विराटले क्यान्सरविरुद्धको जनचेतना जोगाउने ‘आशा’ कार्यक्रम गर्दै, एकै दिन १५ कार्यक्रम हुने
बिहिबार, १८ माघ, २०८०,
न्यूज विराट
विराटनगर । मोरङको बुढीगंगा–२ टंकीसिनुवारीमा रहेको रेवन्त रुक्मणी मेमोरियल विराट क्यान्सर इन्स्टिच्युटले क्यान्सर विरुद्धको सचेतना मुलक कार्यक्रम गर्ने भएको छ ।
माघ २१ गते आईतबारका दिन विश्व क्यान्सर दिवसको अवसरमा १५ वटा भन्दा बढी जनचेतनामुलक ‘आशा क्लोज द केयर ग्याप’ कार्यक्रम गर्ने विराटनगरमा बिहीबार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।
उपचारको पहुँचको दुरीलाई घटाउँदै लाने संकल्प सहित रोगीको उपचार सहयोगार्थ समेत कार्यक्रम गर्न लागिएको विराट क्यान्सर इन्स्टिच्युटका सिइओ डा. निकीता कार्कीले जानकारी दिए । आम जनमानसमा क्यान्सर सम्बन्धि जनचेतना ब्यापक रुपमा फैलाउने उद्देश्यका साथ फरक तथा पृथक १५ वटा भन्दा बढी कार्यक्रम एकै थलोमा एकै दिन सम्पन्न गर्ने जनाएको छ । “आशा क्लोज द केयर ग्याप अर्थात क्यान्सरको उपचारको पहुँचको दुरीलाई बन्द गरौ” भन्ने नारा सहित कार्यक्रम गर्न लागिएको उनले बताए ।
कार्यक्रम अन्तर्गत रेवन्त–रुक्मणी मेमोरियल बिराट क्यान्सर इन्स्टिच्युटले स्कुल ¥याली, साइकल ¥याली, स्कुटर ¥याली, कार ¥याली, म्याराथन, मेडिटेसन, मास कार्डियो, क्यान्सर जित्नेहरुको सफलताको कथा, क्यान्सर रोग बिशेषज्ञहरुद्वारा जनचेतना सम्बन्धि प्रस्तुती, स्कुलका बिद्यार्थी बालबालिकाहरुद्वारा प्रतिभा प्रस्तुती, सांगीतिक कार्यक्रम जस्ता विभिन्न सचेतना मुलक कार्यक्रम हुने उनले बताए । कार्यक्रमबाट संकलन भएको रकम विराट क्यान्सर इन्स्टिच्युटमा उपचारार्थ बिरामीहरुलाइ दिने निर्णय गरेको उनले बताए । ‘क्यान्सरसँग लडिरहेका बिरामी जसले बाँचेर जीवनमा केहि गर्छु भनि सर्घष गरिरका विरामीलाई सहयोग गर्ने निर्णयका साथ अगाडी बढेको हो,’ उनले भने, ‘यस सचेता मुकल कार्यक्रमबाट संकलन भएको रकम १५ जना बढी क्यान्सरका विरामीको उपचारमा सहयोग गरिने पवित्र लक्ष्य बोकेर गर्न लागेको कार्यक्रम हो । अहिले मनकारी व्यक्ति, संघसंस्था र उद्योगहरुले साथ सहयोग पनि गर्दै आएका छन् ।’ आर्थिक विपन्न र क्यान्सको उपचार गर्न नसक्ने विरामीको सम्पूर्ण उपचार हुने बताइएको छ । अहिले एक जनाको उपचार भइरहेको उनले बताए । ‘अहिलेसम्म ६५ जनाको स्पोन्चर आएका छन् । बिहीबारसम्म ६५ लाख रुपैयाँ संकलन भइसकेको छ । यो अभियानमा धेरै मानिसहरुको साथ र सहयोग भएको छ ,’ उनले भने ।
