प्याब्सन स्पोर्ट्स मिट : पहिलो दिन पूर्वाञ्चल एकाडेमीको अग्रता

 न्यूज विराट
प्याब्सन स्पोर्ट्स मिट : पहिलो दिन पूर्वाञ्चल एकाडेमीको अग्रता

विराटनगर । १३ औं संस्करणको प्याब्सन स्पोर्ट्स मिट सुरू भएको छ । नजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल मोरङको आयोजनामा विराटनगरमा शुक्रबारदेखि औपचारिक रुपमा प्याब्सन स्र्पोटस मिट सुरु भएको हो ।

उक्त स्पोर्ट्स मिटको उद्घाटन कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले गरे ।
पहिलो दिनको खेलमा मोरङको सुन्दरहरैचा नगरपालिका – ६ दुलारीमा रहेको पूर्वाञ्चल एकेडेमीले अग्रता लिएको छ । पूर्वाञ्चलले शुक्रबार दुई स्वर्ण जित्दै १० अंकसहित सुरूवाती अग्रता लिएको हो । सुन्दरहैचामा रहेको सिद्धार्थ स्कुलले एक स्वर्ण र एक रजक पदकसहित ८ अंक ल्याएर पछ्याएको छ । विराटनगरको एभरेष्ट स्कुलले एक स्वर्ण र एक कास्य पदकसहित ७ अंक ल्याएको छ ।

सहिद मैदानमा भएको लङजम छात्रातर्फ पूर्वाञ्चल एकाडेमीकी सृजना वि.क.ले स्वर्ण पदक जितेकी छिन् । त्यसैगरी सिद्धार्थ सेकेण्डरीकी मोनिका मास्के रजक र कास्य पदक विराटनगरकी मदर टेरेसा स्कुललकी पूजा यादव भाइन् । यसैगरी लङजम छात्रतर्फ सिद्धार्थ स्कुलका सुवोद चौधरीले स्वर्ण पदक जितेका छन् । विराटनगरको मदर टेरेसा स्कुलका सुरज साहले रजत र कास्य पदक एभरेष्ट स्कुलका अपर्ण कार्कीले जितेका छन् ।

यसैगरी ज्याबलिङ थ्रो छात्रातर्फ भएको प्रतियोगितामा पूर्वाञ्चल एकाडेमी स्कुलकी कक्षा सातमा अध्ययरत सीतल मगरले स्वर्ण पदक जितिन् । त्यसैगरी रजत पदक रतुवामाइमा रहेको मुनाल आर्दश स्कुलकी छात्रा अमिसा ताजपुरिया जितेकी छिन् । कास्य पदक हरैचा मोडलकी जयश्री माझीले जितेकी छिन् ।
त्यसैगरी सटपुट छात्रतर्फको विराटनगरको एभरेष्ट स्कुलका सुशान्त श्रेष्ठले स्वर्ण पदक जितेका छन् । उर्लाबारीको सुनगाभा स्कुलका सुदिप श्रेष्ठले रजक पदक र कास्य पदक जनक मेमोरियल स्कुलका जनक तामाङ्गले जितेका छन् ।
माघ २६ देखि २८ गतेसम्म संचालन हुने प्याब्सन स्पोर्ट्स मिटमा एक दर्जन बढी खेलहरु रहेको प्याब्सन मोरङका अध्यक्ष प्रेमलालसिंह सुवालले जानकारी दिनुभयो । स्पोर्ट्स मिटमा जिल्लाभरीका २१० वटा प्याब्सनमा आवद्ध सदस्य विद्यालयबाट ३ हजार बढी विद्यार्थीहरूले एक दर्जन बढी प्रतियोगितामा भाग लिएका छन् ।

बास्केटबलमा एभरेष्ट र बिकेभिएम सेमिमा
प्याब्सन स्पोर्ट्स मिट अन्तर्गत शुक्रबार भएको बास्केटबलमा विराटनगरको एभरेष्ट र बिकेभिएम स्कुल विजयी भइ सेमिफाइलनमा पुगेको छ ।
विराटनगरको एभरेष्टका खेलमैदानमा भएको प्रतियोगिताको पहिलो खेलमा एभरेष्टले सुन्दरहरैचना नगरपालिकामा रहेको ब्राइट फ्यिुचर स्कुललाई ४७–१३ सेटले हराउँदै एभरेष्ट सेमिफाइनलमा पुगेको छ । खेलको म्यान अफ द म्याच एभरेष्ट स्कुलका शिव साह घोषित भए ।
सोही दिन भएको दोस्रो खेलमा बिकेभिएम स्कुलले रतुवामाइ नगरपालिकामा रहेको राष्ट्रनिमार्ण स्कुललाई ८५–१३ सेटलले हराउँदै बिकेभिएम सेमिफाइनलमा पुगेको छ । खेलको म्यान अफ द म्याच बिकेभिएमका सुवास कुमार गाइन घोषित भए ।
शनिबारको पहिलो सेमिफाइनल खेल एभरेष्ट र सगरमाथा स्कुल बिच हुनेछ । सोह दिन हुने दोस्रो सेमिफाइनल खेल बिकेभिएम र सेन्टजोसेफ स्कुलबिच हुनेछ ।

