रंगेलीमा राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सम्पन्न, ५८ पदकसहित पब्लिक मावि प्रथम (फोटो फिचरसहित)
शुक्रबार, ११ फागुन, २०८०,
न्यूज विराट
विराटनगर । मोरङको रंगेली नगरपालिकामा यस वर्षको राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । मंगलबारदेखि रंगेली बजारस्थित जनता क्याम्पसको खेल मैदानमा सुरु भएको सो प्रतियोगिता बिहीबार सम्पन्न भएको हो ।
यस वर्षको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पब्लिक मावि रंगेली ५८ पदकसहित प्रथम भएको छ । प्रतियोगिता अन्तर्गत विभिन्न विधामा भएको खेलकुदमा पब्लिक मावि ३५ स्वर्ण, १५ रजत र ८ कास्य पदक हात पार्दै प्रथम भएको हो ।
त्यसैगरी प्रगतिशिल मावि दौलतपुर २५ स्वर्ण, १५ रजत, तीन कास्यसहित द्विीतिय र महेन्द्र मावि मंगलबारले १५ स्वर्ण, १२ रजत, पाँच कास्यसहित तृतीय भए । १५ स्वर्ण, ६ रजत, दुई कास्य जितेको महालक्ष्मि मावि दर्वेशाले सान्त्वना पुरस्कार प्राप्त गर्यो ।
प्रतियोगिताका विजेता खेलाडी विद्यार्थी, प्रशिक्षक र विद्यालयलाई समापन कार्यक्रमका प्रमुख अतिथी रंगेली नगरपालिकाकी उपमेयर भूमा पराजुली, सामाजिक विकास समितिका संयोजक अवधेश मण्डल, शिक्षा शाखा प्रमुख रविन्द्रकुमार पण्डित, सवै वडाका वडाध्यक्ष, नगर कार्यपालिका सदस्य, वडा सदस्यहरु, विविभिन्न विद्यालयका प्रधानाध्याकलगायतले नगद पुरस्कार, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरे ।
प्रतियोगितामा प्रथम, द्वीतीय र तृतीय हुने विद्यालयरुलाई नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गयो । त्यस्तै प्रतियोगिताभरी सहभागी हुने सवै विद्यालय, खेलाडी र प्रशिक्षकलाई सहभागीताको प्रमाणपत्र वितरण गरिएको थियो ।
सो अबसरमा बोल्दै उपमेयर पराजुलीले प्रतियोगितामा विद्यार्थीहरुले आफ्नो प्रतिभा प्रस्फुटन गर्ने अवसर भएको बताइन् । उनले विद्यार्थीको रुची अनुसार खेलहरु खेलाउनुपर्ने बताउदै खेलकुद प्रतियोगिता स्वास्थ्य र मनोरञ्जनका लागि पनि भएको बताइन् । उपमेयर पराजुलीले रंगेलीमा खलकुदको विकासका लागि नगरपालिकाले आवश्यक लगानी गर्ने समेत प्रतिवद्धता जनाइन् ।
समापान कार्यक्रममा रंगेली नगरपालिकाका शिक्षा शाखा प्रमुख रविन्द्रकुमार प्रतियोगिता सम्पन्न गर्न साथ सहयोग गर्ने सवैलाई धन्यवाद व्यक्त गरे ।
मंगलबार सुरु भएको प्रतियोगिता रंगेली नगरपालिकाका मेयर दिलिप बगडीयाले पानसमा दियो बालेरे औपचारिक रुपमा उद्घाटन गरेका थिए । सो अवसरमा बोल्दै मेयर बगडीयाले रंगेली नगरपालिका खेलकुद क्षेत्रको चौतर्फी विकासमा लागि परेको बताएका थिए ।
मंगलबार औपचारिकरुपमा प्रतियोगिता उद्घाटन पश्चात रंगेली नगरपालिकाका जनप्रतिनिधिहरुबिच एक सय मिटर दौड प्रतिष्पर्धा गराइएको थियो । जसमा करण ठाकुर प्रथम भएका थिए ।
प्रतियोगितामा १३ सामुदायीक र ७ वटा संस्थागत विद्यालयको सहभागीता रहेको र प्रथम हुने खेलाडीहरुले जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भाग लिन पाउने सामाजिक विकास समितिका संयोजक अवधेश मण्डल जानकारी दिए ।