पाँच जनामा एक जनालाई क्यान्सर लाग्ने गरेको विश्व स्वास्थ्य संगठनले गरेको रिर्सचले देखाएको छ । ‘त्यो क्यान्सर लाग्ने मध्ये एक जनाले ज्यान गुमाएका छन् । संसारमा १ करोड मानिसलाई क्यान्सर छ । अहिले गरिव मुलकहरुमा क्यान्सर बढी लागेको छ । क्यान्सरको रोकथाम र नियन्त्रणको लागि सचेतना कार्यक्रम गर्न लागिएको हो,’ डा. कार्कीले भने, ‘क्यान्सर रोग लागेपनि जित्न सकिन्छ भन्ने उद्देश्य र बुझाउन कार्यक्रम गरिएको हो ।’ कार्यक्रममा रोटरी क्लब, राउन टेबल, स्टन मोर्डसलगायतका विभिन्न संघसंस्थासँग सहकार्य गरेको छ । गायक सविन राईको पनि सांगीतिक कार्यक्रम हुनेछ । कार्यक्रमा महजोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको पनि सहभागि हुनेछ । आशा कार्यक्रमका दिन संघिय सांसद डा.शेखर कोइराला, मुख्यमन्त्री केदार कार्कीले रेवन्त–रुक्मणी मेमोरियल बिराट क्यान्सर इन्स्टिच्युट भवनको समुद्घाटन गर्ने कार्यक्रम रहेको छ । यो हस्पिटल विगत आठ महिनादेखि संचालनमा रहेको छ । औपचारिक उद्घाटन बिहीबार हुने भएको छ ।
काठमाडौं, १९ वैशाख-नेपालमा कोरोना संक्रमितको संख्या ५९ पुगेको छ । आज बाँके र रुपन्देहीमा १/१ जनामा कोरोना संक्रमण देखिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५९ पुगेको हो । रुपन्देही निवासी २५ वर्षीय पुरुष र र नेपालगंज...
विराटनगर, २७ पुस-राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता राजेन्द्र लिङदेनले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसलाई राष्ट्रव्यापी बनाउनका लागि जनस्तरबाट सरकारलाई व्यापक दबाब दिनुपर्ने आवश्यकता भएको बताएका छन् । सोमबार झापाको बिर्तामोडमा आयोजित २९९ औं पृथ्वी जयन्ती...
विराटनगर । जिल्ला स्तरीय प्याब्सन लोकनृत्य प्रतियोगिताको फाइनलमा मोरङका ३८ वटा विद्यालय पुगेका छन् । प्याब्सन मोरङले आयोजना गरेको प्रतियोगितामा जुनियरतर्फ २१ र सिनियरतर्फ १७ वटा विद्यालय फाइनलमा पुगेका हुन् । मोरङको १७ वटा स्थानीय...
विराटनगर । एभरेष्ट बैंक इटहरी शाखाबाट ३३ जना बचतर्कताहरूले जम्मा गरेको १ करोड ५० लाख २३ हजार ४३४ रुपैयाँ बैंकका कर्मचारीको मिलेमत्तोमा निकालेको पाइएको छ ।बैंकका उदयपुरका अपरेशन मेनेजर विराटनगर – ८ का ३४ वर्षीय...
विराटनगर । विराटनगर ५ स्थित एभरेष्ट सेकेण्डरी स्कूलमा जारी एभरेष्ट स्पोर्ट्स मीट सोमबार सम्पन्न भएको छ । ९ माघमा सुरू भएको स्पोर्ट्स मीट विजेता खेलाडीलाई मेडल वितरण गर्दै सम्पन्न भएको हो । कक्षा नर्सरी देखि...
विराटनगर, बैशाख १५–प्रदेश १ मा छ हजार हाराहारीमा कोरोना परीक्षण भएको छ । सोमबारसमम पाँच हजार ८ सय ९ जनाको कोरोना परीक्षण भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा अवस्थित कोरोना सूचना डेस्कले जनाएको छ । द्रूत...
विराटनगर । विराटनगर – ३ मा रहेको पोखरीया माध्यमिक विद्यालयमा कक्षा ११ मा पनि विद्यार्थीको आकर्षण बढेको छ ।कक्षा ९ सम्म अध्ययन गर्न भिड लाग्ने गरेको पोखरीया स्कुलमा उच्च शिक्षा अध्ययन गर्नको लागि पनि विद्यार्थीको...