कोशी अस्पतालमा बेथीति रोक्न माग, १७ बुद्धे मागसहित कर्मचारी युनियनले बुझाए ज्ञापनत्र

 न्यूज विराट
कोशी अस्पतालमा बेथीति रोक्न माग, १७ बुद्धे मागसहित कर्मचारी युनियनले बुझाए ज्ञापनत्र

विराटनगर । विराटनगरस्थित कोशी अस्पतालभित्र भएको गैरकानुनी नियुक्ति प्रक्रिया र निरन्तर भएको बेथीति रोक्न माग राख्दै ज्ञापन पत्र बुझाएको छ ।

अस्पताल विकास समितिका अध्यक्ष र मेसुबाट भएको गैरकानुनी नियुक्ति र विकास निमार्णको कामहरू रोक्न माग राख्दै कोशी अस्पताल विकास समिति कर्मचारी यूनियनले मंगलबार ज्ञापन पत्र बुझाएका हुन् ।

कर्मचारी यूनियनका अध्यक्ष डा.रोशन खड्काले १७ बुद्धे मागसहितको ज्ञापन पत्र अस्पताल विकास समिति अध्यक्षका डा. फरवर्ड सिलवाल र मेसु डा. चन्द्रभाल झालाई भेटेर बुझाएका छन् । उनीहरूले कोशी अस्पताल विकास समितिले मनपरी मापदण्ड तयार पारी आफु निकटका व्यक्तिलाई राख्न गरिएको नियुक्ति प्रक्रिया तत्काल सच्याउनुपर्ने माग गरेका छन् । कोशी अस्पताल विकास समितिले चिकित्सक, स्वास्थ्यकर्मी र प्राविधिक गरी ५० जना कर्मचारी नियुक्तिका लागि आह्वान गरेको सूचना मापदण्ड विपरित रहेको भन्दै यसलाई सच्याउनु पर्ने माग गरिएको हो ।
तीन महिनाको सेवा करार रहने गरी ४ माघमा जारी गरेको सूचनाले अस्पतालमा कार्यरतहरुको मनोबल गिराएको आरोप लगाइएको छ ।
नियमित कार्यरत करार र ज्यालादारीका चिकित्सक तथा अन्य प्राविधिक कर्मचारीहरुलाई वेवास्ता गरी सूचना प्रकाशित गरिएकोमा ध्यानाकर्षण गराइएको छ । यस अघि कार्यरत ज्यालादारीका चिकित्सक तथा अन्य प्राविधिक कर्मचारीहरुलाई उक्त प्रकाशित सूचनाले समेट्न नसक्ने बताउँदै कार्यरतहरुको व्यवस्थापनमा पहल लिन आग्रह गरिएको छ । अस्पतालवाट प्रकाशित कर्मचारी छनौट सम्बन्धि सूचनामा एकरुपता नदेखिएको बताउँदै एउटै सूचनामा प्रकाशित पदहरु लिखित र अन्तबार्ताबाट पदपूर्ति गर्ने भनिएको र केहि पदहरुका लागि अन्तवार्ता मात्र गर्ने भनिएकोले असमानतालाई संसोधन गर्न माग गरिएको छ ।

यसैगरी दरवन्दी बिना जथाभावी कर्मचारी नियुक्ति गर्ने परिपाटिको रोक्न र सेवा सञ्चालनमा ध्यान दिन आग्रह गरिएको छ । कर्मचारीहरुका विचमा विभेद र विभाजन गर्ने काम भईरहेको भन्दै त्यसमा ध्यानाकर्षण गराइएको छ ।
उनीहरुले बन्द भएको एनआइसियू सेवा पूर्ण रुपमा तत्काल संचालन गर्न पनि माग गरिएको छ । एक वर्ष अगाडीदेखि अस्पतालको एनआइसियू सेवा बन्द हुँदा कोशीमा आएका विरामी निजी हस्पिटलमा उपचार गर्न बाध्य छन् । यसैगरी अस्पतालमा कार्यरत सम्पूर्ण कर्मचारीहरुको स्वास्थ्य विमा गरिनुपर्ने, अस्पताल विकास समितिको बैठकमा कर्मचारी युनियनको अध्यक्षलाई समावेश गराउनुपर्ने, कुनैपनि कर्मचारी नियुक्ति गर्दा विभागिय प्रमुखसँग अनिवार्य रुपमा सल्लाह गरिनुपर्ने माग गरिएको छ । अस्पताल विकास समितिले अहिले थप तीन जना मेडिकल अधिकृत नियुक्ति गर्न सूचना आव्हना गरिएको छ । तर, विभागीय प्रमुखसँग कुनै सरसल्लाह नगरी सूचना आव्हान भएको भन्दै उनीहरु असन्तुष्ट रहेका छन् ।यूनियनले कोशी अस्पताल विकास समिति, जिल्ला प्रशासन कार्यालय मोरङ, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई बोदार्थ दिएको छ ।

