हिसान स्पोर्टस् मिट : उपाधीको लागि आधा दर्जन कलेज भिड्दै
आइतबार, १४ माघ, २०८०,
न्यूज विराट
विराटनगर । विराटनगरमा जारी १२ औं संस्करणको हिसान स्पोर्ट्स मिटको फाइनलमा आधा दर्जन कलेज पुगेका छन् । आइतबार भएको खेलमा शिक्षादिप, विकेभिएम, कान्तिपुर, अरनिको, सिद्धार्थ र मोडर्न एरा कलेज फाइनलमा पुगेको हो । विराटनगरको वैजनाथपुरको क्रिकेट मैदानमा भएको खेलमा कान्तिपुर र अरनिको कलेज फाइनलमा पुगेको छ । पहिलो खेलमा साविक विजेता कान्तिपुरले अर्किड कलेजलाई ३० रनले पराजित गरि फानलमा पुगेको हो । टस जितेर ब्याटिङ गरेको कान्तिपुरले निर्धारित २० ओभरमा ७ विकेट गुमाई १ सय २२ रनको योगफल दियो । निशान्त यादवले ४३ रन बनाउँदा कृतिक कामतले ४१ रन जोडे । अर्किडका सवाजुल आलम र यूवराज मगरले समान १–१ विकेट लिए । १ सय २३ रनको विजय लक्ष्य पछ्याएको अर्किडले १८ दशमलव ३ बलमा सवै विकेट ९२ रनमा सिमित भयो । साहिल शेखेले २६ रन पारी खेल्दा सम्साद आलम अविजित २१ रन जोडे । कान्तिपुरका म्यान आफ द म्याच कृतिक कामतले ३ विकेट लिँदा मनिष मण्डल, महमद समेहेल र राज वर्माले समान २–२ विकेट लिए ।
दोस्रो खेलमा अरनिको कलेजले भानु कलेजलाई १ सय १५ रनको फराकिलो अन्तरले पराजित गर्यो । टस जितेर ब्याटिङ गरेको अरनिकोले निर्धारित २० ओभरमा ३ विकेट गुमाई १ सय ६४ रनको योगफल बनाएको थियो । नुर अहमदले ६२ रन बनाउँदा सागर मोचीले ५७ रनको इनिङ खेले । भानुका सुवास राँय, राहित कामत र रोहन शर्माले १–१ विकेट लिए ।
१ सय ६५ रनको चुनौती पाएको भानुले १३ ओभरमा सवै विकेट गुमाई ४७ रनमा सिमित भयो । महमद जावेदले १४ रन जोडे । अरनिकोका अमर यादवले सर्वाधिक ६ विकेट लिए । शहिद मैदानमा भएको फुटबलमा अर्किड र कान्तिपुर कलेज सेमिफाइनलमा पुगेको छ । पहिलो खेलमा अर्किड कलेजले मोडर्न एरा स्कुललाई १–० गोलले हरायो । जितको लागि अर्किडका सागर विश्वकर्माले निर्णायक गोल गरे । म्यान अफ द म्याच मोडर्न एराका नविन माझी घोषित भए । दोस्रोे खेलमा कान्तिपुर कलेजले नेशनल एकाडमीलाई ५–० को गोल पराजित गर्यो । कान्तिपुरका म्यान अफ द म्याच विजय उराँवले २ गोल तथा युनिस मगर, आदित्य राना मगर र आयुस राईले १–१ गोल गरे । छात्र भलिबलमा मोडर्न एरा र कान्तिपुर कलेज फाइनलमा पुगेको छ । पहिलो खेलमा मडर्न एराले रेड स्टारलाई २५–२१ र २५–१६ र २५–१७ को सोझो सेटले हरायो । खेलको म्यान अफ द म्याच मोडर्न एराका पेशल राई घोषित भए । दोस्रो खेलमा कान्तिपुर कलेजले शिक्षादिप कलेजलाई २५–८ र २५–१२ को सोझो सेटले पराजित गरेको छ । खेलको म्यान अफ द म्याच कान्तिपुरका सुदिप राई घोषित भए । छात्रा भलिबलमा कान्तिपुर कलेज र अर्किड कलेज फाइनलमा पुगेको छ । पहिलो खेलमा कान्तिपुरले ज्ञालेक्सी कलेजलाई २६–२४ र २५–२५ को सोझो सेटले पराजित गरेको छ । खेलको म्यान अफ द म्याच कान्तिपुरकी तुलसा राई घोषित भइन् । दोस्रो खेलमा अर्किड कलेजले रेड स्टारलाई २५–२०, १५–२५ र २५–२३ को सोझो सेटले पराजित गरेको छ । खेलको म्यान अफ द म्याच अर्किडकी रोसिका बराइली घोषित भइन् ।
