शिक्षादीप कलेजका विद्यार्थीले उडाए ‘वाटर रकेट’, बुधबारबाट सुरू भयो ६ दिने कार्यशाला

 न्यूज विराट
शिक्षादीप कलेजका विद्यार्थीले उडाए ‘वाटर रकेट’, बुधबारबाट सुरू भयो ६ दिने कार्यशाला

विराटनगर । पानी र हावाको मिश्रणको चापबाट चल्ने ‘वाटर रकेट’ तयार हुँदा विराटनगरस्थित शिक्षादीप कलेजका ७ जना विद्यार्थीको अनुहारमा बेग्लै चमक देखियो । कक्षा १२ मा विज्ञान संकाय लिएर अध्ययन गर्दै आएका आयुष ठाकुर, रितेस भट्टराई, राहुल ठाकुर, प्रशान्त झा, सिमृका तिमल्सिना, संस्कृति कर्ण र सिवाङ्का भगतले लामोसमयसम्मको खोज र अनुसन्धानपछि वाटर रकेट तयार पारे । उनीहरूले लामो समयसम्मको मेहनत बुधबारदेखि सुरू भएको विज्ञान सम्बन्धी ६ दिने कार्यशालामा वाटर रकेट देखाउँदा सहभागि भएका जनप्रतिनिधी, प्रध्यापक, शिक्षक र विद्यार्थीहरू पनि दंग देखिन्थे ।

उनीहरुले ५० मिटर उचाइसम्म उडने वाटर रकेट बनाएको विद्यार्थी आयुष ठाकुरले बताए । वाटर रकेट प्रक्षेपणपछि उनले भने, ‘विज्ञान पढेको स्वाद त बल्ल पो आयो ।’ कार्यशालाले विज्ञान क्षेत्रमा नेपालले केही गर्न सक्ने सम्भावना देखाएको उनले सुनाए ।
शिक्षादीप कलेजले विज्ञान संकाय अध्ययरत विद्यार्थीहरुका लागि अन्तरिक्ष विज्ञानसम्बन्धी ६ दिने कार्यशाला बुधबारदेखि सुरु गरेको छ । रिसिक इनोभेसन्स अन्तर्गतको ‘द स्क्वाड अफ चेन्ज मेकर्स’ सँगको सहकार्यमा विज्ञान संकाय अध्ययनरत विद्यार्थीहरुका लागि कार्यशाला सुरु गरेको हो ।

विज्ञान बिषय अध्ययनरत ४ समुुहमा विभाजन गरेर कार्यशालामा सहभागी गराईएको कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्काले जानकारी दिए । कार्यशाला सकिएपछि विद्यार्थीहरुले पाँच हजार फिट उड्ने रकेट बनाउने द स्कुवाड अफ चेन्ज मेकर्सका अध्यक्ष सुशील देव भट्टराईले बताए । फियुलमा सुगर प्रयोग गरेर बनाउने रकेट प्रतिसेकेण्ड ७० फिट स्पीटको प्रक्षेपण गरिएको उनले बताए । विद्यार्थीहरुले कार्यशालमा रोबोटिक्स, खगोल विज्ञान, रकेट साईन्स, स्याटेलाईट टेक्नोलोजी, उडड्यन प्रविधिसँग सम्बन्धित सैद्धान्तिक र प्रयोगात्मक ज्ञान आर्जन गर्नेछन् । पौष २ गतेसम्म चल्ने कार्यशालमा विद्यार्थीहरुलाई ६ दिनसम्म क्रमशः पहिलो दिन सैद्धान्तिक र दोश्रो दिन प्रयोगात्मक कक्षामा सहभागी गराउने तयारी कलेजले गरेको छ । कार्यशालामा विद्यार्थीहरुले ११० मिलिमिटरको अमेच्योर रकेट, १ यूनिटको क्युब स्याटेलाईट र ३ किलोमिटर रेन्ज भएको रिमोट कन्ट्रोल प्लेन बनाउन सिक्नेछन् । खगोलशास्त्रको अन्तिम दुईदिने कार्यशालामा विद्यार्थीहरुलाई छुद्र ग्रह पत्ता लगाउन तथा आकाशको म्यापिङ गर्न समेत सिकाईने बताईएको छ ।


‘विद्यार्थीले किताबी ज्ञान र आउट नलेज व्यवहार्रमा उतारेका छन् । वाटर रकेट बनाएर उडाउँदा छुट्टै आनन्द हुँदो रहेछ,’ कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्काले भने, ‘अब यस्ता गतिविधि निरन्तर गरेर विज्ञान सिकाइ प्रभावकारी बनाउनु आवश्यक छ ।’ कार्यशालाले विद्यार्थीलाई नयाँ ढंगले सोच्न सहयोग पुग्ने उनले बताए । कार्यशालाले विद्यार्थीको सीप अभिवृद्धि गरी आत्मविश्वास जगाएको उनले बताए ।
कार्यशालाको उद्घाटन गर्दै विराटनगर महानगरपालिकाका मेयर नागेश कोईरालाले विद्यार्थीहरुले आफुसँग भएको अवसरलाई सदुपयोग गर्न सिक्नुपर्ने बताए । कार्यक्रममा पूर्वाञ्चल विश्व विद्यालयका उपकुलपति प्राडा यादवराज कोइराला, कलेजका अध्यक्ष तथा प्रदेश सांसद भिम पराजुलीलगायले विद्यार्थीहरुले सिकेको कितावी ज्ञान व्यवहारमा उतार्नुपर्नेमा जोड दिए ।
मोरङमै पहिलोपटक आयोजना गरिएको यसप्रकृतिको कार्यशालाका लागि ९ जना विज्ञको टोली विराटनगर आएका छन् । विश्वबजारमा प्रतिस्पर्धा गर्नसक्ने दक्ष जनशक्ति उत्पादनमा समेत कार्यशालाले महत्वपूर्ण भुमिका खेल्ने बताईएको छ ।

