला र पाँच पुरुषको मृत्यु भएको हो । यो सँगै प्रदेश १...