प्याब्सन स्पोर्ट्स मिट : चार स्वर्ण पदकसहित पूर्वाञ्चलको अग्रता कायमै
शनिबार, २७ माघ, २०८०,
न्यूज विराट
विराटनगर । विराटनगरमा जारी १३ औं संस्करणको प्याब्सन स्पोर्ट्स मिटमा मोरङको सुन्दरहरैचा नगरपालिका – ६ दुलारीमा रहेको पूर्वाञ्चल एकेडेमीले अग्रता कायमै राखेको छ ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) मोरङले आयोजना गरेको उक्त प्रतियोगितामा शनिबार पनि पूर्वाञ्चलले चार स्वर्ण, १ रजत पदकसहित २३ अंकको साथ अग्रता कायमै राखेको हो ।
पूर्वाञ्चललाई सुन्दरहरैचामा रहेको सिद्धार्थ स्कुलले १ स्वर्ण, २ रजक पदकसहित ११ अंक ल्याएर पछ्याइरहेको छ । विराटनगरको एभरेष्ट स्कुलले १ स्वर्ण र दुई कास्य पदक ९ अंक सहित तेस्रो स्थानमा रहेको छ । यसैगरी रतुवामाइको मुनाल आर्दश, विराटनगरको मदरटेरेसा र ग्रामथान सारदा स्कुलले समान ८–८ अंक ल्याएर चौथो स्थानमा रहेका छन् । शनिबार भएको हाइजम छात्रातर्फ पूर्वाञ्चल एकेडमीकी सितल मगरले स्वर्ण पदक जितेकी छिन् । यसैगरी रंगेलीको मिनील्याण्ड स्कुलकी जिसिका विष्टले रजत पदक र विराटनगर एभरेष्ट स्कुलकी प्रिन्सि बर्माले कास्य पदक जितेकी छिन् । यसैगरी हाइजम छात्रतर्फ ग्रामथानको सारदा स्कुलका भिम ऋषिदेवले स्वर्ण पदक जितेका छन् । पूर्वाञ्चल एकाडेमीका संगम बोहोराले रजक पदक र जनक मेमोरियल स्कुलका प्रभास चौधरीले रजक पदक जितेका छन् ।
फुटबलमा चार स्कुल फाइनलमा प्याब्सन स्पोर्ट्स मिट अन्तर्गत प्याब्सन प्रेसिडेन्ट कप फुटबल प्रतियोगितामा चार स्कुल फाइनलमा पुगेका छन् । मोरङको रंगेलीमा रहेको सनरे बोर्डिङ स्कुल, सिद्धार्थ स्कुल, हरैचा मोडल स्कुल फाइनलमा पुगेको हो । सनरे र सिद्धार्थ स्कुल जुनियरतर्फबाट र हरैचा मोडल स्कुल सिनियर तर्फबाट फाइनलमा पुगेको हो ।
जुनियरतर्फ विराटनगर जुटमिलको खेदमैदानमा शनिबार भएको पहिलो समेफिाइनल खेलमा ग्रामथान गाउँपालिकाको जनक मेमोरियल स्कुललाई २–० गोलले हराउँदै सनरे स्कुल फाइनलमा पुगेको हो । जितको लागि सनरेको तर्फबाट अनोज खवास र जिवन यादवले १ –१ गोल गरे । म्यान अफ द म्याच सनरेका अनोज खवास घोषित भए । सोही दिन भएको दोस्रो जुनियरतर्फको खेलमा विराटनगरको डिएसपी स्कुललाई टाइब्रेकरमा ५–४ गोलले हराउँदै सिद्धार्थ स्कुल फाइनलमा पुगेको हो । निर्धातिर समयसम्म गोलरहित खेल बराबारी भएपछि जितको छिनोफानो टाइब्रेकरबाट भएको हो । यसैगरी सिनियरतर्फ भएको पहिलो सेमिफाइनल खेलमा पथरीको भूपु सैनिक स्कुललाई २–० गोलले हराउँदै हरैचा मोडल स्कुल फाइलनमा पुगेको छ । हरैचा मोडलको तर्फबाट एलेन श्रेष्ठ र आकाश गिरीले १ –१ गोल गरे । म्यान अफ द म्याच हरैचा मोडलका एलेन श्रेष्ठ घोषित भए ।