सम्बन्धित समाचार

प्रदेश १ बाट थप २४ जना कोरोना मुक्त, एक जना संक्रमित थपिए

विराटनगर, २ साउन–प्रदेश १ मा आज २४ जना डिस्चार्ज भएका छन् । पूर्वाञ्चल विश्वविद्यालय कोभिड १९ आईसोलेसन अस्पतालमा उपचाररत २१ जना, उद्योग बाणिज्य संघ, फुङलिङ ताप्लेजुङ अस्थाई केन्द्रमा उपचाररत २ जना र जिल्ला अस्पताल अस्थाई...

कक्षा १२ को नतिजा सार्वजनिक, पोखरीया स्कुलका ७६ प्रतिशत विद्यार्थी उत्तीर्ण

विराटनगर । विराटनगर – ३ मा रहेको पोखरीया माविको कक्षा १२ को परीक्षामा ७५.४५ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका छन् । राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार सार्वजानिक गरेको नतिजा अनुसार पोखरीयाबाट ३ सय ३३ जना विद्यार्थीले दिएको...

टि–२० क्रिकेट प्रतियोगिता, मोरङ र आयोजक मिल्स क्रिकेट विजय

विराटनगर । विराटनगरमा सुरु भएको प्रदेश स्तरीय टि– २० क्रिकेट प्रतियोगितामा मोरङ जिल्ला र आयोजक मिल्स क्रिकेट क्लब एन्ड एकाडेमी विजय भएको छ ।विराटनगरको गिरजा प्रसाद कोइराला वैजनाथपुर क्रिकेट मैदानमा बुधबार भएको खेलमा मोरङले उदयपुर...

रोटरी क्लब अफ विराटनगर डाउनटाउनद्वारा स्कूललाई डेस्क/बेन्च वितरण

विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले मोरङको जहदा गाउँपालिकाको एक विद्यालयलाई डेस्क÷बेन्च वितरण गरेको छ । बाल दिवसको अवसर पारेर डाउनटाउनले जहदास्थित श्री जनता बाल आधारभूत विद्यालयलाई डेस्क/बेन्च वितरण गरेको हो । विद्यार्थीको अध्ययनमा...

भारतीय सीमामा थप कडाइ, लुकिछिपी नेपाल छिर्नेलाई कारबाही गर्ने निर्णय

काठमाडौं, २१ वैशाख-कारागार, विकास निर्माण आयोजनालगायतका महत्त्वपूर्ण संरचना सुरक्षाको जिम्मा नेपाली सेनालाई दिएर त्यहाँ खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई सिमामा पठाइने भएको छ । आइतबार गृहमन्त्री रामबहादुर थापा 'बादल'को उपस्थितिमा गृह मन्त्रालयमा बसेको बैठकमा...

विराटनगरमा सयौँ मारवाडी समुदाय एमालेमा प्रवेश

विराटनगर, १६ पुस । विभिन्न पेशा व्यवसायमा क्रियाशील रही राजनीतिक दलहरुमा असंलग्न रहँदै आएका मारवाडी समुदायका सयौँ अगुवाहरु नेकपा (एमाले) मा प्रवेश गरेका छन् । नेपाल वामपन्थी मारवाडी युवा संगठनको अगुवाईमा सयाँ मारवाडी समुदायका अगुवाहरु...

कृष्णबहादुर गिरि ‘सिद्धबाबा’ लाई पूपक्षका लागि झुम्का कारागार पठाइयो

विराटनगर, फागुन २०–एक महिलालाई बलात्कार गरेको अभियोग लागेका सुनसरीको चतराधामका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई अदालतको आदेश अनुसार प्रहरीले पुर्पक्षका लागि थुनामा राख्न झुम्का कारागार पठाइएको छ । उच्च अदालत विराटनगरले गत माघ ९ गते गिरीलाई...

नयाँ चाटर्ड एकाउन्टेट्स ऐन जारी गर्न अडानको माग

काठमाडौं, माघ २६–नेपाल अडिटर्स एसोसीएसन (अडान)ले नयाँ चाटर्ड एकाउन्टेट्स ऐन जारी गर्न सरकारसँग माग गरेको छ । यही २४ र २५ माघमा काठमाडौंमा बसेको अडान केन्द्रीय समिति बैठकले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स ऐन, २०५३ को व्यापक...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्