विराट मेडिकलका डा. सनम एमबीबीएस टपर : भन्छन्, ‘इन्टरनल मेडिसिनमा एमडी गरेर कार्डियोलोजी पढ्छु’

 न्यूज विराट
विराट मेडिकलका डा. सनम एमबीबीएस टपर : भन्छन्, ‘इन्टरनल मेडिसिनमा एमडी गरेर कार्डियोलोजी पढ्छु’

विराटनगर । बागलुङका डा. सनम ढकालले काठमाडौं विश्वविद्यालय (केयु)को वि.संं. २०८० को एमबीबीएस टप गरे । मोरङको बुढीगंगा गाउँपालिका–२ टिंकीसिनवारीस्थित विराट मेडिकल कलेज अध्ययन गरेका उनले ८४ दशमलव २६ प्रतिशत ल्याएर केयुको एमबीबीएस टप गरेका हुन् । एक हजार बढी विद्यार्थीले रहेको एमबीबीएसको उनको ब्याचमा डा. ढकालले ४२०० पूर्णांकमा ३५३९ अंकसहित टप गरेका हुन् । बुधबार केयुका २६ वर्षीय एमबीबीएस टपर डा. ढकाललाई प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति पुष्पकमल दाहालले ‘भ्वाइस चान्सलर स्वर्णपदक’बाट विभूषित गरे ।

डा. सनम विराट मेडिकल कलेजको एमबीबीएसको सन् २०१६ ब्याचका विद्यार्थी हुन् । यो कलेजको एमबीबीएसको तेस्रो ब्याच हो, त्यही ब्याचमा सर्वोत्कृष्ट नम्बर ल्याएर डा. सनमले गोल्डमेडल मात्रै ल्याएनन् विराट मेडिकल कलेजको शैक्षिक उन्नयलाई प्रमाणित समेत गरिदिए । ‘पढ्दा टप गर्नेभन्दा पनि केही सिक्ने उद्देश्यका साथ पढिरहेको हुन्थे,’ उनले भने ।

सफलताको सेक्रेट कसैसँग नहुने बताउने डा. ढकालका लागि एमबीबीएस टप गर्न कसरी सम्भव भयो ? ‘पढेका कुरा पछि बिरामीमा अप्लाई गर्नु सकू भन्ने दिमागमा राखेर नै पढेको हुँ । परीक्षाको एकदिन अगाडि पढेर गोल्डमेडल आउँदैन्,’ उनी थप्छन्, ‘दिनदिनैको मेहनत आवश्यक पर्छ । एकदिन १० घण्टा पढ्नुभन्दा दिनदिनैको नियमित पढाइले नै मैले टप गर्न सकेको हुँ जस्तो लाग्छ ।’ हरेक विषयलाई सुक्ष्म तरिकाले भित्रैबाट अध्ययन गर्दा सफलता मिल्ने डा. ढकाल बताउँछन् । ‘दिनदिनै मेहनत गर्दै जानुपर्छ,’ उनी सुनाउँछन्, ‘म दिनको ३–४ घण्टा पढ्थे । सधैं अलिअलि गर्दै पढेर आफ्नो कन्सेप्ट डेभलप गर्न सकियो भने टप गर्न सकिन्छजस्तो लाग्छ ।’ कक्षा चारदेखि एमबीबीएससम्म सधैं फष्ट भएका डा. ढकालको जन्म २२ बैशाख २०५५ मा बागलुङको बागलुङ नगरपालिकामा भएको हो ।

बुवा नारायणप्रसाद ढकाल र आमा सावित्रादेवी ढकालका जेठा छोरा हुन्, उनी । उनका बावुआमा कृषि पेशामा आवद्ध छन् । वि.सं. २०६९ सालमा उनले पोखराको स्पाइरल ग्यालेक्सी एकेडेमी स्कुलबाट एलएलसी उत्तीर्ण गरेका हुन् । त्यसपछि उनले कक्षा ११ र १२ को पढाइ काठमाडौंको सिसिआरसी कलेजमा अगाडि बढाए ।

वि.सं. २०७२ सालमा उनले विज्ञान संकायमा प्लस टु सके । त्यसपछि एमबीबीएसको इन्ट्रासमा छात्रवृत्तिमा नाम निकालेपछि उनी विराट मेडिकल कलेजमा एमबीबीएस अध्ययनका लागि पुगे । सानैदेखि पढाइमा अब्बल रहेका डा. सनम भविष्यमा कार्डियोलोजी पढने योजना बनाएका छन् । इन्टरनल मेडिसिनमा एमडी गरेपछि कार्डियोलोजी पढने योजना रहेको उनले सुनाए । ‘अहिले हाम्रो जीवनशैलीको कारणले मुटुका बिरामीहरु पनि बढेका छन् । मुटुका चिकित्सकहरु एकदमै कम छन्,’ उनले भने, ‘त्यसैले पनि भविष्यमा कार्डियोलोजी पढ्ने योजना बनाएको छु ।’

