नदीलाई विनास होइन विकासका लागि अगाडि वढाउनु पर्छ : मुख्यमन्त्री कार्की

 न्यूज विराट
नदीलाई विनास होइन विकासका लागि अगाडि वढाउनु पर्छ : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले नदीलाई विनास होइन विकासका लागि अगाडि वढाउनु अपरिहार्य रहेको बताएका छन् ।

केशलिया– वुढिखोला करिडोर निर्माणका लागि गरिएको विस्तृत अध्ययन प्रतिवेदन हस्तान्तरण कार्यक्रममा उनले यस क्षेत्र भएर वग्ने केशलिया वुढीखोला नदीको शौन्दर्यकरण एवं विकासले यस क्षेत्रका जनताको आर्थिक समृद्धि एवं रोजगारमा वृद्धि हुने बताएका हुन् ।

मुख्यमन्त्री कार्कीले करिडोर निर्माणले वर्जु गाउँपालिकामा निर्माण हुने विशेष आर्थिक क्षेत्र सेजमा सहज पहुँचले प्रदेशको आर्थिक समृद्धिमा सहयोग पुग्ने धारणा राखेका हुन् ।

उनले सरकारले समृद्धिको पाइल चाल्न जनताको पैसाको सही ठाउँमा सदुपयोग गर्ने अठोट व्यक्त्त गर्दै प्रदेशको १३७ पालिकाका जनताको जीवनस्तर उकास्नका लागि प्रतिवद्धता व्यक्त्त जनाएका हुन् ।

अध्ययन प्रतिवेदन निर्माण कर्ताद्वय महेन्द्र सुव्वा र प्रशान्त मल्लले दुहवी नगरपालिका, वुढीगंगा, बर्जु गाउँपालिका र विराटनगनगर महानगरपालिकालाई छुने उक्त परियोजनाको लागत रु एक अर्व ३२ करोड रहेको जानकारी दिएका हुन् ।
आगामी तीन वर्षमा सम्पन्न गरिने उक्त परियोजनाले दुहवीदेखि विराटनगर रानीका भारतीय सीमा क्षेत्रसम्म खोलाको दुवैतर्फ ४२ किलोमिटर बाटो निर्माण हुनुका साथै खोलामा वाँध निर्माण र शौन्दर्यकरण गरिने छ ।

मुख्यमन्त्री कार्कीलाई स्विस सहयोग नियोगको सहयोगमा निर्माण गरिएको उक्त्त प्रतिवेदन राजीव उपाध्यायले हस्तान्तरण गरेका हुन् । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका प्रदेश अध्यक्ष राजेन्द्र राउत, पूर्वाधार विकास कार्यालय मोरङका प्रमुख सुशिल श्रेष्ठ लगायतले परियोजना निर्माणले उद्योग स्थापना एवं विराटनगर विमानस्थलको धावनमार्ग विस्तारमा समेत सहयोग पुग्ने विश्वास व्यक्त्त गरेका छन् ।

कार्यक्रममा मुख्यमन्त्री कार्कीले परियोजना अन्ततर्गतको नदीमा वाँध निर्माण गर्ने आजदेखि शुरु हुने घोषणा समेत गरेका छन् ।

सम्बन्धित समाचार

राज्यले क्रिकेटमा लगानी बढाउनुपर्छ : क्यान अध्यक्ष चन्द

विराटनगर । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले ग्रामिण क्षेत्रमा क्रिकेट खेलको विकास गरेर अगाडी बढनुपर्ने बताएका छन् । विराटनगरमा मंगलबारदेखि सुरू भएको तेस्रो इक्युवालिटि कप क्रिकेट प्रतियोगिताको उद्घाटन गर्दै अध्यक्ष चन्दले यस्तो...

बुद्धोदय सहकारीको नाफा ५९ लाख ५२ हजार

विराटनगर । विराटनगर – ३ स्थित बुद्धोदय बचत तथा ऋण सहकारी सस्था लि. ले ५९ लाख भन्दा बढी नाफा कमाएको छ । सहकारीको स्थापना दिवस तथा १६ औं वार्षिक साधरण सभामा प्रतिवेदन पेश गर्दै आर्थिक...

विराटनगरमा सुर्तीजन्य पदार्थको सेवन निषेध अभियान सफल बनाउन प्रभातफेरी आयोजना

विराटनगर । विराटनगरलाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियानमा लागेको महानगरले वैशाख १ गतेदेखि सार्वजनिकस्थलहरुमा सुर्तीजन्य पदार्थको सेवनमा निषेध गरेको छ । महानगरले अभियानलाई सफल बनाउन सचेतनामूलक प्रभातफेरी निकालेको छ । महानगर परिसरबाट...

वामदेवका लागि मैदान खाली गर्न महेश बस्नेत तयार

नेकपा केन्द्रीय सदस्यसमेत रहेका सांसद महेश बस्नेतले पार्टी उपाध्यक्ष वामदेव गौतमका लागि सिट खाली गर्न तयार रहेको बताएका छन् ।गाैतमलाई प्रतिनिधिसभामा ल्याउने चर्चाका माझ भक्तपुर निर्वाचन क्षेत्र नं. २ का सांसद बस्नेतले सिट खाली गर्न...

कांग्रेस प्रदेश समिति सदस्य रहेका बुढीगंगाका शिव कोइराला बालिका बलात्कारको आरोपमा पक्राउ

विराटनगर, २ माघ । बालिकालाई बलात्कार गरेको आरोपमा नेपाली कांग्रेसका नेता पक्राउ परेका छन् । नेपाली कांग्रेस प्रदेश १ समितिका सदस्य रहेका मोरङको बुढीगंगा गाउँपालिका–२ का ५० वर्षीय शिव कोइरालालाई प्रहरीले १० वर्षीया बालिकालाई बलात्कार...

मानव सेवा आश्रमकी पार्वतीलाई सौन्दर्यकला व्यवसायीद्वारा सम्मान

विराटनगर । विराटनगरस्थित मानव सेवा आश्रममा असहाय र अशक्त ज्येष्ठ नागरिकहरुको सेवा तलिन रहेकी पार्वती तिवारीलाई सम्मान गरिएको छ । सौन्दर्य कला व्यवसायी संघ विराटनगर महानगर कमिटीले पार्वतीलाई ११५ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर...

बाजुरामा जनप्रतिनिधिकै कारण कोरोनाको जोखिम

बाजुरा, १८ वैशाख-बाजुरामा बाहिर जिल्लाबाट भित्रिने नागरिकको संख्या ह्वात्तै बढेको छ । कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि सरकारले गरेको लकडाउनको अवधिमा पनि बाजुरामा बाहिर जिल्लाबाट भित्रिने नागरिकको संख्या ह्वात्तै बढेको हो । जिल्ला स्तरीय कोभिड–१९...

१५ मेक्ट्रिक टन क्षमताको कटहरीमा कोल्ड स्टोर बन्दै, दुई महिनामा संचालनमा ल्याउने तयारी

विराटनगर । मोरङको कटहरी गाउँपालिका – १ स्थित कटहरी फलफूल तथा तरकारी थोक बजारमा १५ मेक्ट्रिक टन क्षमताको कोल्ड स्टोर निमार्ण हुने भएको छ । बनाउन सुरू गरिएको दुई महिना भित्रमा सम्पन्न गर्ने गरी कोल्ड...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्