१३ औं संस्करणको प्याब्सन स्पोर्ट्स मिट हुँदै, २१० विद्यालयका ३ हजार बढी विद्यार्थीले भाग लिने
सोमबार, २२ माघ, २०८०,
न्यूज विराट
विराटनगर । १३ औं संस्करणको प्याब्सन स्पोर्ट्स मिट हुने भएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल मोरङको आयोजनामा विराटनगरमा माघ २६ देखि २८ गतेसम्म प्याब्सन स्पोर्ट्स मिट हुने भएको हो ।
प्याब्सनले विराटनगरमा आइतबार पत्रकार सम्मेलन गरी स्पोर्ट्स मिटमा जिल्लाभरीका २१० वटा प्याब्सनमा आवद्ध सदस्य विद्यालयबाट ३ हजार बढी विद्यार्थीहरूले एक दर्जन बढी प्रतियोगितामा भाग लिने अध्यक्ष प्रेमलालसिंह सुवालले जानकारी दिए । ‘प्रत्येक वर्ष हुने प्याब्सन स्पोर्ट्स मिट निजी विद्यालयहरुको कुम्भ मेला जस्तै हो,’ उनले भने, ‘मोरङ जिल्लाभरीका प्याब्सनमा आवद्ध भएका निजी विद्यालयहरुले प्रतियोगितामा भाग लिनेछन् । जसले गर्दा विद्यार्थीहरूको प्रतिभा प्रस्फुटन हुने गर्दछ ।’ तीन दिनसम्म संचालन हुने स्पोर्ट्स मिटमा २५ भन्दा बढी एथलेटिक्स, टी–टी सिङगल इभेन्ट र कक्षा दशसम्मको प्याब्सन भलिबल कप हुनेछ ।
भलिबल छात्र÷छात्रा दुवै तर्फको हुने सचिब जगत बस्नेतले जानकारी दिए । यसैगरी प्याब्सन प्रेसिडेन्ट कप यू– १५ फुटबल पनि हुनेछ । फुटबलमा पालिकाबाट विजय भएका आएकार विद्यालयले जिल्लामा भाग लिन पाउनेछन् । यसअघि स्थानीय पालिका भित्र छनौट चरणको प्याब्सन प्रेसिडेन्ट कप यू– १५ भएको छ । यसैगरी कक्षा ११ र १२ को छात्र–छात्रा भलिबल प्रतियोगिता पनि हुने भएको छ । प्रतियोगिताको एक दर्जन बढी खेलहरु सहिद मैदान, विराटनगर जुटमिलको खेलमैदान र एभरेष्ट कलेजको खेलमैदानमा हुनेछ ।
प्रतियोगिताको उद्घाटन रंगशालमा कोशी प्रदेशका प्रमखु पर्शुराम खापुङ्गले गर्नेछन् । प्रतियोगिता भव्य र सभ्य तरिकाले सम्पन्न गर्नको लागि माघ २५ गते विहान ११ बजेदेखि प्रमोसन ¥याली पनि गर्ने अध्यक्ष सुवालले बताए । प्रतियोगिता सम्पन्न गर्न करिब १५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएकोछ ।
काठमाडौं, ३१ असार-बुधबार पनि देशका केही स्थानहरूमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार बुधबार प्रदेश १, प्रदेश ५, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका १/२ स्थानमा भने...
धनगढी, ८ असार-धनगढीमा ४ दिनदेखि बेपत्ता युवक मृत अवस्थामा फेला परेका छन् । डोटीको पूर्वीचौकी गाउँपालिका घर भई हाल धनगढीमा डेरा गरी बस्ने १८ वर्षीय ठक्करबहादुर खड्का मृत फेला परेको प्रहरीले जनाएको छ । जिल्ला...
रूकुम पश्चिममा साँझ ५ बजेदेखि निषेधाज्ञा जारी गरेको छ । मंगलबार नेकपा र कांग्रेसका कार्यकर्ताबीच झडप भएर स्थिति तनावग्रस्त बनेपछि जिल्ला प्रशासन कार्यालय मुसीकोट रूकुम पश्चिमले निषेधाज्ञा जारी गरेको हो । पूर्वमा घारी खोला, पश्चिममा...
विराटनगर । रोटरी क्लबअफ विराटनगर डाउनटाउनलाई सिद्धार्थ बैंकले सहयोग गरेको छ। बैकले एक कार्यक्रमकाबिच डाउनटाउनलाई ५ लाख ५५ हजार ५ सय ५५ रूपैयाँको चेक हस्तान्तरण गरेको हो । डाउनटाउनले सिद्धार्थले उपलब्ध गराएको रकम इक्राहीमा बन्दै...
काठमाडौं, २२ साउन-सरकारले तत्काल लामो दूरीका यातायातका साधन, विद्यालय तथा हवाई उडान खोल्ने परिस्थिति नबनेको बताएको छ । मन्त्रालयको नियमति पत्रकार सम्मेलनमा सरकारले प्रवक्ता डा युवराज खतिवडाले यस्तो बतांएका हुन् । सरकारले पछिल्लो समय बढेको...
कपिलवस्तु, १ जेठ-कपिलवस्तुमा स्थानीय प्रशासनको निषेधाज्ञा तोड्दै महिला आन्दोलनमा उत्रिएका छन् । प्रहरीविरूद्ध नाराबाजी गर्दै आन्दोलित महिलाले वाणगङ्गा नगरपालिका–४ गजेहडा चौकी घेराउ गरेका छन् । वाणगङ्गा, गजेहडाका ती बालिकालाई यौन दुराचार गर्ने दुईमध्ये एक जना...
काठमाडौं, २२ साउन-संघीय संसदका प्रवक्ता रोजनाथ पाण्डेलाई कोरोना संक्रमण भएको छ । प्रवक्ता पाण्डेसहित संसद सचिवालयका ८ जना कर्मचारीमा कोरोना संक्रमण देखिएको हो । सार्वजनिक लेखा समितिका सदस्य प्रदीप यादवसहितको संसदीय अनुगमन उपसमितिको टोली दुई...
विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विद्यालय तहदेखि नै प्राविधिक र व्यावसायिक शिक्षालाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन् । विराटनगर–१७ स्थित मदरसा अशरफिया इजरुल उलूम आधारभूत विद्यालयको १६ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मेयर...