टेबल टेनिसमा सगरमाथा र बिकेभिएम फाइनलमा
प्याब्सन स्पोर्ट्स मिट अन्तर्गतको टेबल टेनिस प्रतियोगीताको उच्च मावि तर्फ ब्वाइज टीम इभेन्टमा सगरमाथा र बिकेभिएम स्कुल फाइनल पुगेको छ ।
पहिलो सेमिफाइनलमा सगरमाथाले ब्राइट फ्युचरलाइ ३–० स्कोरले पराजित गर्दै सगरमाथा फाइनलमा पुगेको हो ।
दोस्रो सेमिफाइनलमा बिकेभिएमले एभरेष्ट बिराटनगरलाइ ३–१ स्कोरले पराजित गर्दै फाइनल प्रवेश गरेको छ ।
त्यसैगरि छात्रा टीम इभेन्टतर्फ सगरमाथा उच्च मावि प्रथम भएको छ । ब्राइट फ्युचरलाइ ३–० स्कोरले पराजित गर्दै सगरमाथा टीम च्याम्पियन बन्न सफल भएको हो । त्यसैगरि उच्च मावि तर्फको छात्रा सिङगलतर्फ सगरमाथाकी निकिता तामाङले ब्राइट फ्युचरकी निक्की महतोलाइ ३–० सेट स्कोरले पराजित गर्दै फाइनल प्रवेश गरेकी छन् । अर्को सेमिफाइनलमा सगरमाथाकै रुबी मेहताले एभरेष्टकी प्रशिद्धी अधिकारीलाइ ३–० सेट स्कोरले पराजित गर्दै फाइनल प्रवेश गरेकी छिन् । उच्च मावितर्फको छात्र सिङगलतर्फ बिकेभिएमका यथार्थ आचार्य र सगरमाथाका रजत रमन दवाडी सेमिफाइनल प्रवेश गरेका छन् । जुनियर छात्र सिङगलतर्फ बुढानिलकण्ठका रुपेश श्रेष्ठ र लिलिपुटका पृथक राज राई सेमिफाइनल प्रवेश गरे भने एभरेष्टका सुशान्त मेहता, बुढानिलकण्ठका आदर्श राजबंशी,सगरमाथाका सुदिप दुलाल, लिलिपुटका श्रीजल प्याकुरेल क्वार्टर फाइनल प्रवेश गरे ।

फुटबलमा चार स्कुल सेमिमा
प्याब्सन स्पोर्ट्स मिट अन्तर्गत प्याब्सन प्रेसिडेन्ट कप फुटबल प्रतियोगितामा चार वटा स्कुल सेमिफाइनलमा पुगेको छ । विराटनगर जुट मिलको खेल मैदानमा भएको खेलमा शिक्षा सन्देश, सनरे, जनक मेमोरियल र भूपु सैनिक स्कुलल विजयी भइ सेमिफाइनलमा पुगेको हो ।
पहिलो खेलमा बाल्मिकी स्कुललाई १–० गोलले हराउँदै सनरे स्कुल विजयी भएको छ । सनरेका जिवन यादवले निर्णाय गोल गरे । दोस्रो खेलमा विद्या ज्योती स्कुललाई ४–१ गोलले हराउँदै जनक स्कुल सेमिमा पुगेको छ । जनकको तर्फबाट योगेश चौधरी, अनिष माझी, बिनोद सरदारले गोल गरे । विद्या ज्योतीका युनिक राईले सान्तवना गोल फर्काए ।
तेस्रो खेलमा ब्राइट फियुचरलाई २–० गोलले हराउँदै शिक्षा सन्देश सेमिमा पुगेको छ । शिक्षा सन्देशका सन्देश दास र आषिस मगरले गोल गरे ।
चौथो खेलमा पथरीको भूपु सैनकि स्कुलले बेलबारीको सिंहदेवी स्कुलले १–० गोलले भूपु सैनकि सेमिमा पुगेको छ । गोल गर्ने भूपु सैनिकका सन्जोग रसाइीले निर्णायक गोल गरे ।

