विराटनगर । विराटनगरस्थित शिक्षादीप स्कुलमा सिङगिन स्टार र डान्सिङ स्टार प्रतियोगिता आयोजना भएको छ । स्कुल परिसरमा आइतबार उक्त प्रतियोगिता भएको हो ।
शिक्षादीप सिंगीन स्टारको प्रथम स्मृति श्रेष्ठ, द्धितीय हिना यादव र तृतीय सन्देश मित्री भए । यसैगरी शिक्षादीप डान्सिङ स्टार जुनियरतर्फको प्रथम लिजा सहनी, द्धितीय सुहानिका पौडेल र तृतीय रितिका भट्टराई भइन् । यसैगरी डान्सिङतर्फको सिनियरको प्रथम युआना चौधरी, द्धितीय प्रजिता राई र तृतीय खुसी भुजेल भइन् ।
प्रतियोगिताको सिङगिनमा ८ जना प्रतियोगि र डान्सिङमा १२ जना पुगेका थिए । डान्सिङमा सिनियर र जुनियर गरि ६–६ जना प्रतियोगित थिए । प्रतियोगिताको निर्णायकहरुमा गायक राम राउत, नृत्य निर्देशक मनोज राजवंशी र समिक्षा कार्की रहेकी थिइन् । सोही अवसमार विद्यालय परिसर भित्र विज्ञान प्रर्दशनी पनि आयोजना गरिएको थियो । विद्यार्थीहरुले बनाएको विज्ञानसँग सम्बन्धी प्रर्दशनी राखिएको थियो । उत्कृष्ट हुने समूहलाई स्कुलले पुरस्कृत पनि गरिएको छ ।
विद्यार्थीहरुमा भएको प्रतिभा उजागर गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको स्कुलका प्रिन्सिपल ज्ञानबहादुर खड्काले जानकारी दिए । गुणस्तरीय शिक्षासँगै अतिरिक्त क्रियाकलापहरुमा पनि विद्यार्थीहरुलाई अगाडी बढाउन यस्तो कार्यक्रमहरु गर्दै आएको प्रिन्सिपल खड्काले बताए । कार्यक्रमको उद्घाटन पूर्वाञ्चल विश्व विद्यालयका डिन प्राडा अनिलकुमार पोखरेलले गरे । कार्यक्रममा बोल्दै विद्यार्थीहरुको प्रतिभा उजार गर्न यस्तो प्रतियोगिताले ठूलो भुमिका खेल्ने बताए ।
विराटनगर । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एसपिपी सम्झौता बर्तमान सरकारले नगर्ने बताएका छन् । विराटनगरस्थित होटल ह्यारिसनमा संचारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन् । माओवादीले सरकारले एसपिपी सम्झौता गर्न...
काठमाडौं, १५ जेठ-राष्ट्रिय योजना आयोगले आज दिउँसो १ बजेलाई बैठक डाकेको छ । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षको बजेट तयारी सकेर बजेट भाषणसमेत मुद्रण विभागमा छाप्न पठाएसँगै योजना आयोगले बैठक डाकेको हो । दिउँसो १...
मकवानपुर, ६ जेठ-वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मिचिएको भूमि समेटेर नयाँ नक्सा जारी गरिएकामा खुसी व्यक्त गरेका छन् । सोमबार एक सन्देश जारी गर्दै मुख्यमन्त्री पौडेलले मिचिएको भूमि समेटेर नक्सा जारी गरिएको दिनलाई भविष्यमा ऐतिहासिक...
रामेछाप । रामेछापमा मतपेटिका बोकेको गाडी दुर्घटना हुँदा ३ जना घाइते भएका छन् । रामेछाप नगरपालिका वडा नं. १ गोठगाउँबाट मतपेटिका बोकेर रामेछाप बजार आउँदै गरेको गाडी दुर्घटनामा परेको हो । ना ७ ख ३५०४...
काठमाडौं, ३० जेठ-नेपालमा कोरोना भाइरस संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ । अर्घाखाँचीका ५७ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पुष्टि गरेका हुन् । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको...
विराटनगर, जेठ २२-तेह्रथुमको आठराइ गाउँपालिकाका-२ जनामा कोरोना भाइरस (कोभिड-१९) पोजिटिभ देखिएको छ । आठराई गाउँपालिका-४ का २० वर्षीय युवती र सशस्त्र प्रहरी बल सुरक्षा बेसक्याम्प सङ्क्रान्तिमा कार्यरत २९ वर्षीय प्रहरी जवानमा बुधबार कोरोना भाइरस पुष्टि...
डडेल्धरा, १४ चैत । नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायरले अरूका लागि आफ्नो पार्टीमा आगो नलगाइने बताउनुभएको छ । प्रदेशमा कांग्रेस एक्लै निर्वाचन लड्न सक्षम भएको बताउँदै उहाँले कुनै पार्टीसँग तालमेल गर्न जरुरी नरहेको बताउनुभयो...
काठमाडौँ, ११ पुस-नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको सिफारिसमा प्रतिनिधिसभा विघटन गरिएको घटनाका विरुद्ध यही पुस १३ गते कांग्रेसले आयोजना गरेको प्रदर्शनमा सहभागिताका लागि सबैमा अपिल गर्नुभएको छ । कांग्रेसले संसद् विघटनविरुद्ध...