छात्रवृत्ति करारअन्तर्गत अहिले उनी नेपाल सरकारको आठौं तहको मेडिकल अधिकृतका रुपमा पर्वत जिल्ला अस्पताल कुस्मामा कार्यरत छन् । सरकारसँगको छात्रवृत्ति करारमा उनी पर्वत जिल्ला अस्पतालमा दुई वर्ष रहनेछन् ।
डा. ढकालले पढाइप्रतिको लगनशीलता, कलेजको शान्त वातावरण, गुरुहरुको अध्यापन गराउने उत्कृष्ट शैली, साथीहरुको साथ सहयोगका कारण सानैदेखिको चिकित्सक बन्ने सपना पूरा भएको बताए । नाम निकाल्नका लागि पहिलो प्राथमिकता बुझाइ हो भनेर आफूले पढेको उनले सुनाए । ‘नबुझेको कुरा पटक–पटक दोहो¥याएर बुझ्ने प्रयास गर्थे,’ उनी एमबीबीएस इन्ट्रान्सको तयारीबारे भन्छन्, ‘आफूले नजानेका कुराहरु वेबसाइट, युट्युबमा पनि हेर्थे । पढेको कुरा बुझियो भने मेडिकल इन्ट्रान्स केही पनि होइन ।’ एमबीबीएस पढ्ने सपना बुनेर तयारी गरिरहेका सयौं विद्यार्थीहरुलाई उनी मेहनत गर्न सुझाव दिन्छन् । सफलता र असफलता एकै सिक्का दुई पाटा भएकाले नाम ननिस्कनेलाई हतास र निराश नहुन उनको सुझाव छ । ‘एमबीबीएस मात्रै करिअर अपरचुनिटी होइन्, अरु थुप्रै करिअर अपरचुनिटीजहरु छन्,’ उनले भने, ‘एमबीबीएस नै गर्नुछ भने पनि एक वर्षमा पुनः परीक्षा हुन्छ, राम्रो गर्नुहोस् । धेरै आत्तिनुपर्ने केही छैन् अझै मेहनत गर्नुहोस् ।’

सम्बन्धित समाचार

दोस्रो खेलमा वाइआरसीसीसँग एलिट पराजित : तीन खेलमा लगातर दुई जित, एक हार

विराटनगर । प्रथम कोशी प्रदेश दिवा रात्रीकालीन टी–१० क्रिकेट प्रतियोगितामा वाइआरसीसी विराट ब्लास्टर्सले तीन खेलमा लगातार २ जित हात पारेको छ । विराटनगर – ६ स्थित एमबिजे क्रिकेट मैदानमा बुधबार भएको दोस्रो खेलमा एलिट क्रिकेट...

ब्राजिलले संक्रमितको संख्यामा इटाली र स्पेनलाई उछिन्यो

एजेन्सी, जेठ ५ -दक्षिण अमेरिकी राष्ट्र ब्राजिल कोरोना संक्रमितको संख्यामा चौथो नम्बरमा पुगेको छ । पछिल्लो २४ घन्टामा १४ हजारभन्दा बढी संक्रमित थपिएपछि ब्राजिलले कोरोना संक्रमितको संख्यामा इटाली र स्पेनलाई पछि छाडेको हो । पछिल्ला...

सभामुख सापकोटाकाे निवासमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण

काठमाडौं, १७ साउन-प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाको सरकारी निवासमा कार्यरत १ जना कर्मचारीलाई  कोरोना भाइरस (कोभिड-१९) पोजिटिभ देखिएको छ ।  इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार ती कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि सभामुख सोपकोटासहित निवासमा कार्यरत...

भारतमा एकै दिन ६ सय ८१ जना कोरोना संक्रमितको मृत्यु

एजेन्सी, साउन ५ भारतमा कोरोनाभाइरसबाट दैनिक संक्रमितको संख्या बढ्दै जानेक्रममा एकै दिनमा ४० हजारभन्दा बढी कोरोना भाइरस संक्रमति थपिएका छन् । सरकारी अधिकारीहरुले सोमबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा ४० हजार ४ सय २५...

विराटनगरको स्वस्तिका ट्रेड एण्ड सप्लायर्समा राजस्व विभागको छापा, भन्सार छली गरेको आशंका

विराटनगर । विराटनगर ११ जनपथटोलमा रहेको कपडाको हलसेल पसल गर्ने स्वस्तिका ट्रेड एण्ड सप्लायर्समा राजस्व अनुसधान विभागको टोलीले छापा मारेको छ । आइतबार विभागको टोलीले छापा मानेर सप्लायर्सको कागजपत्र बरामद गरेको छ । विभागले भन्सारबाट...

प्रदेश १ः निजी तथा सरकारी अस्पताललाई कोभिड अस्पतालमा रुपान्तरण गर्न कांग्रेसको माग

नेपाली कांग्रेसले प्रदेश १ का सबै निजी तथा सरकारी अस्पताललाई कोभिड अस्पतालमा रुपान्तरण गरेर सञ्चालनमा ल्याउन माग गरेको छ । आइतबार प्रदेश १ कांग्रेस संसदीय दलका प्रमुख सचेतक केदार कार्कीले प्रदेशका  निजी तथा सरकारी अस्पतालहरूलाई...

पृथ्वी जयन्तीका दिन सार्वजनिक बिदा दिन सरकारसँग राप्रपाको माग

काठमाडौं, १८ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पृथ्वी जयन्तीका दिन सार्वजनिक बिदा दिन सरकारसँग माग गरेको छ । आइतबार बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पुस २७ (पृथ्वी जयन्ती) मा...

दिल्लीका सबै विद्यालय बन्द

एजेन्सी, १६ मंसिर । भारतको राजधानी नयाँ दिल्लीका सबै विद्यालय अनिश्चितकालका लागि बन्द गरिएको छ । बिहीबार दिल्लीका वातावरण मन्त्री गोपाल रायले शहरको वायु प्रदूषण खराब बन्दै गएपछि शुक्रबारदेखि सबै विद्यालय बन्द गरिने बताएका हुन्...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्