राष्ट्रसेवक सहकारीको कुल आम्दानी ४ करोड ८१ लाख

 न्यूज विराट
राष्ट्रसेवक सहकारीको कुल आम्दानी  ४ करोड ८१ लाख

विराटनगर । विराटनगर–९ मा रहेको राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्थाले एक वर्षमा ४ करोड ८१ लाख ५ हजार ९ रुपैयाँको कुल आम्दानी गरेको छ ।

विराटनगरमा सोमबार भएको २५ औं वार्षिक साधारणसभाको प्रतिवेदनमा आर्थिक वर्ष २०७९ / ०८० मा सहकारीले सो बरावरको कूल आम्दानी गरेको जानकारी गराएको हो ।

१ हजार ८२६ शेयर सदस्य रहेको सहकारीले ३३ करोड ७३ लाख ६ हजार १ सय २१ रुपैयाँ कूल कारोबार गरेको छ । सहकारीको सम्पत्ति दायित्व ३८ करोड ९१ लाख ४४ हजार १५१ रुपैयाँ रहेको छ भने कूल खर्च ३ करोड ५२ लाख ६१ हजार ६८२ रुपैयाँ रहेको सहकारीका अध्यक्ष जीवन काफ्ले जानकारी दिए । अध्यक्ष काफ्लेका अनुसार सहकारीको शेयर पूँजी ६ करोड १७ लाख ८६ हजार ३ सय रुपैयाँ, कोष हिसाब २ करोड ८६ लाख ५४ हजार ७११, निक्षेप हिसाब २८ करोड ९५ लाख २७ हजार ७४८ रुपैयाँ, ऋण लगानी २८ करोड ४८ लाख ७१ हजार ५४० रुपैयाँ रहेको छ । यसैगरी परिवार राहत कोष कार्यक्रममा २१ लाख १७ हजार ६९ रुपैयाँ, स्थिर सम्पत्ति २ करोड ७७ लाख ५७ हजार १९०, सञ्चालन बचत ५५ लाख ५३ हजार ३२६ रुपैयाँ रहेको आर्थिक प्रतिवेदनमा उल्लेख छ ।

सहकारीमा हालसम्म १३ वटा अक्षयकोष स्थापना गरिएको बताईएको छ । उक्त कोषबाट प्रत्येक वर्ष विभिन्न व्यक्तिहरुलाई सम्मान गरिदै आईएको छ । यसपटक पनि साधारणसभामा सहकारीले पूर्व सांसद तथा साहित्यकार कुन्ता शर्मासहित ७ जनालाई सम्मान गरेको छ । शर्मालाई १५ हजार ५५५ रुपैयाँको स्व. किशोरी खतिवडा स्मृति पुरस्कार प्रदान गरिएको छ । यसैगरी स्व. दधिराम दाहाल स्मृति पुरस्कार रुपनारायण अधिकारी र स्व. हिरणकुमार थापा स्मृति पुरस्कार सहकारीकर्मी नरबहादुर कार्कीलाई प्रदान गरिएको छ । उनीहरुलाई जनही ११ हजार ५५५ रुपैयाँले सम्मान गरिएको सहकारीले जनाएको छ । ८० वर्ष उमेर पुरा भएका ज्येष्ठ सदस्य दुन माझीलाई समेत सहकारीले नगद ५ हजार पुरस्कृत गरिएको छ । यसैगरी सहकारी अभियान्ता तथा राष्ट्रिय सहकारी बैंकका प्रदेश प्रबन्धक प्रभु पोखरेल र ग्यास व्यवसायी आनन्दभूषण खड्कालाई पनि सम्मान गरिएको छ । सहकारीले ७५ वर्ष उमेर पूरा भएका शेयर सदस्यहरुलाई जनही २ हजार रुपैयाँ औषधि खर्चसहित सम्मान गरेको छ ।

पुरस्कृत व्यक्तिहरुलाई कार्यक्रमका प्रमुख अतिथि नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय अध्यक्ष लेखनाथ कोईरालाले कदर पत्र र दोसल्ला ओढाएर सम्मान गरे । कार्यक्रममा बोल्दै उनले छरिएर रहेको पूँजीलाई एकीकृत गर्न सहकारीको भूमिका ठूलो रहेको बताए ।

