भारत लैजादै गरेको दश जना महिलाको उद्धार

 न्यूज विराट
भारत लैजादै गरेको दश जना महिलाको उद्धार

विराटनगर । वैदेशिक रोजगारीको प्रलोभनमा पारेर भारत लैजान लागेको दश जना महिलाहरुलाई उद्धार गरिएको छ । साना हातहरु नामक संस्था र प्रहरीले विराटनगरको सीमा क्षेत्र र जोगवनीबाट दश जना महिलाहरुलाई उद्धार गरेको हो ।

उद्धार गरिएको महिलाहरु सिन्धुपालचोक, जाजरकोट र मोरङका रहेको साना हात नामक संस्थाका शाखा प्रमुख बिवस श्रेष्ठले जानकारी दिए । उद्धार गरिएको मध्ये दुई जना अविवाहित किशोरी पनि रहेका छन् । उद्धार गरिएको महिलाहरुलाई विराटनगर ४ घर भएका राजु रिजाल नेपालबाट उडाउन नसकिने भएकोले अवैध बाटोबाट वैदेशिक रोजगारमा पठाउन खोजेका थिए । उनीहरुलाई केही दिन काठमाण्डौमा पनि राखेका थिए । काठमाण्डौबाट वैदेशिक राजेगारमा पठाउन नसिकने भन्दै ती दलालले भारत हुँदै विदेश पठाउने योजना बनाएको उनीहरुले बताएका छन् ।

उनीहरुलाई दुवई, कुवेत, ओमनमा घरेलु कामदारको रूपमा मासिक ३५ हजार देखि ४० हजार रुपैयाँ कमाइ हुने भन्दै लैजान लागेका थिए । उनीहरुलाई जोगवनीमा खाद्यबस्तु खरिद गर्न गएको भन्ने बहाना बनाएर भारत कटाउन खोजेको साना हात नामक संस्थाले बताएको छ । उनीहरु मध्ये दुई जनालाई नेटर्वकिङमा लैजान खोजेका थिए । उद्धार गरिएका महिलाहरुलाई प्रहरीको रोहबरमा आफन्तममा जिम्मा लगाउने तयारि गरिएको छ । वैदेशिक रोजगारमा पठाउने एजेन्ट दुलाल भने फरार छन् ।

सम्बन्धित समाचार

मारवाडी युवा संगठनको उपाध्यक्षमा गोपाल अग्रवाल

विराटनगर । नेपाल राष्ट्रिय मारवाडी युवा संगठनको उपाध्यक्षमा विराटनगरका युवा व्यवसायी गोपाल अग्रवाललाई प्रथम उपाध्यक्षमा चयन भएका छन् । नेपाल राष्ट्रिय मारवाडी युवा संगगठनको चौथो राष्ट्रिय महाधिवेशनबाट अग्रवाल सर्वसम्मत रुपमा प्रथम उपाध्यक्षमा चयन भएका हुन्...

विमानस्थलबाट सय ग्राम सुनसहित युवक पक्राउ

कुवेतबाट काठमाडाैं आएका रुपन्देहीका एक युवक त्रिभुवन विमानस्थलबाट सुनसहित पक्राउ परेका छन् । २८ वर्षका ती युवक जजिरा एयरबाट मंगलबार बिहान काठमाडाैं आएका थिए । उनकाे साथबाट एक सय ग्राम सुन बरामद भएकाे प्रहरीले जनाएकाे छ । विमानस्थल...

विराटनगरमा ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र सुत्केरीका लागि निःशुल्क एम्बुलेन्स सेवा सुरु

विराटनगर । विराटनगर महानगरपालिकाले महानगरवासीको स्वास्थ्य सेवामा सर्वसुलभ पहुँचका लागि एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ ।महानगरवासीलाई सहज र सर्वसुलभ रुपमा अस्पताल जानका लागि महानगरले एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको हो । महानगरकी कार्यबाहक मेयर शिल्पा निराला...

विराटनगरको नोबेल हस्पिटलमा उपचारमा चरम लापरवाही गर्ने चिकित्सकविरुद्ध मुद्दा दायर

विराटनगर । विराटनगर – ४ कन्चनबारीमा रहेको नोबेल शिक्षण अस्पतालमा उपचारमा गम्भिर लापरवाही गरेको कारणले एक जना विरामीको मृत्यु भएपछि पीडित परिवारले अदालतमा मुद्दा दायर गरेका छन् ।सुनसरी इनरुवाकी विमला थापा पोखरेलको मृत्यु भएपछि परिवारले...

अख्तियारद्वारा चुडामणि शर्मासहित ३ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं, असार ९-अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्धारा आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चुडामणि शर्मासहित ३ जनाविरुद्ध मुद्दा दायर भएको छ । आयोगले कर फछर्यौट आयोग, २०७१ का सदस्यसमेत रहेका शर्मासहित अध्यक्ष लुम्बध्वज महत, सदस्यद्वय उमेशप्रसाद ढकालविरुद्ध...

रंगेली र सुनवर्षीका ११ जना फरार प्रतिवादी पक्राउ

विराटनगर, २ असोज । विभिन्न मुद्धामा अदालतबाट कैद तथा जरिवाना ठहर भएका फरार ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । मोरङ जिल्ला अदालतको २०७० साल पुष १४ गतेको फैसलाले सवारी ज्यान मुद्दा र २०७३ साल...

मोरङमा ५.९५ प्रतिशत मत बदर, कुन क्षेत्रमा कति बदर ? (सुचिसहित)?

विराटनगर । मंसिर ४ गते भएको प्रतिनिधि र प्रदेश सभाको निर्वाचनमा मोरङमा ५.९५ प्रतिशत मत बदर भएको छ । मोरङमा ४ लाख ८५ हजार ४९९ मत अर्थात ६६.१ प्रतिशत मत खसेको मध्ये १८ हजार ८६५...

गुरु नानक जयन्ती मनाइँदै

काठमाडौँ, मंसिर ३ ।  प्रत्येक वर्ष कार्तिक शुक्ल पूर्णिमाका दिन मनाइने शिख सम्प्रदायका प्रवर्तक गुरु नानकको जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । गुरु नानकको जन्म विसं १५२६ कार्तिक शुक्ल पूर्णिमाका दिन पाकिस्तानको पञ्जाव...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्