एसबीएससी चित्रकला प्रतियोगिताको उपाधि ग्रेडेड र अरिहन्त स्कुललाई
सोमबार, ०७ फागुन, २०८०,
न्यूज विराट
विराटनगर । जिल्ला स्तरीय एसबीएससी चित्रकला प्रतियोगिताको उपाधि विराटनगरस्थित ग्रेडेड बोर्डिङ स्कुलल र अरिहन्त स्कुलले जितेको छ । संस्थागत विद्यालय बचत तथा ऋण सहकारी संस्था मोरङले प्रजातन्त्र दिवसको अवसर पारेर विराटनगरमा सोमबार आयोजना गरिएको प्रतियोगिताको सिनियरतर्फ ग्रेडेड स्कुलकी उमा साह र जुनियरतर्फको उपाधि अरिहन्तकी नम्रता चौधरीले जितेको हो ।
सिनियर तर्फको द्धितीय विराटनगरस्थित बुढानिलकण्ठ स्कुलका अपेक्षा राई, तृतीय मोरङ पब्लिक स्कुलकी दीक्षा सुनार र सान्त्वना वाल्मीकि स्कुलका बादल पास्वान घोषित भए । यसैगरी जुनियरतर्फको द्धितीय एजेलिया स्कुलका दिबिना बस्नेत, तेस्रो पोलस्टार स्कुलकी आस्मा सापकोटा र सान्त्वना मोरङ पब्लिक स्कुलकी मुना थापा भइन् ।
प्रथम, द्धितीय, तृतीय र सान्तवना हुनेले क्रमश : ५ हजार, ३ हजार, २ हजार र १ हजार रुपैयाँको साथै ट्रफि प्राप्त गरेका थिए । संस्थागत विद्यालय बचत तथा ऋण सहकारीले प्रत्येक वर्ष प्रजातन्त्र दिवसको अवसर पारेर जिल्ला स्तरीय चित्रकला प्रतियोगिता गर्दै आएके छ । उक्त प्रतियोगितामा जिल्लभरीको ३० भन्दा बढी विद्यालयबाट ८१ जना विद्यार्थीले भाग लिएको कार्यक्रम संयोजक अर्जुन श्रेष्ठले बताए ।
चित्रकलाको निर्णायकहरुमा अनुराधा थापा र यसोधा कुमारि सिंह रहेकी थिइन् । कार्यक्रमको प्रमुख अतिथि प्याब्सन मोरङका अध्यक्ष प्रेमलाल सिंह सुवालले विद्यार्थीहरुको प्रतिभा उजार गर्न यस्तो प्रतियोगिताले ठूलो सहयोग मिल्ने बताए । विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षासँगै सीप र संस्थासहितको रोजगारमुखी शिक्षा दिनुपर्नेमा जोड दिए । कार्यक्रममा प्याब्सन विराटनगरका अध्यक्ष मोहन बुढाथोकी, संस्थागत विद्यालय बचत तथा ऋण सहकारी संस्था मोरङका अध्यक्ष नगेन्द्रप्रसाद ढकाल, पूर्व अध्यक्ष इन्द्र कुमार राईलगायतले बोलेका थिए ।
काठमाडौं, ८ बैशाख-आफ्नै छोरीको हत्या गर्ने बुबा पक्राउ परेका छन । पक्राउ पर्नेमा वीरगंञ्ज महानगरपालिका–१ का २९ वर्षीय संजय सरार्फ भन्ने संजय कुमार साह छन् । साहले ७ वर्षीया छोरी अंशु कुमारी सरार्फलाई गत चैत...
विराटनगर । नेपाल औषधी व्यवसायी संघ मोरङले निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । विराटनगर १५ मिल्स एरियास्थित दुर्गा मन्दिरमा शनिबार निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको हो । शिविरमा १ सय जना विरामीको निःशुल्क स्वास्थ्य...
काठमाडौं, १६ जेठ-संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले दशगजा क्षेत्रमा रहेका भौतिक संरचनालाई तत्काल हटाउन सरकारलाई निर्देशन दिएको छ । समितिले भारतीय सीमामा रहेको दशगजा क्षेत्रमा अन्तर्राष्ट्रिय कानुन र मूल्य मान्यता...
काठमाडौं, १५ भदौ-सरकारले कोरोना भाइरसको पीसीआर परीक्षणको मूल्य समायोजन गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमका अनुसार समायोजन भएको मूल्यअनुसार अब बढीमा ४ हजारमा पीसीआर परीक्षण गर्न सकिने छ ।...
विराटनगर । कोशी प्रदेश खारेजीको माग राख्दै आन्दोलनमा उत्रिएका पहिचानबादीहरुले मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई धनकुटाको भेडेटार जान अवरोध गरेका छन्। बैठकमा सहभागी हुन जाने क्रममा पहिचानवादी पक्षधरले अवरोध गरेपछि उनी धनकुटा जान नपाएका हुन्। भेडेटारको...
विराटनगर । खम्बुवान राष्ट्रिय मोर्चा नेपाल पार्टीका अध्यक्ष आरके खम्बुले प्रतिनिधी र प्रदेश सभाको निर्वाचनमा पहिचानबादी पार्टीहरू बिच गठबन्धन गरेर चुनावमा लडने बताएका छन् । विराटनगर विमानस्थलमा आइतबार संचारकर्मीकहरूसँग कुरागर्दै अध्यक्ष खम्बुले यस्तो बताएका हुन्...
विराटनगर, ३ वैशाख । विराटनगरमा नेपाली कांग्रेसका केन्द्रीय सदस्यमाथि आफ्नै पार्टीका कार्यकर्ताले हातपात गरेका छन् । वडाध्यक्षका उम्मेदवार पराजित भएपछि कार्यकर्ताले नेपाली कांग्रेसका केन्दीय सदस्य हसन अन्सारीमाथि हातपात गरेका हुन् । मंगलबार बिहान अन्सारीकै घरमा...
विराटनगर,भदौ १–विराटनगरस्थित कोशी अस्पतालको आइसोलेशनमा भर्ना गरिएका एक जना कोरोना संक्रमितको सोमबार मृत्यु भएको छ । मोरङको कटहरी गाउँपालिका १ घर भई विराटनर ८ मधुमारामा बस्ने ४७ वर्षीय पुरुषको उपचारको क्रममा सोमबार अपरान्ह ५ः५० बजे...