नम्वर प्लेट स्पष्ट नभएका सवारीलाई ‘अन द स्पोट’ नम्वर लेखाउँदै ट्राफिक
मङ्गलबार, १७ पुष, २०८०,
न्यूज विराट
विराटनगर । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले जिल्ला भित्र गुडिरहेका सवारी साधनहरूलाई चेकिङ गर्ने क्रममा नम्वर प्लेट स्पष्ट नभएका सवारी साधनहरूलाई अन द स्पोट नम्वर लेखाउने अभियान सुरु गरेको छ । ट्राफिक व्यवस्थापन तथा सवारी दुर्घटना न्युनिकरण गर्ने अभियानका रूपमा यस कार्यलाई निरन्तरता दिएको मोरङ ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक सुमन न्यौपानेले बताए ।
जिल्ला तथा मातहत समेतका पोष्टहरूवाट यस हप्तामा मोटर साईकल, वस, कार , टेक्टर, सिटी रिक्सा, टेम्पो गरी ४८४ लाई नम्वर लेखाउने काम भएको उनले बताए । विभिन्न सरकारी कार्यालयका सवारी साधनहरू, विधालयका गाडिहरू, एम्वुलेन्स, फोहोर वोक्न प्रयोग भएको ट्याक्टरहरू समेतको प्रष्टसँग नम्बर प्लेट नलेखेको पाइएको थियो । नम्बर प्लेट प्लेट स्पष्ट नभएका सवारी साधनहरूलाई अन द स्पोट नम्वर लेखाउन लगाएको उनले बताए । ‘ नम्वर प्लेट स्पष्ट नहुदा सवारी दुर्घटनामा सम्लग्न भएका सवारी साधनहरूलाई पहिचान गरी कानुनी कारवाहीमा ल्याउन पनि धेरै समस्या हुन्छ,’ उनले भने, ‘त्यसैले पनि नम्वर प्लेट स्पष्ट नभएका सवारी साधनहरूलाई अन द स्पोट नम्वर लेखाउने अभियान सुरु गरिएको हो ।’ यो अभियानलाई जिल्लाभरीमा निरन्तार दिने उनले बताए ।
नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशनमा अन्तर्राष्ट्रियस्तरका करिब ६० पार्टीलाई निमन्त्रणा गरिएको छ । एमालेको महाधिवेशन मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ । कोरोना महामारीका कारण अन्तर्राष्ट्रिय यात्रा गर्ने कुरा त्यति सहज नभएको अवस्थामा महाधिवेशनमा...
विराटनगर । विराटनगर– ७ रंगेलीरोडस्थित मेरील्याण्ड कलेजका विद्यार्थीहरूका लागि ५० लाख बराबरको छात्रवृत्ती घोषणा गरिएको छ ।मेरील्याण्ड कलेजबाट २०८१ सालमा कक्षा १२ को परीक्षा दिने विद्यार्थीहरूका लागि काठमाण्डौंस्थित टेकस्पायर कलेजले ५० लाख बराबरको छात्रवृत्ती घोषणा...
कर्णाली, ५ असोज-कर्णाली प्रदेशमा ५२ प्रतिशत कोरोना भाइरसका संक्रमित होम आइसोलेशनमा बसेका पाइएको छ । प्रदेश स्वास्थ्य सेवा महाशाखाले प्रदेशका ४ सय ५२ जना सक्रिय संक्रमित मध्ये २ सय ३७ जना अर्थात ५२ प्रतिशत संक्रमित...
विराटनगर । विराटनगर–१० मा रहेको अर्किड कलेजले बिद्यार्थीलाई सम्मान गरेको छ । कलजे परिसरमा बिहीबार एक कार्यक्रम आयोजना गरी हिसान स्पोट्र्स मिटमा बिजेता हुने बिद्यार्थी र कलेजको आन्तरिक परीक्षामा उत्कृष्ट हुने बिद्यार्थीहरूलाइ सम्मान गरेको हो...
नेपाली कांग्रेसले निर्वाचन लक्षित अभियानका लागि ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गरी कांग्रेसले तीन चरणमा ‘जनताको साथमा कांग्रेस’ अभियान चलाउँदैछ । भदौ १० गतेदेखि सुरू हुने...
विराटनगर, ४ पुस- पछिल्लो २४ घण्टामा प्रदेश १ मा ६ सय ७० जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट ६ सय ६२ र कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट ८ जना डिस्चार्ज भएका हुन । हालसम्म...
डडेल्धुरा, १४ जेठ-डडेल्धुरा सदरमुकाम नजिकै रहेको रातो गुराँस रिसोर्टमा १ युवती मृत भेटिएकी छिन् । प्रहरी जवान पदमा कार्यरत युवकसँगै रिसोर्टमा बास बसेकी उनको शंकास्पद मृत्यु भएपछि आफन्तले उनको हत्या भएको बताएका छन् । डडेल्धुराको...
सरकारले कृषिमा विदेशी लगानी भित्र्याउन कानुनी बाटो खोलेर नेपालको कृषि विदेशी व्यापारीलाई सुम्पिन लागेको कृषि व्यवसायीले बताएका छन् । कृषिमा विदेशी लगानी भित्र्याउने सरकारी निर्णयविरुद्ध आन्दोलनमा उत्रिएका विभिन्न क्षेत्रका कृषि व्यवसायीले सरकारले नै नेपालको कृषि पहिचान विदेशी...