भलीबलमा १२ स्कुल विजय
प्याब्सन स्पोर्ट्स मिट अन्र्गत छात्र–छात्रा भलिबल प्रतियोगितामा १२ वटा स्कुल विजयी भएको छ । पहिलो दिन भएको कक्षा ११ र १२ छात्रातर्फ पथरीको एभरेष्ट, सुन्दरहरैचाको सिद्धार्थ बिजय भएको छ । यसैगरी कक्षा ११ र १२ छात्रातर्फ पथरीको एभरेष्ट , विराटनगरको कान्तिपुर, सुन्दरहरैचाका ब्राइट फियुचर विजयी भएको छ ।
यसैगरी कक्षा १० सम्म छात्रमा रंगेलीको सनरे, विराटनगरको मोर्डन एरा, बुढीगंगाको यूनिक, बेलबारीको माउन्ट एभरेष्ट, ग्रामथानको जनक मेमोरियल, उर्लाबारीको पशुपति विजयी भएको छ । यसैगरी कक्षा १० सम्म छात्रातर्फ इन्द्रपुरको नमूना विजयी भएको छ ।

सम्बन्धित समाचार

मोरङमा ४४ सहित प्रदेश १ मा शुक्रबार ८९ जना संक्रमित थपिए, ६९ जना डिस्चार्ज

विराटनगर, ५ भदौ-प्रदेश १ मा शुक्रबार ८९ जना कोरोना संक्रमित थपिएका छन् । थपिएका मध्ये ३८ महिला र ५१ जना पुरुष छन् । मोरङमा ४४, सुनसरीमा २९, झापामा ७, इलाममा ४, पाँचथर र उदयपुरमा १÷१...

एमालेको स्थायी कमिटी बैठक जारी

नेकपा (एमाले) को स्थायी कमिटीको बैठक जारी छ । ललितपुरको ग्वार्कोस्थित तुलसीलाल प्रतिष्ठानमा बैठक बसीरहेको छ । यसअघि शुक्रबार पनि सोही स्थानमा एमाले स्थायी कमिटीको बैठक बसेको थियो । उक्त बैठकले पार्टी एकताका लागि गठित कार्यदलले...

चक्कु देखाएर इटहरीमा दिनदहाडै २ लाख लुटपाट गर्ने सात जना पक्राउ

विराटनगर । सुनसरीको इटहरीमा चक्कु देखाएर दिनदहाडै दुई लाख रुपैयाँ लुटपाट गर्ने सात जनालाई प्रहरीले पक्राउ गरेको छ । इलका प्रहरी कार्यालय इटहरीले उनीहरुलाई इटहरी उपमहानगरपालिका ४ ट्याङग्रा खोला नजिकबाट पक्राउ गरेको हो ।पक्राउ पर्नेहरुमा...

सौगात सहकारीको १४ औं साधरणसभा सम्पन्न

विराटनगर । विराटनगर १३ मा रहेको सौगात बचत तथा ऋण सहकारी संस्था लि. को १४ औं वार्षिक साधरणसभा सम्पन्न भएको छ । शनिबार एक कार्यक्रम आयोजना गरी वार्षिक साधरण सभा सम्पन्न भएको हो । सहकारीमा...

सहमतिविना प्रधानमन्त्रीको राजीनामा आउँदैन : रायमाझी

अर्घाखाँची, २३ साउन-नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का नेता टोपबहादुर रायमाझीले सहमतिविना प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिन नहुने बताएका छन् । प्रेस सङ्गठन नेपालले आज सदरमुकाम सन्धिखर्कमा गरेको पत्रकार सम्मेलनमा उनले आलोपालो प्रधानमन्त्री बन्ने पार्टी एकताताकाको सहमति...

पशुपति गौशाला भत्काउन दिदैनौं : शंकरचार्य हेमानन्त गिरी

विराटनगर । प्रथम महिला जगतगुरु शंकराचार्य हेमानन्त गिरीले पशुपतिस्थित गौशाला र धर्मशाला भत्काउन नदिने बताएकी छिन् । पशुपति क्षेत्र विकास कोषले गौशाला र धर्मशाला भत्काउने प्रयास गरे देशभरीका इन्दुधर्मलम्बीहरू आन्दोलनमा उत्रिने उनले विराटनगरमा पत्रकार सम्मेलन...

देउवालाई पौडेल समूहको लिखित असहमति

काठमाडाैं, १५ साउन-कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले पार्टी विभागमा भइरहेका मनोनयनलगायत असहमतिका ५ वटा विषयलाई सभापति शेरबहादुर देउवाले बेवास्ता गरेको भन्दै पत्रकार सम्मेलनमार्फत् धारणा सार्वजनिक गर्ने भएको छ । दिउँसो ३ बजे सानेपास्थित पार्टी...

सीमा विवाद टुंग्याउन नेपाल-भारत संयुक्त आयोगको बैठक सकारात्मक : परराष्ट्रमन्त्री

नेपाल-भारत संयुक्त आयोगको छैठौँ बैठकमा सन् १९५० को सन्धिको पुनरावलोकन गर्ने र सीमा विवाद टुंग्याउने विषयमा भारतसँग सकारात्मक संवाद भएको छ । भारत भ्रमणबाट फर्किएपछि विमानस्थलमा सञचारकर्मीहरूसँग कुरा गर्दै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सीमा विवाद टुंगो लगाउन गहन...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्