अर्थतन्त्रका अधिकांश सुचकांकहरू सकारात्मक : प्रधानमन्त्री
शुक्रबार, ०६ पुष, २०८०,
न्यूज विराट
विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्रका अधिकांश औपचारिक सुचकांकहरू सकारात्मक बनेको बताएका छन् । विराटनगरमा शुक्रबारदेखि सुरू भएको मोरङ व्यापार संघ ट्रेड एक्स्पोको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।
‘बैंक ब्याजदर, लघुवित्त र सहकारीको समस्या हल हुँदै गएको छ । तर, रेमिट्यान्सको भरमा मुदुक चल्नु राम्रो होइन,’ उनले भने । बैंकको ब्याजदर घट्दै गएको, ऋण प्रवाह बढेको, स्थायी तरलताको सुविधा घटाईएको कारण अर्थतन्त्र लयमा फर्किएको उनले बताए । ‘महंगी नियन्त्रणका दृष्टिले यतिबेला हामी २ वर्षयताकै प्रगतिमा छौं । वार्षिक औसत महंगीदर ७.११ प्रतिशत रहेकोमा अघिल्लो महिना त्यसमा कमि आई ५.३८ प्रतिशतमा झरेको छ,’ उनले भने ।
भुक्तानी सन्तुलनका दृष्टिले समेत राम्रो प्रगति हुँदै प्रधानन्त्री प्रचण्डले बताए । ‘निर्माण व्यवसायीहरुको भुक्तानी गर्न बाँकी रकम भुक्तानीको प्रक्रिया अगाडि बढेको छ । यसले एकातर्फ अर्थतन्त्रलाई चलायमान तुल्याउने छ भने अर्कोतर्फ नयाँ आयोजनाहरुको निर्माण प्रक्रियाले तीव्रता लिनेछ । अर्थतन्त्र सुधारका दृष्टिले यो आफैमा महत्वपूर्ण पहल हो,’ उनले भने, ‘एकातर्फ बैंकको ब्याजदर घटाइएको छ भने अर्कोतर्फ बंैकहरुको कर्जा लगानी पनि क्रमशः बढ्दै गएको छ । कर्जाको औसत ब्याजदर १४ महिनापछि १२ प्रतिशतमुनि आएको छ । विगतमा यस्तो ब्याजदर अधिकतम १३.०३ प्रतिशतसम्म पुगेको थियो । कात्तिकमा कर्जाको औसत ब्याजदर ११.९६ प्रतिशत छ ।’ राष्ट्रबैंकले गत शुक्रबार सार्वजनिक गरेको मौद्रिक नीतिअनुसार नीतिगत ब्याजदर घटाएको उनले बताए । ‘राष्ट्र बैंकले बैंकदरका रुपमा समेत रहेको स्थायी तरलता सुविधाको दर ७.५ प्रतिशतबाट घटाएर ७ प्रतिशतमा झारेको छ । यो आफैमा महत्वपूर्ण सुधार हो । अर्थतन्त्रमा यसको प्रभाव क्रमशः देखिँदै जानेछ,’ उनले भने । पर्यटन क्षेत्रमा पनि सुधार आएको उनको भनाई छ । प्रधानमन्त्री प्रचण्डले आमनागरिक र व्यवसायीको मनोबल उठाउने चुनौति सरकारसामू रहेको बताए । उनले नकारात्मक भाष्य बनाउने फेसन जस्तो बनाउने प्रयास भईरहेको प्रति सचेत हुनुपर्ने बताए । उनले अब नेपाल उज्यालोतिर पनि गईरहेको सन्देश दिनुपर्ने र रचनात्मक आलोचना गर्नतिर लाग्नुपर्नेमा उनको जोड थियो । प्रचण्डले विराटनगर कटहरी कार्गाे रेल संचालनको विषयमा भारतबाट आउने उच्च नेतृत्वसँग छलफल गर्ने बताए । उनले विराटनगर विशेष आर्थिक क्षेत्र बनाउने प्रतिबद्धता व्यक्त गरे । उनले विराटनगर गिरिजाप्रसाद क्रिकेट रंगशाला बनाउने, पूर्वाञ्चल विश्व विद्यालयमा मेडिकल कलेज संचालनका लागि पहल गरेको स्मरण गर्दै विराटनगर चक्रपथ बनाउन आगामि बजेट नीति तथा कार्यक्रममा समेट्ने बताए । उनले गिरिजाप्रसाद कोईरालाको नाममा रहेका संघसंस्थालाई सक्दो सहयोग गर्ने उनले बताए । विराटनगर पछि पर्न नहुने बताउँदै त्यको लागि सक्दो सहयोग गर्ने उनले बताए । कार्यक्रममा कांग्रेस नेता डा.शेखर कोईरालाले विराटनगर प्रजातान्त्रिक आन्दोलनमा अग्रणी भूमिका खेदे पनि कसैसँग केही नमागी अगाडि बढ्दा राज्यले ध्यान नदिएको बताए । उनले पञ्चायती कालमा विराटनगरलाई हेला गरे पनि उद्योगी व्यवसायिले बचाएको भन्दै अहिले पनि उनीहरूको विश्वास लिनुपर्ने बताए । कोईरालाले रिङ रोडलाई बहुवर्षेमा राखेर अगाडि बढाउनु पर्ने, विमानस्थललाई अन्तरास्ट्रिय स्तरको बनाउनुपर्नेमा जोड दिए । प्रधानमन्त्रीले विराटनगरलाई माया गरेजस्तै गरे पुग्ने उनको भनाइ छ । अहिले ४० प्रतिशत सटरहरू बन्द भएको, बैंकले