विराटनगरको कन्चनबारीमा दुर्घटना, टिपर चालकसहित पाँच घाइते

 न्यूज विराट
विराटनगरको कन्चनबारीमा दुर्घटना, टिपर चालकसहित पाँच घाइते

विराटनगर । विराटनगर – ४ कन्चनबारीमा सवारी दुर्घटनामा परी टिपर चालकसहित पाँच जना घाइते भएका छन् ।
विराटनगरबाट इटहरी तर्फ जाँदै गरेको ना. ३ ख ६६६४ नम्बरको मिनी ट्रकले सोही दिशातर्फ गइरहेको टिफरलाई ठक्कर दिदा टिपर चालकसहित मिनी ट्रकमा सवार पाँच जना घाइते भएका हुन् ।

मिनी ट्रकमा सवार विराटनगर १८ बस्ने वर्ष २३ का सोनु मण्डल, ५० वर्षीया प्रभानन्द यादव, विराटनगर १४ बस्ने वर्ष ४० विनोद प्रसाद यादव, धनपालथा गाउँपालिका ७ बस्ने वर्ष २० का अमन मण्डल, वर्ष १८ का लालु मण्डल र टिफर चालक सुन्दरहरैचार ४ बस्ने वर्ष ४० का श्रीराम चौधरी घाइते भएको मोरङ ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक सुमन न्यौपानेले जानकारी दिए ।

टिफर चालकसहित तीन जना सामान्य घाइते रहेका छन् भने दुई जना गम्भिर रहेको प्रहरीले जनाएको छ । उनीहरुको उपचार विराटनगरस्थित नोबेल मेडिकल कलेजमा उपचार भइरहेकोछ ।
ना ३ ख ६६६४ नम्बर ट्रक चालक विराटनगर १८ बस्ने वर्ष ३० का सुरेश मण्डल फरार रहेका छन् । उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

विद्युत् आपूर्तिको दीर्घकालीन समाधान खोज्न अदालतको आदेश

उच्च अदालत सुर्खेतले अनियमित विद्युत् आपूर्तिको दीर्घकालीन समाधानका लागि अध्ययन समिति गठन गर्न आदेश दिएको छ । वीरेन्द्रनगर नगरपालिका–४ का २१ वर्षीया आज्ञा भट्टले नेपाल विद्युत् प्राधिकरणविरुद्ध परमादेश माग गर्दै दायर गरेको रिटमा बिहीबार सुनुवाइ...

रोटरी क्लब अफ विराटनगर डाउनटाउनले रोप्यो २ सय ड्रागनफुडका विरुवा

विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले ड्रागनफुडका विरुवा रोपेको छ । क्लबले मोरङको जहदा गाउँपालिका–३ को विभिन्न स्थानमा ड्रागनफुडका विरुवा रोपेको हो । स्थानीय बाबुराम राजवंशी, कुलबहादुर गुरुङ र राजकिशोर भगतको खेतमा दुई सय...

विराटनगरको शैक्षिक शान : मेरिल्याण्ड कलेज

विराटनगर । भनिन्छ अबको युग व्यवस्थापनको हो । व्यवस्थापन विज्ञान मात्रै होइन कला पनि हो भनेर वेत्ताहरुले भन्दै आएका छन् ।यही व्यवस्थापकीय विज्ञान र कला अनि यसका आधारभूत ज्ञान विद्यार्थीमा सञ्चारित गराउँदै आएको एक अब्बल...

नेपाल कोरोना भाइरसको अति उच्च जोखिमबाट एक तह तल झर्‍यो

काठमडौं, १३ वैशाख-नेपाल कोरोना भाइरसको अति उच्च जोखिमबाट एक तह तल झरेको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले कोभिड–१९ को रोकथाम तथा नियन्त्रणमा खेलेको भूमिकाको कारणले गर्दा केही दिनअघि मात्र नेपाललाई अति उच्च जोखिमबाट उच्च...

आगो ताप्ने क्रममा जलेर विराटनगरमा एक जना वृद्धाको मृत्यु

विराटनगर । विराटनगर – १० लालिगुरास चौकमा आगोमा जलेर एक जना वृद्धाको मृत्यु भएको छ । ८० वर्षीया देवी यादवको आगो ताप्ने क्रममा जलेर आज विहान साढे ७ बजे मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी...

प्रदेश १ मा अहिले सम्ममा २१ प्रतिशत धान रोपाइँ

विराटनगर, १५ असार-मनसुनको सक्रियतासँगै प्रदेश नं १ मा अहिले सम्ममा २१ प्रतिशत धान रोपाइँ भएको कृषि निर्देशनालय विराटनगरले जनाएको छ । यस प्रदेशमा अहिलेसम्म ३७ प्रतिशत मात्र सिँचाइ सुविधा पुगेको छ । सिँचाइ सुविधा नभएका...

कञ्चनपुर र कैलालीमा थरुहट बन्दको आंशिक प्रभाव

धनगढी, फागुन २०–सरकारसँग १४ बुँदे माग राख्दै आन्दोलनरत थरुहट र थारुवान राष्ट्रिय मोर्चाले सरकारलाई दबाब दिन आज र भोली कञ्चनपुर र कैलाली सहित तराईका जिल्लामा आमहड्तालको घोषणा गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र...

आयुर्वेद स्वास्थ्यकर्मीद्धारा होलीमा शुभकामना आदनप्रदान कार्यक्रम

विराटनगर । नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाज कोशी प्रदेशले होली पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ । समाजले विराटनगरमा एक कार्यक्रम आयोजना गरी शुभकामना आदान प्रदान गरेको हो । सोही अवसरमा क्यालेन्डर विमोचन पनि...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्