कोशी अस्पताल कर्मचारी युनियनको अध्यक्षमा डाक्टर रोशन, कसले कति ल्याए मत ?
बुधबार, १७ माघ, २०८०,
न्यूज विराट
विराटनगर । कोशी अस्पताल विकास समिति कर्मचारी युनियन इकाइको अध्यक्षमा डाक्टर रोशन खड्का निर्वाचित भएका छन् । विराटनगरमा मंगलबार भएको इकाइको दोस्रो जिल्ला अधिवेशनबाट उमेश कुमार यादवलाई भारी मतअन्तरले हराउँदै खड्का अध्यक्षमा निर्वाचित भएका हुन् । मंगलबार राती आएको मत परिमाण अनुसार खड्काले २१८ मत ल्याएर अध्यक्षमा निर्वाचत हुँदा उनका प्रतिस्पर्धी उमेश कुमार यादवले ३५ मत मात्र पाए । उपाध्यक्षमा इन्दिरा भण्डारी १३५ मत ल्याएर निर्वाचित भइन् । उनकी प्रतिस्पर्धी रेजिना राईले ११६ मत पाइन् । सचिबमा आनन्द कुमार सरदारले १२६ मत ल्याएर निर्वाचित हुँदा उनका प्रतिस्पर्धी सुनिल कामतले १०८ मत ल्याए । सह–सचिबमा ओम प्रकाश यादवले १३८ मत ल्याएर निर्वाचित भए । उनका प्रतिस्पर्धीले पर्वत कार्कीले १०७ मत पाए । कोषाध्यक्षमा चन्दन यादवले १४३ मत ल्याएर विजय भए । उनका प्रतिस्धर्पी विष्णु प्रसाद शर्माले १०३ मत ल्याए । यसैगरी सदस्यहरूमा विधालक्ष्मी सुवेदीले १४८, डा. भुपेशमान राजभण्डारीले २०४, बावुराम गौतमलले १७०, रमेश कुरमा राजवंशीले १५४, जितनारायाण चौधरीले १५५, विजय डोमले १४०, सुवास निरौलाले १५९, सविना चौधरीले १८१, मोहन प्रसाद पौडेलले १५२, अनिल कुमार झाले १३६, चन्देश्वर साहले १५३, यशोदा तामाङले १५०, गंगा देवी कर्कीले १५६ मत ल्याएर निर्वाचित भए । कोशी अस्पताल विकास समिति कर्मचारी युनियन इकाइमा ३३० जना मतदाता आवद्ध रहेका छन् । ३३० मा २७३ मत खसेको थियो । कोशी अस्पताल विकास समितिले नियुक्त गरेको कर्मचारीहरु इकामा आवद्ध रहेका छन् ।
विराटनगर, ११ माघ । विराटनगरस्थित दशगजा क्षेत्रमा भारतले सीमा मिचेर बनाएको सुरक्षा पोष्ट हटाइएको छ । भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले अन्तराष्ट्रिय नियम विपरित सुरक्षा पोष्ट खडा गरेपछि स्थानीय प्रशासन र नेपालका सुरक्षा निकायको...
विराटनगर । व्यवस्थापन शिक्षामा अब्बल रहेको विराटनगरस्थित मेरील्याण्ड कलेजले कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरूलाई स्वागतसँगै अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ । कलेज परिसरमा बिहीबार एक भव्य कार्यक्रम आयोजना गरी भर्ना भएका कक्षा ११ का...
काठमाडौं, २२ साउन-नेपालमा कोरोना भाइरस (कोभिड-१९) बाट थप ५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मोरङ, सर्लाही, धनुषा र सप्तरीमा ५ जना संक्रमितको कोरोना संक्रमणका कारण मृत्यु भएको हो । मन्त्रालयका...
विराटनगर । कोशी प्रदेशको स्वास्थ्य मन्त्रीमा जनता समाजवादी पार्टी (जसपा) की एक्ली प्रदेश सांसद निर्मला लिम्बूले शपथ लिएकी छिन् । उनलाई प्रदेश प्रमुख प्रशुराम खापुङ्बाट पद तथा गोपनीयताको शपथ शुक्रबार गराएका हुन् । मुख्यमन्त्री उद्धव...
विराटनगर । तेली कल्याण समाज नेपालको मोरङ जिल्ला महिला कार्यसमिति गठन गरिएको छ । विराटनगरमा शनिबार भएको प्रथम महिला भेलाबाट विराटनगर ८ की अम्बिका साहलाई अध्यक्षमा चयन गरिएको हो । साहको अध्यक्षतामा १५ सदस्यिय समिति...
पोखरा, १७ जेठ-लकडाउनका कारण अर्थतन्त्र सिथिल भएको भन्दै पोखरा क्षेत्रका व्यावसायिक प्रतिष्ठानका प्रतिनिधिले समय तालिका मिलाएर सबै व्यापार/व्यवसाय खोल्नुपर्ने माग गरेका छन् । उनीहरूले प्रशासनले तोकेको समयमा सुरक्षाका सबै निर्देशन पालना गर्दै व्यवसाय गर्न तयार...
जनकपुरधाम, ९ कात्तिक-जनकपुरको प्रमुख शक्तिपीठ राजदेवी मन्दिरमा करिब ९ हजार बोकाबलि दिइएको छ । महाष्टमीको दिन शनिबार राति करिब चार घण्टामा राजदेवी मन्दिरमा ८ हजार ९ सय ६८ बोकाबली प्रदान गरिएको हो । जिल्ला प्रशासन...
विराटनगर, २२ चैत । प्रदेश १ सरकारले प्रदेश योजना आयोगको उपाध्यक्षमा पाँचथरका डा. पूर्ण लोक्सोमलाई नियुक्त गरेको छ । लोक्सोम यसअघि योजना आयोगको सदस्य थिए । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले योजना आयोगका उपाध्यक्ष र...