पनि मिटरब्याजी बनेको, कृषि ऋण ५÷६ प्रतिशतमा दिनुपर्नेमा वास्तविक किसानलाई नदिएको उनले दाबी गरे । यो विषयमा राष्ट्र बैंकका गभर्नरलाई राखेर कुरा गर्नु पर्ने प्रधानमन्त्रीलाई सुझाव दिए । महोत्सव उद्घाटन कार्यक्रममा विराटनगर महानगर प्रमुख नागेश कोईरालाले पछिल्लो समय विराटनगर पछि परिरहेको बताए । उनले विराटनगरमा औद्योगिक प्रदर्शनीस्थल बनाउन आवश्यक भएको बताए । उनले विराटनगर जुटमिलको संरक्षण अभाव भएको, विराटनगर रिङ रोड बन्न नसकेको, मालबहाक रेल संचालनमा नआएको, विराटनगर क्षेत्रीय विमानस्थललाई अन्तरास्ट्रिय विमानस्थत बनाउनु पर्ने, क्षेत्रीय उडानहरू विराटनगरबाटै गर्नुपर्ने लगायतका माग गरे । कार्यक्रममा बोल्दै मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालले उद्योगी व्यवसायीहरुले उत्पादन गरेको बस्तु प्रर्दशनको लागि प्रर्दशन स्थल नहुँदा समस्या भएको बताए । राज्यले विराटनगरमा प्रर्दशन स्थल बनाइदिनुपर्ने उनले माग राखे । ‘अहिले प्रर्दशनस्थल नहुँदा अस्थायी संरचनामा करडौं रुपैयाँ खर्च गर्नुपरेको अवस्था रहेको छ,’ उनले भने, ‘त्यसैले विराटनगरमा प्रर्दशन स्थलको लागि राज्यले लगानी गरिदिनुपर्दछ ।’ सोही अवसरमा मोरङ व्यापार संघले प्रचण्डलाई ७ किलोको माला लगाएर अभिनन्द पनि गरेको छ ।
काठमाडौं, २६ कात्तिक-नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप २ हजार ५ सय ६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ८१ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमित...
काठमाडौं, जेठ २-सरकारले ३ सय शय्याको अत्याधुनिक सरुवा रोग अस्पताल बनाउने याेजना अघि सारेकाे छ । शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा सरकारका तर्फबाट आगामी आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी...
काठमाडौं १६ जेठ-निजी विद्यालयहरुले २१ जेठदेखि नयाँ शैक्षिकसत्र सुरु गर्न सरकारलाई आग्रह गरेका छन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन), राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन् नेपाल (नेशनल प्याब्सन), राष्ट्रिय अभिभावक महासंघ, अभिभावक संघ...
कठमाडौं, २२ वैशाख-सरकारले तत्काल विद्यार्थी भर्ना नगर्न आग्रह गरेको छ । सोमबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालका प्रवक्ता दीपक शर्माले जारी गरेको विज्ञप्तिमा तत्काल विद्यार्थी भर्ना र भर्नाको नाममा शुल्क नलिन भनिएको छ । ‘हाल...
विराटनगर । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले काँग्रेस नेतृत्वको गठबन्धनले फराकिलो मतअन्तरले बहुमत ल्याउने बताएका छन् । विराटनगरमा बुधबार विहान आयोजना गरिएको पत्रकार सम्मेलनमा नेता महतले यस्तो बताएका हुन् । पाँच दलिय गठबन्धनले...
विराटनगर । संखुवासभाको खाँदबारी नगरपालिका-९ तुम्लिङटारमा एक वृद्ध पुरुषको हत्यामा उनकै बुहारीको संलग्नता रहेको प्रहरीले खुलासा गरेको छ। ७२ वर्षीय मीनबहादुर कुमालको गत शनिबार राति आफ्नै घरको बरन्डामा सुतिरहेका बेला घाँटी थिचेर हत्या गरिएको थियो।...
विराटनगर, २० भदौ । मानव बेचबिखनको स्वरूप फेरिएको तर मानव बेचखिबन अझै कायम रहेकाले यसको न्यूनीकरणका लागि सबैका साझा प्रयास रहेको मानव बेचबिखनविरूद्धको राष्ट्रिय दिवसका वक्ताहरूले बताएका छन् । मानव बेचबिखनविरूद्धको १६ औँ राष्ट्रिय दिवसको...
विराटनगर । मोरङ क्षेत्र नं. ४(१) मा एमालेका उम्मेदवार जयप्रकाश चौधरी निर्वाचित भएका छन् । काँग्रेसका नेता गुरूराज घिमिरेलाई ४०७ मतअन्तरले पराजित गरी चौधरी प्रदेशसभामा निर्वाचित भएका हुन् । चौधरीले १५ हजार ४६५ मत ल्याएको...