कवडीमा मोडर्न एरा, सिद्धार्थ, र शिक्षादीप कलेज सेमिफानलमा पुगेको छ । पहिलो खेलमा मोडर्न एराले कान्तिपुरलाई ३९–३५ को स्कोरले पराजित गरेको छ । खेलको म्यान अफ द म्याच मोडर्न एराका आसिष यादव घोषित भए । दोस्रो खेलमा सिद्धार्थ स्कुलले विद्या भुमी स्कुललाई ४४–२७ को स्कोरले पराजित गरेको छ । खेलको म्यान अफ द म्याच सिद्धार्थको निराजन मण्डल घोषित भए । तेस्रो खेलमा शिक्षदिप कलेजले बुुद्ध कलेजलाई ६५–४१ को स्कोरले पराजित गरेको छ । खेलको म्यान अफ द म्याच शिक्षादिपका सुवासचन्द्र यादव घोषित भए । बास्केट बलमा शिक्षादिप कलेज र विकेभिएम फाइनलमा पुगेको छ । पहिलो खेलमा शिक्षादिपले अरनिको कलेजलाई २४–१८ को स्कोरले पराजित गरेको छ । खेलको म्यान अफ द म्याच शिक्षादिपका कविस केसी घोषित भए । दोस्रो खेलमा विकेभिएमले सगरमाथा कलेजलाई ५४–३३ को स्कोरले पराजित गरेको छ । खेलको म्यान अफ द म्याच विकेभिएमका जुडानन्द यादव घोषित भए ।
विराटनगर । मोरङ र सुनसरीको खुल्ला सीमाको फाइदा उठाउँदै तस्करहरूले नेपाल आयतमा प्रतिबन्ध लगाएको ‘मागुर’ र अन्य विभिन्न प्रजातिका माछाको तस्करी बढेर गएको पाइएको छ । राज्यले करिब दुई वर्ष अगाडी प्रतिबन्ध लगाएको मागुर (मुर्गी...
सोमबार जारी भएका अध्यादेश आपत्तिजनक र खेदजनक भएको भन्दै नेपाली कांग्रेसले तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ ।विश्व कोरोना भाइरससँग लडिरहेका बेला मूल विषयभन्दा बाहिर गएर अध्यादेश आउनु खेदजनक भएको उल्लेख गर्दै कांग्रेसले फिर्ता...
सर्लाही, १८ जेठ-सर्लाहीमा नेपाल प्रवेश गर्न खोज्ने भारतीय नागरिकको समूहले सशस्त्र प्रहरी बलको टोलीलाई हुलहुज्जत गरी हतियारसमेत खोस्ने प्रयास गरेको छ । जिल्लाको विष्णु गाउँपालिका-२ पकडीस्थित दशगजा इलाका बीओपी सिमराबाट खटिएको सशस्त्र प्रहरी सहायक निरीक्षकको...
नेपालमा डान्सिङ रियालिटी शो 'डान्स मास्टर लिल चाम्स' सुरु हुने भएको छ । आइतबार एक कार्यक्रमको आयोजना गर्दै यस रियालिटी शोको औपचारिक घोषणा गरिएको हो । 'थ्रि प्रोडक्सन'ले 'नेपा प्रोडक्सन'सँगको सहकार्यमा निर्माण गर्न लागेको रियालिटी...
विराटनगर, जेठ ४–विराटनगरमा आइतबार थप ३ जनामा कोरोना संक्रमण देखिएको छ । स्वाबको नमूना परीक्षणमा विराटनगरका २९ वर्षिया महिला र ३६ वर्षिय पुरुष तथा धनकुटाकी ३४ वर्षिय महिलामा कोरोना संक्रमण देखिएको प्रदेश १ सामाजिक विकास...
काठमाडौं, ८ असोज-पछिल्लो २४ घण्टामा नेपालमा एक हजार ४ सय ९७ जनामा कोराना भाइरस (कोभिड- १९) पोजिटिभ देखिएको छ । ११ हजार ४ सय ४९ को स्वाब परीक्षण गर्दा आज देशभर एक हजार ४ सय...
काठमाडौं, ६ असार-भारत र चीनबीचको सीमा विवादलाई नेपालले शान्तिपूर्ण रूपमा समाधान गर्नका लागि दुवै देशलाई आग्रह गरेको छ । लद्दाखको गलवान घाटीमा भएको भारत-चिनियाँ सुरक्षाकर्मीबीचको झडपका क्रममा भएको २० भारतीय सैनिकको मृत्यु भएको थियो ।...
धनुषा जिल्लाका सबैभन्दा ठूलो क्रसर उद्योगका सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । धनुषाको गणेशमान चारनाथ नगरपालिका-६ स्थित रहेको कमला स्टोन क्रसर उद्योगका संचालक महादेव महतो पक्राउ परेका छन् । अनुगमन टोलीले शनिबार उक्त क्रसर उद्योगमा...