कार्यक्रममा बोल्दै सहकारीका अध्यक्ष काफ्लेले निजामती क्षेत्रका युवा पुस्तालाई शेयर सदस्य बनाउन आर्कषक योजनासहित अघि बढ्नुपर्ने बिषयमा जोड दिए । शेयर सदस्यहरुको विश्वास जित्दै सम्पूर्ण आर्थिक कारोबारहरु संस्थागतमार्फत् भन्ने नारालाई सार्थकता दिएर अगाडी बढनुपर्ने उनले बताए । ‘सहकारी शिक्षा र चेतनाको वृद्धि गरी सहकारी अभियानप्रतिको नकारात्मक धारणा न्यूनीकरण गर्नुपर्छ,’ उनले भने ।

सम्बन्धित समाचार

युवा समाजसेवी राहुल भट्टराईद्वारा विद्यार्थीलाई ब्याग वितरण

विराटनगर । विराटनगरका युवा समाजसेवी राहुल भट्टराईले मोरङको ग्रामीण क्षेत्रमा रहेको सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई ब्याग वितरण गरेका छन् । मोरङको कानेपोखरी गाउँपालिका – ६ मुलगाउँमा रहेको सरस्वती आधारभूत विद्यालयमा अध्ययनरत १ सय ५० जना...

प्रदेश १ मा ६ हजारको कोरोना परिक्षण

विराटनगर, बैशाख १५–प्रदेश १ मा छ हजार हाराहारीमा कोरोना परीक्षण भएको छ । सोमबारसमम पाँच हजार ८ सय ९ जनाको कोरोना परीक्षण भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा अवस्थित कोरोना सूचना डेस्कले जनाएको छ । द्रूत...

६२८६ जनाको नमुना परीक्षण गर्दा १०५६ संक्रमित थपिए

नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप १ हजार ५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ६ हजार २८६ जनाको पीसीआर परीक्षण गर्दा ३८६ महिला र ६७० पुरुषमा कोरोना...

सरकारी जागिरको प्रलोभन दिइ १५ लाख रुपैयाँ ठग्‍ने पक्राउ

जागिरको प्रलोभनमा पारेर १५ लाख ठग्ने व्यक्ति पक्राउ परेका छन् । राष्ट्रिय अनुसन्धान विभागको अनुसन्धान अधिकृत पदमा जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने निलम भट्टराई प्रहरीको फन्दामा परेका हुन् । महानगरीय अपराध महाशाखाले झापा सुरुङ्गा कनकाई नगरपालिका–३ घर...

महानगरले आगलागीमा ज्यान गुमाएका परिवारलाई राहत उपलब्ध गराउने, मृतक परिवारलाई जनही १ लाख

विराटनगर । विराटनगर–७ सातघुम्तीस्थित कवाडी पसलमा आगलागी हुँदा ज्यान गुमाएका पीडित परिवार र घाइतेलाई विराटनगर महानगरपालिकाले राहत उपलब्ध गराउने भएको छ । महानगरपालिकाको विपद व्यवस्थापन कोषबाट खर्च हुनेगरी ज्यान गुमाएका परिवारलाई जनही एक–एक लाख रुपैयाँ...

२४ घण्टामा थप ४८४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २४ हजार नाघ्यो

काठमाडौं, २८ साउन-बुधबार थप ४८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४८४ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए । योसँगै...

पछिल्लो २४ घण्टामा प्रदेश १ मा ९१ संक्रमित थपिए, २७ जना डिस्चार्ज

विराटनगर ७ असोज–प्रदेश १ मा पछिल्लो २४ घण्टामा ९१ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ४२, सुनसरीमा ३७, झापामा ४, पाँचथरमा २, ताप्लेजुङ र तेह्रथुुममा १÷१ र प्रदेश १ बाहिरका ४ जना रहेको सामाजिक...

भारतमा साढे ३ लाख संक्रमित थपिए

काठमाडौं, ७ माघ । भारतमा पछिल्लाे २४ घण्टामा झण्डै साढे ३ लाख काेराेना संक्रमित थपिएका छन् । केन्द्रीय स्वास्थ्य मन्त्रालयले २४ घण्टाकाे अवधिमा ३ लाख ४७ हजार २५४ संक्रमित थपिएकाे शुक्रबार जानकारी दिएकाे हाे ।...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्