रोटरी क्लब अफ विराटनगर डाउनटाउनले वितरण गर्यो विद्यार्थी र एकल महिलाहरुलाई न्यानो कपडा

 न्यूज विराट
रोटरी क्लब अफ विराटनगर डाउनटाउनले वितरण गर्यो विद्यार्थी र एकल महिलाहरुलाई न्यानो कपडा

विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले बढ्दो चिसोबाट बच्नका बालबालिका र एकल महिलाहरुलाई न्यानो कपडा वितरण गरेको छ । 

क्लबले एडप्ट गरेको शिव आधारभूत विद्यालयमा अध्ययनरत बालबालिकाहरुलाई स्वीटर वितरण गरेको हो । विद्यालयमा अध्ययनरत १३० जना बालबालिकाहरुलाई न्यानो कपडा (स्वीटर) वितरण गरिएको क्लबले जनाएको छ । 

त्यसैगरी बुधनगरका ४० जना एकल महिलाहरुलाई पनि स्वीटर, मोजा, साडी, टोनिक, लुगा धुने र नुहाउने साबुन वितरण गरेको गरिएको रोटरी क्लब अफ विराटनगरकी अध्यक्ष कुसुम अग्रवालले जानकारी दिइन् । कार्यक्रममा क्लबका पदाधिकारी र सदस्यहरुको उपस्थिती रहेको थियो । 

सम्बन्धित समाचार

एमसीसी यथास्थितिमै पारित भए सरकार छाड्छाैँ : नेपाल

पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले एमसीसीका कारण देशमा राजनीतिक संकट उत्पन्न हुन सक्ने बताएका छन् । बिहीबार धनगढी पुगेका अध्यक्ष नेपालले युवा संघ नेपालको प्रथम सुदूरपश्चिम प्रदेश भेलालाई सम्बोधन गर्दै...

सुर्य चिन्ह प्रधानमन्त्री ओलीलाई

काठमाडौं, फागुन २३-तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा विवादको मुख्य केन्द्रविन्दु रहेको सुर्य चिन्ह अन्तत केपी शर्मा ओलीले प्राप्त गर्नुभएको छ । सर्वोच्च अदालतले नेकपा नामको पार्टी ऋषि कट्टेललाई प्रदान गर्दै तत्कालीन नेकपा एमाले र नेकपा...

तेह्रथुममा २ जनामा कोरोना संक्रमण

विराटनगर, जेठ २२-तेह्रथुमको आठराइ गाउँपालिकाका-२ जनामा कोरोना भाइरस (कोभिड-१९) पोजिटिभ देखिएको छ । आठराई गाउँपालिका-४ का २० वर्षीय युवती र सशस्त्र प्रहरी बल सुरक्षा बेसक्याम्प सङ्क्रान्तिमा कार्यरत २९ वर्षीय प्रहरी जवानमा बुधबार कोरोना भाइरस पुष्टि...

अर्थमन्त्रीको शेयर बजारमा चासो, अब सरकारले पनि लगानी गर्ने आशा

काठमाडौं, १६ असार । अब पुँजी बजारमा सरकारले पनि चासो देखाएको छ । उच्च विन्दुमा पुगेर फर्किएको बजारलाई आफ्नै लयमा फर्काउन अर्थमन्त्री विष्णु पौडेलले चासो देखाएका हुन् । पुँजी बजारले देशको अर्थतन्त्रमा पनि ठुलो प्रभाव...

विराटनगरमा घट्यो कोरोना संक्रमण दरः आज २१ संक्रमित थपिए

विराटनगर, ६ असार । विराटनगरमा पछिल्लो समय कोरोना संक्रमण दर घटेको छ । आइतबार विराटनगरमा २१ जना मात्र कोरोना संक्रमित थपिएका छन् । योसँगै विराटनगरमा सक्रिय संक्रमितको संख्या २ हजार १ सय ४४ जना पुगेको...

बुद्धोदय सहकारीद्धारा राहत कोषबाट एक लाख वितरण

विराटनगर । विराटनगर – ३ स्थित बुद्धोदय बचत तथा ऋण सहकारी संस्थाले एक जना सेयर सदस्यको परिवारलाई मृत्यु राहत कोषबाट राहत रकम एक लाख रुपैयाँ वितरण गरेको छ ।सेयर सदस्य बुढीगंगा गाउँपालिका – १ की...

गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै प्रदेश १ बाट राष्ट्रियसभा सदस्यमा एमालेका शेर्पा विजयी

काठमाडौं, १२ माघ । प्रदेश १ मा नेकपा एमालेका सोनम ग्याल्जेन शेर्पा राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका छन् ।nसत्ता गठबन्धनका उम्मेदवार जनता समाजवादी पार्टी (जसपा) का हेमराज थुलुङ राईलाई पराजित गर्दै एमालेका सोनम राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका...

एनबीएससी मिल्स क्रिकेट प्रतियोगिताको फाइनलमा

विराटनगर । दोस्रो संस्करणको मिल्स क्रिकेट टि– २० प्रतियोगितामा एनबीएससी क्रिकेट क्लब विराटनगर फाइनलमा पुगेको छ । वाइआरसीसी विराटनगरलाई ६३ रनले निराश बनाउँदै एनबीएससी उपाधि नजिक पुगेको हो । वाइआरसीसीले उपाधिको लागि बिहीबार अन्तिम सेमिफाइनल...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्