प्याब्सन प्रेसिडेन्ट कप : मोरङका ८ स्कुल क्वाटरफाइनलमा
बिहिबार, २५ माघ, २०८०,
न्यूज विराट
विराटनगर । १३ औं संस्करणको प्याब्सन स्पोर्ट्स मिट अन्तर्गत भएको प्याब्सन प्रेसिडेन्ट कप यू– १५ फुटबल प्रतियोगितामा ८ वटा स्कुल क्वाटरफाइनलमा पुगेका छन् ।
विराटनगरको जुट मिल र डिग्री क्याम्पसको खेलमैदानमा बिहीबार भएको खेलमा विराटनगरको सेन्टजोसेफ, बेलबारीको शिक्षासदन, पथरीको ग्यालेक्सी, अन्नपूर्ण, हरैचा मोडल, बेलबारीको भुपु सैनिक, सुनगाभा र पथरीको सिंहदेवी स्कुल क्वाटरफाइनलमा पुगेको हो ।
विराटनगर जुट मिलको खेलमैदानमा भएको पहिला खेलमा ग्रामथान गाउँपालिकामा रहेको जनक मेमोरियल स्कुललाई सडन डेथमा १३–१२ गोलले हराउँदै विराटनगरको सेन्टजोसेफ स्कुल अन्तिम आठमा पुगेको छ । यसैगरी रतुवामाइको मुनाल आदर्श स्कुललाई ३–० गोलले निराश बनाउँदै बेलबारीको शिक्षा सन्देश स्कुल विजय भएको छ । शिक्षा सन्देश स्कुलका आशिष मगरले ह्याट्रिक गर्दै टिमलाई क्वाटरफाइलनमा पुर्याए । खेलको म्यान अफ द म्याच पनि आशिष भए ।
तेस्रो खेलमा विराटनगरको ग्यालेक्सी स्कुलले पथरीको एभरेष्ट स्कुलले १–० गोलले हराउँदै ग्यालेक्सी स्कुल अन्तिम आठमा पुगेको छ । जितको लागि निर्णायक गोल ग्यालेक्सीका प्रदिप तामाङ्गले गरे । उनी खेलको म्यान अफ द म्याच पनि घोषित भए ।
चौथो खेलमा उर्लाबारीको विद्या ज्योती स्कुलले पथरीको अन्नपूर्ण स्कुललाई २–० गोलले पराजित गर्यो । जितको लागि अन्नपूर्णका युगल राई र सुजल गुरुङले समान १–१ गोल गरे । खेलको म्यान अफ द म्याच अन्नपूर्णका युगल घोषित भए ।
यसैगरी डिग्री क्याम्पसको खेलमैदानमा भएको पहिलो खेलमा हरैचा मोडल स्कुलले विराटनगरको सगरमाथा स्कुलललाई १–० गोलले हरायो । जितको लागि निर्णाय गोल हरैचा मोडलका एलन श्रेष्ठले गरे । उनी म्यान अफ द म्याच पनि घोषित भए । दोस्रो खेलमा बेलबारीको भुपु सैनिक स्कुलले सुन्दर हरैचाको सिद्धार्थ स्कुललाई टाइब्रेरकमा ३–२ गोलले जित्यो । निर्धारित समयसम्म गोलरहित खेल बराबरी भएपछि जितको छिनोफानो टाइब्रेकरबाट भएको हो । तेस्रो खेलमा उर्लाबारीको सुनगाभा बोर्डिङ स्कुलले पशुपति आवसीय विद्यालयलाई टाइब्रेरकमा ४–३ गोलले निरास बनायो । निर्धारित समयसम्म गोलरहित खेल बराबरी भएपछि खेल टाइब्रेकर भएको थियो । चौथो खेलमा पथरीको सिंहदेवी स्कुलले बेलबारीको बालमिकी स्कुललाई १–० गोलले हराउँदै सिंहदेवीले जितेको छ । निर्णायक गोल सिंहदेवीका गणेश बहादुर राईले गरे । बालमिकी स्कुलका उमेश राना मगर म्यान अफ द म्याच घोषित भए ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल मोरङको आयोजनामा विराटनगरमा माघ २६ देखि २८ गतेसम्म प्याब्सन स्पोर्ट्स मिट सुरु हुँदैछ । स्पोर्ट्स मिटको औपचारिक उद्घाटन शुक्रबार विराटनगरस्थित सहिद मैदानमा हुँदैछ । उक्त