मोरङ व्यापार संघले गर्यो उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालयका सचिव निरौलासँग छलफल

 न्यूज विराट
मोरङ व्यापार संघले गर्यो उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालयका सचिव निरौलासँग छलफल

विराटनगर । उद्योगी व्यवसायीहरुको समस्या समाधानका सन्दर्भमा मोरङ व्यापार संघले छलफल गरेको छ । आइतबार मोरङ व्यापार संघ र नेपाल उद्योग परिसंघ, कोशी प्रदेशले संयुक्त रुपमा उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालयका सचिव मुकुन्द प्रसाद निरौलासँग छलफल गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथि उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालयका सचिव निरौला समक्ष संघका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य नवीन रिजालले उद्योगी व्यवसायीहरुको विद्यमान समस्याहरु जानकारी गराउँदै समाधानका लागि सुझावहरु पेश गरेका थिए ।
संघका महासचिव अनिल सारडाले संचालन गरेको कार्यक्रममा अध्यक्ष रिजालसहित नेपाल उद्योग परिसंघ कोशी प्रदेशका अध्यक्ष पवन कुमार सारडा, नेपाल उद्योग परिसंघका केन्द्रीय उपाध्यक्ष भीम घिमिरे, संघका निवर्तमान अध्यक्ष प्रकाश मून्दडा, उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुराना, गुणस्तर तथा नापतौल कार्यालय विराटनगरका कार्यालय प्रमुख शम्भु कुमार झा तिन वटै संघ–संस्थाका पदाधिकारीहरु, कार्यसमिति सदयहरु, महिला उद्यमीहरु, युवा उद्यमीहरु लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार

सुनको मूल्य ९९ हजार पुग्यो

काठमाडौं, १५ साउन-बिहीबार सुनको मूल्य ह्वात्तै बढेको छ । आज प्रतितोला ९ सय ३५ रुपैयाँ बढेको हो । बुधबार ९८ हजार ५ सयमा कारोबार भएको छापावाल सुनको मूल्य आज प्रतितोला ९९ हजार रुपैयाँ तोकिएको छ...

माधवलाई शंकरको जवाफ- पार्टी एकताको सहमति भए भ्याकेटको औचित्य रहँदैन

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पार्टी एकतामा सहमति भए भ्याकेटको औचित्य नरहने बताएका छन् । एमाले वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी ओली पक्षले भ्याकेटमा जाने निर्णय गरेर पार्टी एकता भंग गर्न खोजेको आरोप लगाएलगत्तै...

आत्मरक्षाको लागि ‘सेल्फ डिफेन्स’ तालिम सुरू, एक सय बढी किशोरीको सहभागि

विराटनगर । विराटनगरमा तीन दिने महिला सेल्फ डिफेन्स तालिम तथा योगा प्रशिक्षण सुरु भएको छ । प्रदेश खेलकुद विकास बोर्ड कोशी प्रदेशको आयोजना र समृद्ध समाज नेपालको समन्वयमा विराटनगरमा बुधबारदेखि उक्त तालिम सुरु भएको हो...

सरकारविरुद्ध प्रतिपक्षी ३ पार्टी एक ठाउँमा

काठमाडौं, १५ वैशाख-प्रतिपक्षी ३ दलले सरकार सर्वसत्तावादतर्फ अग्रसर भइको निष्कर्ष निकालेका छन् । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बसेको विपक्षी दलहरूको बैठकले सरकारको स्वेच्छारी र सर्वसत्तावादी प्रवृत्तिविरुद्ध सम्पूर्ण लोकतन्त्रवादी शक्ति ऐकतावद्ध भई संघर्ष गर्ने प्रतिवद्धता व्यक्त गरेका...

राजेश दाइमाथि प्रश्न गर्ने मेरो हैसियत थिएन : दीपाश्री

काठमाडौं, १८ असार-केही दिनदेखि कलाकार तथा निर्देशक दीपाश्री निरौला निकै विवादित बनिरहेकी छन् । राजेश हमालको 'महानायक' उपाधिमा प्रश्न गरेपछि उनी विवादमा मुछिएकी थिइन् । दीपाश्रीको यस अभिव्यक्तिपछि राजेशका शुभचिन्तकहरू निकै आक्रोशित बनेका थिए ।...

बंगलादेशमा भएको विस्फोटनमा परी सातको मृत्यु, ५० घाइते

एजेन्सी, १४ असार ।बंगलादेशमा भएको विस्फोटनको घटनामा परी कम्तीमा ७ जनाको मृत्यु भएको छ भने अरु ५० जना घाइते भएका छन् । व्यावसायिक भवनमा आइतबार ठूलो विस्फोटन भएपछि भवन भत्किएर घटना भएको अधिकारीहरूले जानकारी दिएका छन्...

आज विजयादशमी

काठमाडौं,  १० कात्तिक-हिन्दूहरुको महान पर्व बडादशैंको मुख्य दिन आज विजयादशमी, मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदैछ । घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट अभिषेक गरी विजयादशमीको...

अजोड इन्स्योसेन्स विरुद्ध उच्च अदालतमा अवहेलना मुद्दा दायर

विराटनगर । नेपाल पत्रकार महासंघ मोरङले अजोड इन्स्योसेन्स कम्पनी विरुद्ध अदालतको अवहेलनामा सजायको माग गर्दै आज मुद्धा दर्ता गरेको छ ।कोरोना बिमाबापतको रकम भुक्तानी गर्न उच्च अदालत विराटनगरले बिमा कम्पनीका नाममा २०७९ जेठ १६ मा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्