रंगेली नगरपालिकाको नवौँ नगरसभा सम्पन्न, दुई कर्मचारी सम्मानित
शुक्रबार, २७ पुष, २०८०,
न्यूज विराट
विराटनगर । रंगेली नगरपालिकाको नगरसभा सम्पन्न भएको छ । विभिन्न निर्णयहरु गर्दै शुक्रबार नवौँ नगरसभा सम्पन्न भएको हो । नगरसभामा सभाध्यक्ष एवम् मेयर दिलिप बगडीयाले राखेको प्रस्ताव सर्वसम्मत पारित भएको छ ।
नगरसभा समक्ष मेयर बगडीयाले आय/व्ययको अनुमोदन, योजना कार्यक्रम संशोधन रकमान्तर अनुमोदन, करार सेवा तथा ज्यालादारी कर्मचारीको म्याद थप, घर नक्सा अभिलेखिकरण म्याद थप, जिल्ला समन्वय समितिबाट प्राप्त हुने रकम विनियोजन गरिएको अनुमोदनसम्वन्धी प्रस्ताव राखेका थिए ।
त्यसैगरी सभाध्यक्ष बगडीयाले योजनाका लागि अपुग हुनसक्ने रकमलाई व्यवस्थापन गरिएको सोको अनुमोदन, नगर कार्यपालिकाले चालु आर्थिक वर्षमा हालसम्म गरेका निर्णयहरु अनुमोदन, योजनाको म्याद थप, पशु विमाका लागि लाग्ने सिफारिस दस्तुर मिनाह र नगर शिक्षाबाट भए गरेका काम कारवाहीको अनुमोदनका लागि नगरसभा समक्ष प्रस्ताव राखेका थिए ।
मेयर बगडीयाले राखेको सवै प्रस्तावहरु सर्वसम्मत पारित भएको छ । प्रस्तावहरु पारित हुनुअघि उनलेछलफलका लागि नगरसभा सदस्यहरुलाई समय दिएका थिए ।
सो अवसरमा नगरपालिकामा कार्यरत दुई जना कर्मचारीहरुलाई सम्मान समेत गरिएको छ । योजना अधिकृत कृष्ण भट्टराई र प्राविधिक कर्मचारी जयप्रकाश मण्डललाई मेयर बगडीया, उपमेयर भूमा पराजुली, प्रमुख प्रशासकीय अधिकृत तेजिन्द्र गौतमले दोसल्ला ओढाउँदै सम्मानपत्र प्रदान गरि भट्टराई र मण्डललाई सम्मान गरेका हुन् ।
नगरसभामा उपमेयर पराजुलीले स्वागत मन्तव्य राखेकी थिइन् । नगरसभाका सचिव समेत रहेका प्रमुख प्रशासकीय अधिकृत गौतमले नगरसभा सञ्चालन गरेका थिए ।
विराटनगर । २० किलो चाँदीसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । विराटनगरबाट अवैध रुपमा काठमाडौं लैजाँदै गरेको २० केजी चाँदीसहित सिन्धुली प्रहरीले आज विराटनगरका दुई जनालाई पक्राउ गरेको हो । ०१–०२५ च १०६९ नं...
महोत्तरी, २३ वैशाख-महोत्तरीको बर्दिवास र भङ्गाहा नगरपालिकाका बस्तीमा १२ जनाको मृत्युको कारण कोभिड–१९ नभएको पुष्टि भएको छ । ११ वैशाखदेखि आइतबारसम्म बर्दिवास-१२ र भङ्गाहा-६ र ७ मा मृत्यु भएका १२ मध्ये ३ जनाको कोभिड–१९ जाँच...
विराटनगर, १० चैत । नेपाली कांग्रेसका सभापती शेरवहादुुर देउवाले कांग्रेसलाई सरकारमा जान हतार नभएको बताएका छन् । विराटनगर विमानस्थलमा मंगलबार संचारकर्मीहरुसँग कुुरागर्दै उनले काग्रेसलाई जनताले प्रतिपक्षको म्यान्डेड दिएकाले सरकारमा जान कांग्रेसलाई हतार नरहेको बताएका हुन्...
विराटनगर । विराटनगरस्थित सेन्टर मलले नयाँ वर्षको अवसर पारेर ‘सेन्टर मल नव वर्ष २०८१ को अफरहरुको धमाका’ सहितको छुट योजना ल्याएको छ । नयाँ वर्षको अवसर पारेर शुक्रबारदेखि उक्त अफरहरुको धमाका योजना लिएर आएको हो...
काठमाडौं, जेठ १७–संविधान संशोधन विधेयक संसदमा पेस गर्न सभामुख अग्नि साप्कोटाले अनुमित दिएका छन् । सभामुखको अनुमतिलगत्तै कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङ्फेले उक्त विधेयक पेस गरेकी छन् । यसअघि बुधबारको प्रतिनिधिसभाका लागि सम्भावित...
विराटनगर, ६ असार । ७० औँ स्थापना दिवसको अवसर पारेर नेपाल स्काउट विराटनगर महानगर तदर्थ समितिले विभिन्न वडामा खाद्यान्न वितरण गरेको छ । स्थापना दिवसको अवसरमा पहिलो, दोस्रो र तेस्रो दिन विराटनगरको वडा न.१,२,३,४,५,६,७,८,९, १०...
विराटनगर । विराटनगर – ९ स्थित बिराट क्याम्पस (सोम्स) मा महिला पुनर्स्थापना केन्द्र (ओरेक) को ३४औं स्थापना दिवसको अवसरमा लैंगिकता र समाज विषयक संवाद श्रृंखलाको सुरुवात गरिएको छ।क्याम्पस प्रमुख रोशन घिमिरेको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा...
विराटनगर । विराटनगरका उद्योगी व्यवसायीहरूले औद्योगिक क्षेत्रका समस्या समाधान गर्ने र उद्योगीले नाजुक अवस्थामा पुगेको अर्थतन्त्र सुधार हुने गरी बजेट ल्याउन सुझाव दिएका छन् । अर्थ मन्त्रालय, राजश्व परामर्श समितिले विराटनगरमा बिहीबार आयोजना गरेको प्रदेशस्तरीय...