प्रतियोगिताको उद्घाटन कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङ्गले गर्दैछन् । स्पोर्ट्स मिटमा जिल्लाभरीका २१० वटा प्याब्सनमा आवद्ध सदस्य विद्यालयबाट ३ हजार बढी विद्यार्थीहरूले एक दर्जन बढी प्रतियोगितामा भाग लिने अध्यक्ष प्रेमलालसिंह सुवालले जानकारी दिए । तीन दिनसम्म संचालन हुने स्पोर्ट्स मिटमा २५ भन्दा बढी एथलेटिक्स, टी–टी सिङगल इभेन्ट र कक्षा दशसम्मको प्याब्सन भलिबल कप हुनेछ ।
काठमाडौं, १९ असार-वालुवाटारमा भएको नेकपाका अध्यक्षद्वयसहितका नेताहरूबीचको वार्ता सकिएको छ । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अधयक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरूबीचको बैठक सकिएको हो । उनीहरूबीचको वार्ता...
विराटनगर । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेस संसदीय दलको नेता परिवर्तनमा आफ्नो प्रयास निरन्तर रहने बताएका छन्। विराटनगर विमानस्थलमा शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले पार्टीका साथीहरूको साथ र संख्या पुगेमा संसदीय दलको नेता...
काठमाडौं, १० भदौ-नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप ८८५ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड- १९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा...
काठमाण्डा, चैत ४–सरकारले विदेशबाट फर्किएका सबै नेपालीलाई १४ दिनसम्म घरमा छुट्टै बस्न अनिवार्य गरेको छ । कोरोनाको लक्षण १४ दिनभित्र देखिने र संक्रमित व्यक्तिमा लक्षण नदेखिइकनै उसको सम्पर्कमा रहेका व्यक्तिमा सर्ने जोखिम हुने भएकाले विदेशबाट...
भीमदत्तनगर, २७ वैशाख-भीमदत्तनगर, २७ वैशाख (रासस)ः क्वारेन्टाइनबाट निकालिएका १५० भन्दा बढी नेपाली मजदुरको व्यवस्थापन गर्न दबाबस्वरुप भारतको उत्तराखण्ड प्रदेश कंग्रेस आइका महासचिव भुवन कापरी खटिमामा आज धर्नामा बसेका छन् । उत्तराखण्डको काशीपुर र रुद्रपुरमा १४...
एजेन्सी, साउन ५ -विश्वमा कोरोना भाइरस संक्रमणको कारण ६ लाख ८ हजार ९ सय ७८ व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले सोमबार जानकारी दिएको छ । सो संगठनका अनुसार सोमबारसम्म विश्वभरिमा १ करोड ४६...
विराटनगर । निर्माण व्यवसायी संघ मोरङको अध्यक्षमा महेश कुमार मिश्र निर्विरोध निर्वाचित भएका छन् । संघको विराटनगरमा सोमबार सम्पन्न भएको १६ औं अधिवेशनबाट मिश्र अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् । अध्यक्षमा निर्विरोध निर्वाचित भएका मिश्रको...
विराटनगर, चैत २४–प्रदेश नं. १ का प्रमुख सोमनाथ अधिकारी प्यासीले अहिलेको संकटलाई पार लगाउनुको विकल्प नभएको बताएका छन् । विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाईरस (कोभिड–१९) बनावटी विषय नभएकाले सवैलाई सुरक्षित रहन उनले आग्रह गरे...