सम्बन्धित समाचार

राष्ट्रसङ्घको ७५ औँ महासभामा प्रम नेतृत्वको प्रमण्डल सहभागी हुँदै

काठमाडौं,  २ असोज-प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डलले संयुक्त राष्ट्रसङ्घको ७५ औँ महासभामा अप्रत्यक्षरूपमा भाग लिने भएको छ ।  न्युयोर्कमा आजदेखि सुरु भएको ७५औँ महासभालाई प्रधानमन्त्री ओलीले आगामी शुक्रबार सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र...

पर्यटनमन्त्री योगेश भट्टराईलाई कोरोना संक्रमण

काठमाडौं, २४ असोज-संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई कोरोना संक्रमण देखिएको छ । शुक्रबार ज्वरोको महसुस भएपछि शनिबार बिहान परीक्षण गर्दा नतिजा पोजिटिभ आएको भट्टराईले जानकारी दिए । ‘गत सोमबार कोरोना परीक्षाण गर्दा रिपोर्ट...

थप २४०१ जनामा कोरोना पुष्टि, १४ जनाको मृत्यु

काठमाडौं, २६ माघ । नेपालमा थप २ हजार ४ सय १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १६ हजार ३५६ जनाको नमूना परीक्षण गर्दा थप २ हजार ४ सय १...

तेली कल्याणले निःशुल्क विवाह गरिदिने

विराटनगर । तेली कल्याण समाज मोरङले आर्थिक अवस्था नाजुक भएका परिवारको छोरा–छोरीको निःशुल्क विवाह गरिदिने भएको छ । आर्थिक अवस्था नाजुक भएर विवाह गर्न नसक्ने परिवारका छोरा छोरीहरूको निःशुल्क विवाह गरिदिने व्यवस्था गरेको हो ।समाजका...

अमेरिकाको कोलोराडोमा गोली चल्यो, १० जनाको मृत्यु

एजेन्सी, १० चैत । अमेरिकाको कोलोराडोमा गोली चलेको छ । हतियारधारी एक व्यक्तिले गोली चलाउँदा एक जना प्रहरीसहित १० जनाको मृत्यु भएको छ ।बीबीसीका अनुसार कोलोराडोस्थित बोल्डर सहरमा भएको उक्त गोलीकाण्डमा हतियार बोकेका ती व्यक्तिले...

लकडाउनको १ महिना पूरा

काठमाडौं, ११ वैशाख-सरकारले घोषणा गरेको लकडाउनको बुधबार १ महिना पूरा भएको छ । नेपालमा कोरोना संक्रमणको जोखिम बढेपछि सरकारले गत चैत ११ गतेबाट लक डाउन जारी गरेको थियो । चैत ११ गते बिहान ६ बजेबाट...

मन्त्रिपरिषद् बैठक बालुवाटारमा सुरु

काठमाडौं, १२-वैशाखअघिल्लो मन्त्रिपरिषद्ले गरेको निर्णयमा चौतर्फी दबाब सिर्जना भएको सन्दर्भमा प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक डाेकका छन् । प्रधानमन्त्री निवास बालुवाटार बिहान ११ बजेदेखि बैठक सुरु भएको छ । गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले...

रंगेलीमा चट्याङ लागेर एक जनाको मृत्यु, ४ जना घाइते

विराटनगर, ९ असार । मोरङको रंगेली नगरपालिकामा चट्याङ लागेर एक जनाको ज्यान गएको छ । बुधबार रंगेली नगरपालिका–६ चोप्राहा स्थित नेवा टोलमा चट्याङ लगेर स्थानीय २३ वर्षीय युवक नितेश रायको मृत्यु भएको हो । घर...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्