हिज्जे प्रतियोगिताको उपाधि मनोकामना स्कुललाई

 न्यूज विराट
हिज्जे प्रतियोगिताको उपाधि मनोकामना स्कुललाई

विराटनगर । नेशनल प्याब्सन हिज्जे प्रतियोगिताको उपाधि मनोकामना इङ्लिस बोर्डिङ स्कुलले जितेको छ । नेशनल प्याब्सन विराटनगर महानगर कमिटिले विराटनगरमा शनिबार आयोजना गरेको प्रतियोगिताको द्धितीय ग्रिनपीच एकाडेमी र तृतीय अरीहन्त इङ्लिस स्कुल भएको हो ।
विद्यार्थीहरुमा भएको प्रतिभा उजागर गर्ने उद्देश्यले आयोजना गरिएको उक्त प्रतियोगितामा विराटनगर महानगरपालिका भित्रको एन प्याब्सनमा आवद्ध भएका १३ वटा विद्यालयका ३ जनाकोदरले ३९ जना विद्यार्थीहरुले सो प्रतियोगितामा भाग लिएको नेशनल प्याब्सन विराटनगर महानगरका अध्यक्ष मो. सोहिलले जानकारी दिए ।
बिजेता हुने विद्यार्थीहरुलाई शिल्ड, मेडल र प्रमाणपत्र नेशनल प्याब्सन कोशी प्रदेशका अध्यक्ष राजन पौडेल, केन्द्रीय सचिब राजन छाराहाङ्ग, विराटनगर अध्यक्ष मो. सोहिललगायतले बितरण गरेका थिए । बिजेता भएको विद्यालयले अगामी माघ १२ गते हुने जिल्ला स्तरीय हिज्जे प्रतियोगितामा बिराटनगर नेशनल प्याब्सन बाट सहभागी हुने भएको छ ।

सम्बन्धित समाचार

शशांक कोइरालालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं, २३ भदौ-नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । उनले सामाजिक सञ्जाल ट्विटरमार्फत आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । आज गरिएको परीक्षणमा उनको नतिजा पोजिटिभ देखिएको...

नेपालमा थप २८३८ जनामा कोरोना पुष्टि, ३० जनाको मृत्यु

काठमाडौं, ६ साउन । नेपालमा थप २ हजार ८ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार ८ सय ३८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या...

तेली समाजले एक दर्जन विधामा काम गर्ने महिलालाई सम्मान गर्ने

विराटनगर । तेली कल्याण समाज मोरङ्गले महिलाहरुलाई सम्मान गर्ने भएको छ । जिल्ला कार्य समितिको केही दिन बसेको बैठकले तेली सामुदायमा विशेष योगदान पुर्याउने महिलाहरुलाई सम्मान गर्ने निर्णाय गरेको हो ।तेली समुदायको विशेष योगदान पुरÞ्याएका...

देउवा निवास अगाडि प्रमुख सचेतक कार्कीको नेतृत्वमा प्रदर्शन

विराटनगर, २८ साउन । विधि सम्मत ढंगले तोकिएकै समयमा महाधिवेशन गर्न र फर्जी क्रियाशील सदस्य खारेजीको माग गर्दे कांग्रेस सभापति शेरबहादुर देउवाको निवास अघिल्तिर युवा कांग्रेस नेता विद्यार्थीले प्रदर्शन गरेका छन् । युवाको नेतृत्व १...

सीमा नाका बन्द गर्ने निर्णय रोक्न सर्वोच्चद्वारा अस्वीकार

नेपाली नागरिकलाई समेत स्वदेश फर्कन नमिल्ने गरी सीमा नाका बन्द तथा अन्तर्राष्ट्रिय उडान रोक्ने सरकारको निर्णय कार्यान्वयन नगर्न माग गर्दै दायर रिटमा अन्तरिम आदेश जारी गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ । न्यायाधीश डम्बरबहादुर शाहीको...

नेपाल कपडा तथा सिलाइ व्यवसायी महासंघद्वारा राहत वितरण

नेपाल कपडा तथा सिलाइ व्यवसायी महासंघले काठमाडौंको बागबजार लगायतका स्थानमा रहेका २१ घरपरिवार सिलाइकर्मी मजदुरलाई खाद्यान्न राहत सामग्री वितरण गरेको छ । कोरोना भाइरस (कोभिड-१९)को महामारीको कारण निरन्तर लकडाउन हुँदै आएपछि ज्यालादारी मजदुर तथा श्रमिक...

चिया निर्यातमा दोहोरो खर्च झेल्दै बिक्रेता

इलाम, १ साउन-तयारी चिया भारत लैजानका लागि चिया बिक्रेताले यस पटक दोहोरो खर्च झेल्नु परेको छ । चिया लैजानका लागि भन्सारमा आवश्यक पर्ने ‘सिएफएल’ दुवै नाकाबाट बनाउनु पर्दा बिक्रेताले दोहोरो खर्च झेल्नुपरेको हो । बन्दाबन्दीको...

अख्तियारका २० कर्मचारीमा कोरोना सङ्क्रमण

काठमाडौं, २२ साउन-अख्तियार दुरुपयोग अनुसन्धान आयोगका २० कर्मचारीमा कोरोना भाइरस सङ्क्रमण देखिएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका मेडिकल टेक्नोलोजिस्ट धनप्रसाद पौडेलले मङ्गलबार गरिएको ८० जनाको परीक्षणमा २० जना कर्मचारीको सङ्क्रमण देखिएको जानकारी...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्