सिटिभिटीले लिएको लेभल टूको परीक्षा विवादमा, केन्द्र सारेर पुनः परीक्षा लिन माग

 न्यूज विराट
सिटिभिटीले लिएको लेभल टूको परीक्षा विवादमा, केन्द्र सारेर पुनः परीक्षा लिन माग

विराटनगर । प्राबिधिक तथा व्यवसायिक तालिम परिषद् (सिटिभिटी) ले सौन्दर्यकर्मीहरुको लागि सुरू भएको लेभल टूको प्रयोगत्मक परीक्षा विवादमा परेको छ । ३ फागुनदेखि विराटनगरमा सुरु भएको प्रयोगत्मक परीक्षा विवादमा परेको हो ।

परीक्षा निष्पक्ष हुन नसकेको आरोप लागउँदै राष्ट्रिय सौन्दयकर्मी यूनियन नेपाल विराटनगर महानगरले सोमबार पत्रकार सम्मेलन गरी परीक्षा केन्द्र सारेर पुनः परीक्षा हुनुपर्ने माग राखेको छ । सौन्दर्यकर्मीहरुको लागि विराटनगर ११ प्राइम इन्स्टिच्युटमा परीक्षा केन्द्र तोकेर परीक्षा भइरहेको छ । सिटिभिटीले लिने परीक्षा ३ फागुनदेखि ९ गतेसम्म सुरु हुने कार्यतालिका रहेको छ ।

प्रत्येक दिन १० जना सिट संख्या तोकिएर परीक्षा लिन सुरु गरिएको छ । दैनिक ८ घण्टासम्म प्रयोगत्मक परीक्षा हुने गरेको छ । पहिलो दिन १० जनाको सिट संख्यामा तीन जना मात्र परीक्षार्थी आए । दोस्रो दिन प्रयोगत्मक परीक्षामा ८ जना सामेल भएका थिए । त्यस दिन सामेल भएका परीक्षार्थीहरूमध्ये केही लाई छुट्टै गोप्य कोठामा राखेर उनीहरुलाई मात्र परीक्षामा उत्तिर्ण गराउने उद्देश्य अनुरुप परीक्षा लिएको सौन्दर्यकर्मी यूनियन नेपाल विराटनगर महानगरपालिकाकी अध्यक्ष भली सुब्बाले बताइन् । ‘प्रयोगत्मक परीक्षा परीक्षार्थीहरूलाई एकै ठाउँमा राखेर लिनुपर्ने हो । तर, ४ फागुनमा लिएको परीक्षामा परीक्षार्थीहरूबीच विभेद गरिएको पाइएको छ । जुन सरासर गलत अभ्यास हो,’ अध्यक्ष सुब्बाले भनिन् ।

यसअघि पनि प्राइम इन्स्टिच्युटमा भएको परीक्षाहरू निष्पक्ष र व्यवस्थित नभएको युनियनको आरोप छ । अहिले सुरु भएको दोस्रो दिनको प्रयोगत्मक परीक्षामा पनि परीक्षार्थीहरुलाई मूल्याङ्कनकर्ताहरुले प्रयोगात्मक परीक्षा दिने क्रममा क्रस प्रश्न सोधेर अत्याउने गरेको अध्यक्ष सुब्बाले बताइन् । ‘भाइबा’ (मौखिक प्रश्न) को क्रममा तपाईं फेल हुनुभयो । तपाईं यसपटक पास हुन सक्नुहुन्न अर्को पटक परीक्षामा आउनु भन्दै परीक्षार्थीहरुलाई हतोत्साहित गर्दै मानसिक तनाव पनि दिएको परीक्षार्थीहरुको गुनासो रहेको छ ।

निश्पक्ष रुपमा परीक्षा गराउन नसक्ने मूल्याङ्कनकर्ताहरू माथि छानबिन गरिनुपर्ने र स्वच्छ, मर्यादित रुपमा परीक्षा गराउने वातावरण सिर्जना गर्न नसक्ने परीक्षा केन्द्र खारेजी गरिनुपर्ने सौन्दर्यकर्मी युनियनको माग रहेको छ । उनीहरुले मर्यादित र व्यवस्थित रुपमा परीक्षा हुने ठाउँमा परीक्षा केन्द्र तोकेर पुनः परीक्षाका लागि माग गरेका छन् । उनीहरूले कोशी प्रदेशका मुख्यमन्त्रीको सचिवालयको दबाबमा पाँच जनालाई चलखेल गरेर पास गराउन दबाब दिएको प्रमाण आफूहरूसँग सुरक्षित रहेको समेत दाबी गरेका छन् ।
राष्ट्रिय सौन्दर्यकर्मी युनियन कोशी प्रदेश सचिव कला डाँगीले परीक्षा नै नदिएका ब्यक्तिलाई पास गर्नु पर्छ भनेर दबाब दिएको पाइएको बत्ताइन् । दोस्रो तहको परीक्षामा सहभागी भएपछि उनीहरू उत्तीर्ण भएको अवस्थामा प्रशिक्षकको रूपमा उनीहरूको दर्जा हुने भनिएको छ । जिफन्ट कोशी प्रदेशका अध्यक्ष किशोर धमालले सिटिभिटीले लिने परीक्षा स्वच्छ र निष्पक्ष रुपमा हुनुपर्ने बताए ।
सिटीभिटीले लिने लेभल टुको परीक्षामा लेभल वान उत्तिर्ण गरेको र ब्यूटिसियनको क्षेत्रमा तीन वर्ष अनुभव भएकोले लेभल टुको परीक्षामा सहभागि हुन पाउँछन् ।
विगतमा प्राटिकल, लिखित र मौखिक हुने गरेको थियो । अहिले प्राटिकल र मौखिम मात्र परीक्षा हुने गरेको छ । ८ घण्टाको परीक्षामा १० वटा प्राक्टिकल गरेर मौखिकमा सोधिएको प्रश्न मिलाए उत्तिर्ण हुने गर्दछन् । परीक्षा लिएको तीन महिनापछि सिटिभिटीले परीक्षाफल प्रकाशित गर्दछ ।

