सीमा क्षेत्रमा गोली प्रहार, विराटनगरका निर्दोष संग्रौला घाइते
सोमबार, २५ मंसिर, २०८०,
न्यूज विराट
विराटनगर । नेपाल–भारत सीमा क्षेत्र दशगजामा विराटनगरका एक जना युवामाथि गोली प्रहार भएको छ । आइतबार साझ ५:४० बजे गोली लागेर विराटनगर ८ मधुमाराका २७ वर्षीय निर्दोष संग्रौला घाइते भएका हुन् ।
विराटनगर १६ दक्षिण गेटदेखि पारी भारतीय भुमिमा अज्ञात समूहले गोली प्रहार गरेको उनले बताएका छन् । उनको बाँया तिघ्रामा गोली लागेको छ । घाइते भएका संग्रौलाको उपचार विराटनगरस्थित कोशी अस्पतालको आकस्मिक कक्षमा भइरहेको छ । ‘उपभोग्य खाद्यबस्तु खरिदको लागि जोगवनी गएको थिए । साझमा घर फर्किदै थिए । जोगवनीदेखि उत्तर रेलको स्टेशनदेखि माथितिर दक्षिणगेटबाट विराटनगर जाँदै थिए । तेही बिचमा ६ जना केटाहरुसँग भेट भयो । केहीबेर भनाभन भयो र म माथि गोली हानिदयो,’ कोशी अस्पतालमा उपचार गराइरहेका घाइते संग्रौलाले भने ।
कोशी अस्पतालको मेडिकल अपिसर डाक्टर तुलसी गोइतले एक्स–रे गर्दा तिघ्रमा बुलेट जस्तो देखिएको बताए । ‘तिघ्राभन्दा तला पाटमा स्याडो देखिएको छ । यो भनेको फोरेन बडी हो । बुलेट जस्तो पनि देखिएको छ । तिघ्रादेखि तला फेक्चर पनि भएको छ । यो बुलेटको फोर्ज लागेर पनि हुनसक्छ,’ उनले भने, ‘इनसिजर गरेर निकालेपछि मात्र कनफम गर्न सकिन्छ ।’
यता मोरङ प्रहरीका प्रवक्ता डिएसपी रन्जन कुमार दाहालले दशगजा क्षेत्रमा नभएर भारतीय भूमितिर गोली चलेको हुनसक्ने बताए । ‘दशगजामा भएको भए प्रहरीलाई थाहा हुने थियो । हामीले पनि विरामी हस्पिटल आएपछि मात्र थाहा पाएका छौं । घटना विषय अनुसन्धान भइरहेको छ,’ उनले भने ।
काठमाडौं, असार १७ । पूर्वमहान्यायाधिबक्त तथा बरिष्ठ अधिबक्ता अग्नि खरेलले प्रधानमन्त्री नियुक्ति प्रकरण र प्रतिनिधिसभा बिघटनबिरुद्ध परेको रिट सर्वाेच्च अदालतले यसअघि गरेको फैसलाकै आधारमा खारेज हुने तथ्य राख्नुभएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवरा नेतृत्वको संबैधानिक...
काठमाडौं, ११ जेठ-गृहमन्त्रालयले भोलि इदको सार्वजनिक विदा दिने भएको छ । मुस्लिम समुदायको महान पर्व इद उल–फित्रका अवसरमा दिइने सार्वजनिक बिदा सरकारले सच्याएको हो । यसअघि सरकारले ११ जेठमा इदको इदको बिदा दिने घोषणा गरेको...
नेपाल आउनका लागि सीमा नाकामा भारततर्फ रहेका २१ सय नेपाली क्वारेन्टाइनमा राखिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गर्दै २१ सय नेपाली भारतीय क्वारेन्टाइनमा रहेको जानकारी गराएका हुन् । त्यस्तै, ७ सय भारतीय...
विराटनगर । प्रतिबन्धित लागूऔषधसहित १७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । मोरङको बुढीगंगा गाउँपालिका – २ टंकिसिनवारीबाट चेकजाँचको क्रममा प्रतिबन्धित लागूऔषधसहित १७ जनलाई प्रहरीले आज दिउँसो पक्राउ गरेको हो । पक्राउ परेका मध्ये पाँच जनाको...
चितवन, २१ साउन-३ वर्षअघि बाढीले बगाएर भारत पुर्याएको एउटा गैँडाको उद्धार गरिएको छ । नवलपरासीको बर्दघाट सुस्तापश्चिम नर्सहीमा आएको अवस्थामा सो गैँडालाई उद्धार गरिएको हो । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत नारायण रुपाखेतीका अनुसार...
विराटनगर । विराटनगर – ५ का २८ वर्षीय रोहित चौधरीको हत्या प्रकरणमा प्रहरीले थप तीन जनालाई पक्राउ गरेको छ । रोहितको हत्या गर्न पेस्तोल उपलब्ध गराउने अवैध हतियार कारोबारी र खुकुरी देखाएर लुटपाट गर्ने थप...
विराटनगर । विराटनगरस्थित मानव सेवा आश्रमको भवन निमार्णको लागि समाजसेवी उद्योगी दिनाबन्धु गोयलले ५ लाख ११ हजार १ सय ११ रुपैयाँ आर्थिक सहयोग गरेका छन् । आश्रममा मंगलबार एक कार्यक्रम आयोजना गरि भवन निमार्णको लागि...
विराटनगर । सुदुरपश्चिमको एनबी ग्रुप धनगढीले प्रथम ऋचा मेमोरियल टी – २० क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ । दिल्ली युनाईटेडमाथि सुदरपश्चिमले तीन रनको रोमान्चक जित हात पारेको हो । लगातार तीन खेलमा सुदुरपश्चिमले पहिलो...