समापन कार्यक्रममा बोल्दै संयोजक मण्डले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता भव्यरुपमा सफलतापूर्वक सम्पन्न भएको बताउदै साथ सहयोग गर्ने सवैलाई धन्यवाद व्यक्त गरे । उनले आगामी वर्ष अझ राम्रो गरिने प्रतिवद्धता जनाए ।
प्रतियोगितामा छात्र र छात्राको एथलेटिक्स तर्फ एक सय, दुई सय, चार सय, आठ सय, १५ सय र तीन हजार मिटर दौड, सटपुट, कबड्डी, भलिबल, ट्रिपलजम्प, ज्याव्लिन थ्रो, लङ जम्प, हाइजम्पल, कराँतेलगायतको खेलमा प्रतिष्पर्धा भएको थियो ।
नेकपा ओली समूहका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले संसदीय व्यवस्थामा प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार भएको दोहोर्याएका छन् । बिहीबार इलाम सदरमुकाममा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेम्वाङले प्रधानमन्त्रीले संसद् विघटन गर्न पाउने जिकिर गरेका हुन् । नेम्वाङले पार्टीभित्र...
विराटनगर, २४ कात्तिक । विराटनगर हरिहर चोकमा बुधबार विहान एक जनामाथि खुकुरी प्रहार भएको छ । विराटनगर–८ अशोक चोकका अफाक आलममाथि खुकुरी प्रहार भएको हो । आज विहान साढे ८ बजेतिर काममा जाँदै गर्दा ८...
काठमाडौं, ७ असार-प्रधानमन्त्री केपी शर्मा ओलीले शरीरको प्रतिरोधी क्षमता बढाउन आफूले गरेको आग्रहलाई मजाकमा नउडाउन आग्रह गरेका छन् ।अन्तर्राष्ट्रिय योग दिवस मूल समारोह समितिले आज आयोजना गरेको भर्चुअल कार्यक्रममा प्रधानमन्त्री ओलीले भान्सामा हामीले प्रयोग गर्दै...
विराटनगर । विराटनगरमा रहेको एभरेष्ट एजुकेशन फाउन्डेशनले पहिलो पटक ‘एभरेष्ट कार्निभल’ को आयोजना गर्ने भएको छ । एभरेष्ट कलेज परिसरभित्र माघ २७ देखि २९ गतेसम्म ‘एभरेष्ट कार्निभल’ गर्ने भएको हो । एभरेष्ट एजुकेशन फाउन्डेशनले विराटनगरमा...
विराटनगर । जिल्ला कारागार मोरङमा कैद भुक्तान गर्दै आएका एक जना कैदी उपचारको लागि विराटनगरस्थित कोशी अस्पतालबाट फरार भएका छन् । बिरामी भएपछि उपचारका लागि कोशी अस्पताल भर्ना गरिएका २४ वर्षीय आर्यन मोहमद अहमद खान...
विराटनगर, २८ कात्तिक–पछिल्लो २४ घण्टामा प्रदेश १ मा ७ सय ३६ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुने सवै होमआईसोलेसनका रहेका छन् । हालसम्म १७ हजार १ सय ५४ जना डिस्चार्ज भएका छन् । प्रदेश...
काठमाडौं, १३ असार-त्रिभुवन विमानस्थल कार्यालयको तथ्यांक अनुसार बन्दाबन्दीको अवधि चैत ११ देखि असार १२ गतेसम्म कार्गो र चार्टड गरी २३४ अन्तरराष्ट्रिय उडान भएका हुन् । यी उडानबाट ११ हजार २८२ यात्रु नेपाल प्रवेश गरेका छन्।...
विराटनगर , १० असोज । पोखरीमा डुबेर विराटनगर महानगरपालिका–१८ मा आइतबार दिउँसो एक पुरुषको मृत्यु भएको छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार पोखरीमा डुबेर ५७ वर्षीय धनीलाल ऋषिदेवको मृत्यु भएको हो । भैँसी...