मोरङ व्यापार संघ ट्रेड एक्स्पो सुरू, प्रधानमन्त्रीले गरे उद्घाटन
शुक्रबार, ०६ पुष, २०८०,
न्यूज विराट
विराटनगर । मोरङ व्यापार संघ ट्रेड एक्स्पो सुरू भएको छ । विराटनगर २ स्थित शंकरपुर मार्गमा शुक्रबारदेखि एक्स्पो सुरू भएको हो । एक्स्पोको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरे ।
पुस १६ गतेसम्म सञ्चालन हुने एक्स्पो नेपाल, भारत, बंगलादेश र पाकिस्तानका गरेर २ सय ४० भन्दा बढी स्टल रहने मोरङ व्यापार संघको अध्यक्ष नविन रिजालले जानकारी दिए । एक्स्पो अवधिभर ११ दिनमा १० करोड भन्दा बढीको कारोबार हुने उनले बताए । ४ करोड रुपैयाँ खर्च हुने र ४ लाख भन्दा बढीले एक्स्पोको अवलोकन गर्ने आयोजकले अपेक्षा गरेको छ । एक्स्पोमा फेशन शो, गायन र नृत्य प्रतियोगिता हुनेछ । यसमा विभिन्न स्कुलमा अध्ययरत विद्यार्थीहरुले भाग लिनेछन् । बिजेताले नगद एक लाख पाउने उनले बताए । पाकिस्तानको लेदर उद्योग, बंगलादेशको गार्मेन्ट उद्योग, भारतको कृषि उद्योग र नेपालको हिमाल, पहाड र तराईको औद्योगिक उत्पादनको सामान एक्स्पो स्टलबाट ५ देखि १० प्रतिशतसम्म छुटमा बिक्री हुने गरेको छ ।
काठमाडाैं, २२ भदौ-स्वाभाविकरूपमा हामीलाई लाग्छ, वस्तुको मूल्यअनुसार त्यसको भन्सार मूल्यमापन हुनुपर्छ । वस्तुको मूल्य कम हुँदा भन्सार मापन कम र मूल्य बढी हुँदा भन्सारको मूल्य मापन बढी हुनुपर्ने हो तर, नेपालबाट जाने अलैँचीको भारतीय भन्सार...
बैतडी, १ भदौ । बैतडीमा पाँचदेखि १२ वर्षमुनिका ३८ हजार बालबालिकालाई कोरोनाविरुद्धको ‘फाइजर भ्याक्सिन’ दिइने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै जिल्लामा ती उमेर समूह लक्षित खोप अभियान सञ्चालन गर्न निर्देशन गरेसँगै यहाँ...
काठमाडौं, ४ साउन-आज दिउँसाे ३ बजे बस्ने तय भएकाे नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक फेरि स्थगित भएको छ । नेकपा पार्टी कार्यालयका सचिव श्रीराम ढकाल र ईश्वरी रिजालले विज्ञप्ति जारी गर्दै उक्त...
काठमाडौं, २१ वैशाख-नेपालमा थप एक जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । वीरगञ्ज महानगरपालिका–३ छपकैयाका ३६ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ६० पुगेको छ ।...
काठमाडौं, २२ असार-सोमबार कोरोना भाइरस संक्रमितको संख्या घटेको छ । देशभर १८० जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्यष मन्त्रालयले जनाएको छ ।स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले देशभरका २५ वटा प्रयोगशालमा गरिएको परीक्षणमा...
काठमाडौं, १९ जेठ-सरकारले कोरोना भाइरसका कारण विदेशमा अलपत्र परेका नेपाली उद्धार गर्ने सम्पूर्ण तयारी गरेको छ । विदेशबाट उद्धार गर्न लागिएका नागरिकको खर्चका बारेमा सरकारले छलफल र कार्यविधि बनाएको छ । वैदेशिक रोजगारीमा कार्यरत कामदारको...
काठमाडौं, १३ भदौ ।युवाहरूको एक अभियानले एमसीसी सम्झौता खारेजीको माग गरेको छ । एमसीसी खारेज राष्ट्रिय अभियानले भदौ १९ गतेसम्म सम्झौता खारेज गर्न माग गरेको हो । एमसीसी सम्झौताको संसदीय अनुमोदन प्रक्रिया रद्द गर्नुपर्ने र...
काठमाडौं, २७ जेठ-रुपन्देहीको तिलोत्तमा नगरपालिका-१० मा ५ जनाको विभत्स हत्या घटना अनुसन्धान गर्न एसएसपीको नेतृत्वमा अनुसन्धान टोली गठन भएको छ । प्रदेश प्रहरी कार्यालय-५ का एसएसपी राजकुमार वैदवारको नेतृत्वमा ३ सदस्यीय अनुसान्धान टोली गठन भएको...