विराटनगर । मोरङको बुढीगंगा गाउँपालिकास्थित स्मृति बोर्डिङ स्कूलमा आज सम्पन्न वादविवाद प्रतियोगितामा विराटनगर– ५ स्थित एभरेष्ट मावि र सुन्दरहरैचाको साजिलाल मावी प्रथम भएका छन् ।
स्मृति इङलिस बोर्डिङ स्कुल नेमुवा बुढिगंगा मोरङको आयोजनामा सामाजिक सन्जालको प्रयोग नविनतम ज्ञानको खोजीकी समयको दुरुपयोग भन्ने शिर्षकमा पक्ष विपक्षमा वादविवाद गराईएको थियो । उक्त शिर्षकको पक्षबाट साजिलाल र विपक्षबाट एभरेष्ट प्रथम भएका हुन् ।
तेस्रो स्व चुडामणि न्यौपाने स्मृतिमा जिल्ला स्तरीय वादविवाद प्रतियोगितामा प्रथम हुने पक्षबाट साजिलाल माविकी आरती अधिकारी र बिपक्षबाट एभरेष्ट स्कुलका अभिनव वस्नेतले नगद १५– १५ हजार सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । यस्तै प्रतियोगितामा द्वितीय पक्षबाट डिएभी स्कुल विराटनगरकी सेजल मेहता र बिपक्षबाट जुपिटर सेकेन्डरी स्कुलकी प्रगती अधिकारी भए । उनीहरुले नगद १३– १३ हजार र तृतीय हुने पक्षबाट रेडस्टार माविकी सन्ध्या खड्का र बिपक्षबाट आदर्श माविका आदर्श बरालले नगद ११– ११ हजारसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरे ।
प्रत्येक वर्ष माघ ९ गते हुने यश प्रतियोगीतामा यस वर्ष मोरङ ११ पालिकाबाट ३७ विद्यालयले सहभागिता जनाएको स्मृति इङलिस बोर्डिङ स्कुलकी संस्थापक प्रिन्सिपल रिता न्यौपानेले बताइन् ।
कार्यक्रम संयोजक राजेश न्यौपानेको अध्यक्षता तथा प्रतिनिधि सभा सदस्य तथा लेखा समितिका अध्यक्ष ऋषिकेस पोख्रेलको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बुढिगंगा गाउँपालिकाका अध्यक्ष जितनारायण थापा, उपाध्यक्ष अमृता गच्छदार, मनमोहन प्राबिधिक विश्वविद्यालयका उपकुलपति डा. सुवास श्री पोख्रेल, समाजसेवी राजनितिज्ञ सत्यनारायण चौधरी स्थानीय बुद्धिजीवी, समाजसेवी, शिक्षा प्रेमी बिद्यार्थी लगायतको उपस्थिति थियो । प्रतियोगिताको निर्णायकमा प्रसिद्ध लेखक सुबिन भट्टराई, प्राध्यापक भेसजा काफ्ले र सिस्नोपानी नेपालका सचिव सरोज घिमिरे रहेका थिए ।
प्रदेश–२ का लागि संघीय सरकारले पठाएको कोरोना संक्रमण परीक्षण गर्ने पीसीआर मेसिन वीरगञ्जमा जडान गर्ने तयारी भएको छ ।यसअघि प्रादेशिक अस्पताल जनकपुरधाममा जडान हुने भनिएको सो मेसिन मुख्यमन्त्री लालबाबु राउतको दबाबमा वीरगञ्जमा जडान गर्ने तयारी...
बाँके, २८ जेठ-बाँकेको कोहलपुरस्थित शिक्षण अस्पतालमा भर्ना भएकी अछामकी कोरोना संक्रमित महिलाको शल्यक्रिया सफल भएको छ । अछामको बयलपाटा अस्पतालमा उपचार असम्भव भएपछि सोमबार हेलिकोप्टरमार्फत कोहलपुरस्थित शिक्षण अस्पतालमा ल्याएर भर्ना गरिएकी २५ वर्षीया गर्भवती महिलाको...
विराटनगर, १४ पुस-प्रतिनिधिसभा विघटन विरुद्ध नेपाल कम्युनिष्ट पार्टी (नेकप) प्रचण्ड–माधबकुमार प्रक्षले विराटनगरमा प्रदर्शन गरेको छ । प्रचण्ड–नेपाल पक्षले प्रतिनिधिसभा विघटनको विरुद्धमा शक्ति प्रदर्शन सहित विराटनगरमा अहिले जुलुस निकालेको छ । विरेन्द्र सभागृहबाट सुरु भएको जुलुस...
विराटनगर, बैशाख २६–कोभिड अस्पतालमा गत वैशाख ५ गते विरामी आएपछि उपचारमा खटिएका २५ जना स्वास्थ्यकर्मीको टोली आज डिस्चार्ज भएको छ । इष्टर्न स्टार होटेलको क्वारेन्टाईनमा रहेका स्वास्थ्यकर्मीको टोलीलाई सामाजिक विकास मन्त्री जीवन घिमिरे, मन्त्रालयका सचिव...
विराटनगर । विराटनगर–१४ स्थित डिग्री क्याम्पसको मैदानमा मंसिर २९ गतेदेखि आयोजना हुने विराट एक्स्पोमा पर्यटकीय क्षेत्रलाई विगतमाभन्दा भिन्न किसिमले प्रवद्र्धन गरिने भएको छ ।थ्रिडी भिआर प्रविधिको प्रयोग गरी आकर्षक तरिकारले प्रदेश १ का पर्यटकीय स्थलहरूको...
विराटनगर, ४ असोज–विराटनगरस्थित ओशो ध्यान आश्रमलाई एक जना दाताले रु. ५ लाख आर्थिक सहयोग गरेका छन । ओशो साधक तथा नेपाल सरकारका पूर्वकर्मचारी डुल्लुराज बस्नेत (स्वामी बितराग) ले आश्रम संचालन सहयोगको लागि अक्षयकोष खडा गर्न...
संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्चायोग (ओएचसीएचआर) ले २४ फेब्रुवरीदेखि भएको रुसी हमलामा ३ हजारभन्दा बढी सर्वसाधारणको मृत्यु भएको जनाएको छ । युद्धमा ३ हजार १ सय ५३ जनाको मृत्यु भएको ओएचसीएचआरले जनाएको छ । युद्धमा मृत्यु हुनेको...
काठमाडौं, ३० असार-नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो अभिव्यक्ति नेकपा भित्रको अन्तरद्वन्द्वका बीच कुर्ची जोगाउने अस्त्र भएको बताएका छन् । उनले सामाजिक सञ्जालमा प्रधानमन्त्री ओलीको अभिव्यक्तिबारे प्रतिक्रिया दिँदै आन्तरिक...