उत्कृष्ट विद्यार्थीलाई अर्किड कलेजको सम्मान (फोटो फिचर)
बिहिबार, ०३ फागुन, २०८०,
न्यूज विराट
विराटनगर । विराटनगर–१० मा रहेको अर्किड कलेजले बिद्यार्थीलाई सम्मान गरेको छ । कलजे परिसरमा बिहीबार एक कार्यक्रम आयोजना गरी हिसान स्पोट्र्स मिटमा बिजेता हुने बिद्यार्थी र कलेजको आन्तरिक परीक्षामा उत्कृष्ट हुने बिद्यार्थीहरूलाइ सम्मान गरेको हो ।
केही दिन अगाडि सम्पन्न भएको १२ औं संस्करणको हिसान स्पोट्र्स मिटमा अर्किड कलेजका बिद्यार्थीले विभिन्न खेलमा ७ वटा गोल्ड मेडल जितेको थियो । जसमा छात्र–छात्रा फुटबल, कबडि छात्र, भलिबल छात्रा, रनिङ १००– २०० मिटर दुबैमा गोल्ड मेडल जितेको थियो । यस्तै २०० मिटर छात्रामा पनि अर्किड कलेजले गोल्ड मेडल जितेको थियो ।
हिसानमा जम्मा १३ वटा गोल्ड मेडल मध्धे ७ वटा गोल्ड मेडल अर्किडले जितेको थियो । गोल्ड मेडल ल्याउने बिद्यार्थीहरूलाई कलेजले विशेष सम्मान गरेको हो ।
यसैगरी मेडिकलमा ४ जना, इन्जिनियरिङ ५ जना बिद्यार्थीले पूर्ण छात्रवृत्तिमा नाम निकालेका छन् । मेडिकलमा गणेश पन्डित, शिवनान्द साह, इतेचु रुम्बा र गार्गि पन्डितले पुर्ण छात्रवृत्तिमा एमबीबीएसमा नाम निकालेका छन् । यस्तै इन्जिनियरिङ तर्फ गौरव राई, बिकल्प भट्टराई, रघुराज मण्डल र रविन कट्टेल रहेका छन् । यस्तै पब्लिक हेल्थमा बिष्णुकुमार साहले पूर्ण क्षात्रबृत्तिमा नाम निकालेका थिए । उनीहरूलाई पनि कलेजले सम्मान गरेको छ । आन्तरिक परीक्षामा पनि उत्कृष्ट हुनेलाइ नगदसहित सम्मान गरियो । सम्मानित हुने विद्यार्थीहरुललाइ हिसान मोरङका अध्यक्ष अमित ढकाल, हिसान प्रदेशका सचिब दिपेश बास्तोला, स्कुलका प्रिन्सपल सिएम श्रेष्ठ, कलेजका निर्देशक मनिष भट्टराईलगायतले सम्मान गरेका थिए । कार्यक्रममा बोल्दै हिसान कोशी प्रदेशको सचिब तथा कलेजका प्रिन्सिपल बास्तोलाले अर्किडले खेलकुद क्षेत्र लाई उच्च प्राथामिकतामा राखेको कारणले सफलता हात पारेको बताए । कलेजले गुणस्तरीय शिक्षासंगै अतिरिक्त क्रियाकलापमा पनि अगाडि रहेको बताए ।
विराटनगर । नेपाल पाराभेटेरिनरी एण्ड लाइभस्टक एसोसिएसन कोशी प्रदेशले बिहीबार विराटनगरमा दुध उत्पादक, संकलन र उद्योगीहरु तथा सरकारी निकाय सम्मिलित एक कार्यक्रम गर्यो । केन्द्रको कृषि विभाग, कोशी प्रदेशको उद्योग, कृषि तथा सहकारी मन्त्रालयका अधिकारीहरु...
विराटनगर । झापाको दमकमा सञ्चालित आध्या एजुकेसन प्रलिले उच्च शिक्षा अध्ययनका निम्त्ति जापान जान चाहने विद्यार्थीहरुका निम्त्ति निःशूल्क सेमिनार आयोजना गर्ने भएको छ । जापान गएर विभिन्न बिषयमा ब्याचलर तथा मास्टर्स अध्ययन गर्न चाहने विद्यार्थीहरुलाई...
प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा हत्या हिंसाको विकराल कालखण्ड फर्काउने कोसिस भइरहेको भन्दै सबैलाई सचेत हुन आग्रह गरेका छन् । काठमाडौंको दक्षिणमा रहेको सुवर्णकीर्ति महाविहारमा ज्येष्ठ नागरिक आवाश गृहको शिलान्यास कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले समाज पथभ्रष्ट...
विराटनगर । मोरङको कटहरी गाउँपालिकाले साढे ८० लाख बढी लागतको ३० वटा भन्दा बढी योजना थप गरेको छ ।शनिबार बसेको कटहरी गाउँपालिकाको दोश्रो गाउँसभाको चौथौ अधिविशेनले ३० वटा योजना हटाउँदै नयाँ ३० वटा योजना थप...
विराटनगर । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लोक सेवा आयोगको सहभागिता बिना कर्मचारी नियुक्ति तथा स्वत बढुवा नगर्न उच्च अदालत विराटनगरले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश गणेशप्रसाद बरालको एक इजलासले निवेदक सञ्जय...
बाँके, १० जेठ-बाँकेको नरैनापुर गाउँपालिकाबाट शुक्रबार फरार भएका १ संक्रमितलाई प्रहरीले आज नियन्त्रणमा लिएको छ । नरैनापुर-३ नेपाल राष्ट्रिय प्राथमिक विद्यालय, शंकरनगर कोटियाको क्वारेन्टाइनमा रहेका १२ संक्रमितमध्ये कोरोना पुष्टि भएसँगै गएराती फरार भएका १ जनालाई...
विराटनगर । बैंकको ब्याजदर चर्को रुपमा बृद्धि भएपछि उद्योगधन्दा सञ्चालनमा समस्या भएको भन्दै प्रदेश १ का उद्योगी व्यवसायीले आन्दोलनको तयारी थालेका छन् । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर १ समितिले बिहीबार विराटनगरमा आयोजना गरेको...
विराटनगर । १ नं. प्रदेश स्तरीय सुरक्षा गोष्ठी विराटनगरमा सुरु भएको छ । निर्वाचनलाई सुरक्षित, भयरहित र निष्पक्ष बनाउन प्रदेश स्तरीय गोष्ठी विराटनगरस्थित बीग होटलमा शनिबारदेखि सुरु भएको हो । गोष्ठीको उद्घाटन प्रदेश १ का...