बास्केटबलमा एभरेष्ट र बिकेभिएम फाइनलमा बास्केटबल प्रतियोगितामा विराटनगरको एभरेष्ट स्कुल र बिकेभिएम स्कुल फाइनलमा पुगेको छ । एभरेष्ट स्कुलको खेल मैदानमा भएको शनिबार भएको पहिलो सेमिफाइनल खेलमा एभरेष्ट स्कुलले सगरमाथा स्कुललाई ४१–३९ सेटले हराउँदै एभरेष्ट फाइनलमा पुगेको हो । प्रतियोगिताको म्यान अफ द म्याच उत्सव कार्की घोषित भए । दोस्रो सेमिफाइनल खेलमा बिकेभिएम स्कुलले सेन्टजोसेफ स्कुललाई ८७–१५ सेटले हराउँदै बिकेभिएम स्कुल फाइनलमा पुगेको छ । खेलको म्यान अफ द म्याच सन्तोष साह घोषित भए । बास्केटबलको उपाधिको लागि आइतबार एभरेष्ट र बिकेभिम भिड्नेछ ।
भलिबलमा ६ स्कुल फाइनलमा भलिबल प्रतियोगितामा सिनीयर र जुनियर गरि ६ वटा स्कुल फाइनलमा पुगेको छ । सिनियर प्लस टु छात्रतर्फ विराटनगरको कान्तिपुर र सुन्दरहरैचाको सिद्धार्थ स्कुल फाइनलमा पुगेको छ । प्लस टु छात्रातर्फ कान्तिपुर र पथरीको एभरेष्ट स्कुल भलिबलको फाइनलमा पुगेको हो । कान्तिपुरले ब्राइट फियूचर स्कुललाई पराजित गरी फाइनलमा पुगेको हो । एभरेष्टले सिद्धार्थ स्कुललाई पराजित गरी एभरेष्ट फाइलनमा पुगेको हो । जुनियर कक्षा १० सम्म भएको भलिबल छात्रातर्फ बुढीगंगाको मोरङ पब्लिक र इन्द्रपुर नमूना स्कुल फाइनलमा पुगेको छ । मोरङ पब्लिकले ग्रामथानको सारदा स्कुललाई पराजित गर्यो । इन्द्रपुर नमूनाले राष्ट्र निर्माण स्कुललाई हरायो ।
टेबल टेनिसमा चार स्कुल फाइनलमा टेबल टेनिस प्रतियोगितामा चार स्कुल फाइनलमा पुगेको छ । विराटनगरको बिकेभिएम, सगरमाथा, लिलिपुट र बुढानिलकण्ठ स्कुल फाइलनमा पुगेको हो । उच्च मावितर्फ छात्र सिंगल इभेन्टतर्फ बिकेभिएमका यथार्थ आचार्यले सगरमाथाका रजत रमन दवाडीलाई ११–५,७–११,११–६,१२–० सेटले पराजित गरी बिकेभिएम स्कुल फाइलनमा पुगेको हो । दोस्रो सेमिफाइनलमा सगरमाथाका उज्ज्वल तामाङले एभरेष्टका अनुज माझीलाइ ११–५,११–७,७–११,११–८ सोटले पराजित गर्यो । माध्यमिक बिध्यालयस्तरको जुनियर ब्वाइज सिङल्सतर्फ लिलिपुटका श्रीजल प्याकुरेलले एभरेष्टका सुशान्त मेहतालाइ ९–११,८–११,११–८,११–९,१२–१० को सेटले हरायो । त्यसैगरी दोस्रो सेमिफाइनलमा बुढानिलकण्ठका रुपेश श्रेष्ठले लिलिपुटका पृथक राज राइलाइ ११–६,११–८,७–११,१०–१२,११–८ सेटले पराजित गर्यो । आइतबार टेबलटेनिसको फाइलन खेलहरु हुने टेबल टेनिस खेल संयोजक मणि भट्टराईले जानकारी दिए ।