सम्बन्धित समाचार

पारिवारिक ‘रिसिइबी’मा दाजुभाइ मिलेर झापामा किसानको हत्या

विराटनगर । झापाको मेचीनगर नगरपालिका – ८ मुनियाँटोलका ३५ वर्षीय सुन्दरीलाल किसानको हत्या आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मुनियाँटोलका ५६ वर्षीय रामजी किसान र ४८ वर्षीय सुनरसी किसान छन्। उनीहरू...

कोशी अस्पतालमा कोरोना संक्रमणका कारण एक व्यक्तिको मृत्यु

विराटनगर, साउन २९–विराटनगरस्थित कोशी अस्पतालमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । उपचारको क्रममा सिराहको विष्णुपुर गाउँपालिका १ का ४० वर्षिय पुरूषको राती ८ बजे मृत्यु भएको हो । निमोनिया भइ स्वासप्रश्वासमा समस्या रहेका...

एमालेको उद्योग विभाग प्रमुख बने विराटनगरका मोती दुगड

विराटनगर, २ पुस । व्यवसायी मोतीलाल दुगड नेकपा एमालेको उद्योग, वाणिज्य तथा आपूर्ति विभागको प्रमुख बनेका छन् । एमाले केन्द्रीय कमिटी बैठकले उनलाई विभागको प्रमुखको जिम्मेवारी दिने निर्णय गरेको हो । दुगड केपी शर्मा ओली...

‘सुदर्शन–कपिला सिरपा’ नेवा खल : कास्कीलाई २ चैतमा प्रदान गरिदै, सांस्कृतिक स्मारिका समेत विमोचन हुने

विराटनगर । नेपाल भाषा तथा सांस्कृतिक संघ (झी पुचः) ले यस पटकको ‘सुदर्शन–कपिला सिरपा’ नेवा खलः कास्कीलाई प्रदान गर्ने भएको छ । विराटनगरस्थित होटल स्वागतमा चैत २ गते भव्य कार्यक्रम आयोजना गरी २ लाख रुपैयाँ...

नेकपा सचिवालय बैठक : दुवै प्रस्ताव स्थायी कमिटीमा लैजाने निर्णय

काठमाडौं, २० मंसिर-नेकपा सचिवालय बैठकले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डका प्रस्ताव स्थायी कमिटी बैठकमा लाने निर्णय गरेको छ । शनिबार शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले ओली र प्रचण्डले सचिवालयमा पेस...

विराटनगरका मासु पसलले तोकिएको मापदण्ड पूरा गरेन, ३ सय मासु पसलमा आधा मात्रै दर्ता

विराटगगर । कोशी प्रदेशको राजधानी रहेको सहर विराटनगरमा सञ्चालित अधिकांश माछा–मासु पसलले तोकिएको मापदण्ड पूरा नगरेको पाइएको छ । विराटनगर महानगरपालिकाले मंगलबार गरेको अनुगमनको क्रममा यस्तो भेटिएको हो । तोकिएको मापदण्डमध्ये पसलभित्रको सरसफाईमै कमजोरी देखिएको...

विराटनगरमा तीन अस्पतालका ११ जनामा कोरोना

विराटनगर, साउन २१-विराटनगरका तीन अस्पतालका चिकित्सकसहित ११ जना कोरोना संक्रमण पुष्टि भएको छ । यसअघि विराटनगरस्थित कोशी, विराट, न्युरो र म्याक्स अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीमा कोरोना संक्रमण देखिएकोमा बिहीबार न्युरो अस्पताल, गोल्डेन अस्पताल र मोरङ...

नेपालमा उत्पादन हुने औषधि विदेशबाट ल्याउन बन्द गराउन धर्ना

काठमाडौं, ३० असार-नेपालमा उत्पादन हुने औषधि विदेशबाट ल्याउन बन्द गर्न माग गर्दै नेपाल औषधि उत्पादन संघ आन्दोलनमा उत्रेको छ । २२ असारमा सेनिटाइजर दर्ताको म्याद ३ महिना थप्ने निर्णय गरेसँगै औषधि उत्पादक संघ आन्दोलनमा उत्रेका...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्