न्युरो अस्पतालको रक्तदान कार्यक्रम, ६० पिन्ट रगत संकलन
शुक्रबार, २० पुष, २०८०,
न्यूज विराट
विराटनगर । विराटनगरस्थित न्युरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी हस्पिटलले खुल्ला रक्तादन कार्यक्रम आयोजना गरेको छ । रोटरी क्लब अफ बिराटनगर मिडटाउनसँगको सहकार्यमा रतmदान कार्यक्रम शुक्रबार आयोजना गरेको हो ।
कार्यक्रममा न्युरो अस्पतालका बरिष्ठ बिशेषज्ञ प्याथोलोजिष्ट डा. सागरराज पाण्डेले रक्तदान किन, कसले र कहिले गर्ने भन्ने बिषयमा सहभागी रक्तदाताहरुलाई सचेतना गरेका थिए । त्यसै गरि न्युरो अस्पतालका अध्यक्ष डा. बिरेन्द्र कुमार विष्ट तथा रोटरी क्लब अफ बिराटनगर मिडटाउनका अध्यक्ष शशी शर्माले रक्तदाताहरुलाई उत्प्रेरित गराए ।
नेपाल रेडक्रस सोसाइटी, ब्लड बैंकको प्राविधिक सहयोगमा भएको कार्यक्रममा न्युरो अस्पतालका चिकित्सक, नर्सिगं स्टाफ , अन्य कर्मचारी तथा आम सर्वसाधारणले रक्तदान गरेको उक्त कार्यक्रममा ६० पिन्ट रगत संकलन भएको थियो । न्युरो अस्पतालमा प्रत्येक दिन दर्जनौ जटिल शल्यक्रिया लगायत गम्भिर प्रकृतीका रोगको उपचार हुने गर्दछ । जसको लागी रगतको आवश्यक्ता परिरहने हुदाँ बेला बखत बिभिन्न संघ संस्थाहरुसँगको सहकार्यमा रक्तादन कार्यक्रममा गरिदै आएको अस्पतालले जनाएको छ ।
विराटनगर, ५ मंसिर–श्रद्धा र भक्तिपूर्वक मनाइने सूर्य उपासनाको महानपर्व छठ यसपटक धेरैले घरमै र कतिपयले नहर तथा स्थानीय जलाशयहरुमा मनाएका छन् । कोरोना महामारीको जोखिमलाई ध्यानमा राख्दै ब्रतालुहरुले आज अस्ताउँदै गरेको सूर्यलाई जलापर्ण गरेका छन्...
नेपाल प्रेस युनियनले विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ को सङ्क्रमणका कारण मुलुकको सञ्चार क्षेत्र र सञ्चारकर्मीसमेत प्रभावित भएको भन्दै विशेष राहतको प्याकेज ल्याउन सरकारलाई आग्रह गरेको छ । युनियनका अध्यक्ष बद्रि सिग्देलले आज एक विज्ञप्तिमार्फत...
काठमाडौं, साउन ७ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डाक्टर बाबुराम भट्टराईले हिन्दू विरोधी अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाउनुभएको छ । हिन्दू विरोधी अभिव्यक्ति राखेको भन्दै उहाँले नेता...
विराटनगर । कोशी प्रदेश खेलकुद बिकास बोर्डको कार्यालय भवन स्थानान्तरण गरिएको छ । आज खेलकुद बिकास बोर्डको नयाँ कार्यालय भवनको विधिवत उद्घाटन गरी कार्यालय भवन स्थानान्तरण गरिएको हो । कोशी प्रदेशका सामाजिक विकास मन्त्री तथा...
विराटनगर, ६ फागुन । मोरङ ग्रामथान २ बस्ने ४५ बर्षीया रम्वादेवी महतोको एम्बुलेन्सको ठक्करबाट मृत्यु भएको छ । बुधबार दिउसो सवाँ २ बजे बुढीगंगा २ स्थित राजमार्गमा ना ७ ख २६१५ नम्बरको ट्रकले प्र १–०२–००२...
विराटनगर, ३१ साउन । कोरोना महामारिका कारण विगत दुई वर्षदेखि स्थगित विराटनगरको ऐहिाँसिक रथयात्रा यसपटक निकाल्ने तयारी गरिएको छ । विराटनगरमा यसपटक निकाल्न लागिएको एसियाकै दोस्रो ठूलो रथ यात्राको सम्पूर्ण तयारी पूरा हुँदै छ ।...
काठमाडौं, १ जेठ-स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै स्वास्थ्यकर्मीको कोभिड–१९ परीक्षण गर्ने भएको छ । स्वास्थयकर्मीले कुनै पनि बिरामीको स्वास्थ्य उपचार गर्नुपर्ने भएकाले जोखिम बढ्ने हुँदा पिसिआर विधिबाट परीक्षण गरिने भएको मन्त्रालयका विज्ञ सल्लाहकार डा खेम...
काठमाडौं, १३ असोज । नेपाल क्रिकेट संघ (क्यान) का उपाध्यक्ष राजुबाबु श्रेष्ठ र सचिव अशोकनाथ प्याकुर्यालले राजीनामा दिएका छन् । क्यानका अध्यक्ष चतुरबहादुर चन्दसँग असहमति राख्दै राजीनामा घोषणा गरेका हुन् । ‘हामीले क्यानलाई अप्ठेरो परेका...