सृजना र सितल सर्वाधिक पदक जित्ने खेलाडी जारी प्याब्सन स्पोर्ट्स मिटमा सर्वाधिक पदक जित्ने खेलाडी मोरङको सुन्दरहरैचामा रहेको पूर्वाञ्चल एकाडेमीकी सृजना वि.क. र सीतल मगर भएकी छिन् । दोस्रो दिन शनिबारसम्म सृजना र सितलले दुई विधामा समान २–२ स्वर्ण पदक जितेकी छिन् । सृजनाले लङजम र ८ सय मिटर छात्रातर्फको दौडमा स्वर्ण पदक जितेकी छिन् । हाइजम छात्रा र ज्याबलिङ थ्रो छात्रार्फ पूर्वाञ्चल एकेडमीकै सितल मगरले स्वर्ण पदक जितेकी छिन् । शनिबारसम्म उनीहरुले समान २–२ स्वर्ण पदक जित्दै शनिबारसम्म सर्वाधिक स्वर्ण जित्ने खेलाडी भएकी छिन् ।
सुर्खेत, १४ जेठ-सुर्खेतमा भारतको गुजरातबाट आएका १ युवकको मृत्यु भएको छ । ५ दिनअघि गुजरातबाट हिँडेका उनी यात्राकै क्रममा विरामी भएपछि उपचारका लागि कर्णाली प्रदेश अस्पताल भर्ना गरिएको र मंगलबार राती मृत्यु भएको प्रदेश अस्पताल...
विराटनगर । मोरङको कटहरी गाउपालिकाले जिल्ला ट्रफिक कार्यालय मोरङलाई आज एकथान व्रेथलाइजर मेशिन हस्तान्तरण गरेको छ । मादक पर्दाथ सेवन मापसे चेकजाचमा प्रयोग हुने व्रथलाइजर मेशिन पालिकाले हस्तान्तरण गरेको हो ।गाउपालिकामा एक कार्यक्रमको आयोजना गरि...
विराटनगर । काेशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०-०८१ काे लागि अध्यादेशबाट ल्याएकाे बजेट सार्वजनिक भईरहेकाे छ । बजेट सार्वजनिक गर्ने कार्यक्रममा विपक्षी दल काङ्ग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जसपाले बहिष्कार गरेका छन्...
माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबलको उपाधिका लागि नेपालले आज चिरप्रतिद्वन्द्वी भारतसँग प्रतिस्पर्धा गर्दैछ । मालेस्थित राष्ट्रिय रंगशालामा हुने नेपाल र भारतबीचको उपाधि भिडन्त नेपाली समयअनुसार राति ८ बजेर ४५ मिनेटमा सुरु हुनेछ । आज दुवै...
विराटनगर । ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिला उदयपुरले एकै दिन विभिन्न अपराध गरी फरार १३ जना प्रतिवादीहरु पक्राउ गरेको छ । प्रहरीले ‘फरार पक्राउ’ अभियान सुरु गरि विभिन्न अपराध गरी फरार भएका प्रतिवादीहरु धमाधम पक्राउ...
विराटनगर । मोरङ प्रहरीले ठुलो परिमाणको गाँजा बरामद गरेको छ । भारत तस्करी हुन लागेको ठूलो परिमाणमा गाजा प्रहरीले आज बरामद गरेको हो । भारततर्फ तस्करी हुन लागेको ४२२ केजी गाँजा मोरङ प्रहरीले जहदा गाउँपालिका...
विराटनगर । विराटनगर – ८ विराटेश्वर आश्रममा नेपाल औषधी व्यवसायी संघ मोरङ (एनसिडिए) का अध्यक्ष देशबन्धु ढकालले सहयोग गरेका छन् ।माता तीर्थ औसीको अवसर पारेर बुधबार आश्रममा रहेका आमाहरुलाई औषधी व्यवसायी ढकालले दैनिक प्रयोग हुने...
एजेन्सी, ७ भदौ-गत २४ घण्टामा भारतमा ७० हजार कोरोना भाइरस (कोभिड-१९) का संक्रमित थपिएका छन् । शनिबार त्यहाँ अहिलेसम्मककै बढी ७० हजार नयाँ संक्रमित थपिएका हुन् । योसँगै भारतमा संक्रमितको संख्या ३० लाख ४३ हजार...