पत्रकार प्रेम देवानमाथि आक्रमण गर्नेलाई कारबाहीको माग
बिहिबार, २१ मंसिर, २०८०,
न्यूज विराट
विराटनगर । पत्रकार प्रेम देवानमाथि विराटनगरमा एक समूहले आक्रमण गरेको छ । बिहीबार दिउँसो विराटनगर महानगरपालिकामा बाहिर मोरङको धनपालथान गाउँपालिका रमेश मण्डलसहितको समूहले उनलाई आक्रमण गरेका हुन् ।
विराटनगर–७, सातघुम्तीमा बुधबार भएको आगलागी नियन्त्रणमा स्थानीय सरकारको भूमिका कमजोर भएको भन्दै पीडित पक्षले गरेको आन्दोलनमा समाचार सङ्कलनका लागि पत्रकार देवानलाई बोलाइएको थियो । फेसबुक स्टाटसको विषयलाई लिएर आफूलाई आक्रमण गरिएको पत्रकार देवानले बताए ।
‘आन्दोलनको समाचार लेख्न बारम्बार फोन गरेर बोलाए । समाचार सङ्कलन गर्न पुगेपछि अज्ञात समूहले आक्रमण ग¥यो,’ उनले भने ।
आक्रमणबाट पत्रकार देवाको बायाँ हातमा चोट लागेको छ । आक्रमण गर्ने विरुद्ध पत्रकार देवानले जिल्ला प्रहरी कार्यालय मोरङमा उजुरी दिएका छन् ।
उजुरी दिएपछि मोरङ प्रहरीले पत्रकार देवानलाई आक्रमण गर्नेको खोजी कार्य जारी राखेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जन कुमार दाहालले जानकारी दिए ।
यसैबिच पत्रकार देवानलाई आक्रमण गर्नेलाई कारबाही गर्न पत्रकार सम्बद्ध संघसंगठनहरुले माग राखेका छन् । नेपाल पत्रकार महासंघ, प्रेस यूनियन, प्रेस चौतारी, प्रेस सेन्टर नेपाल, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) मोरङलगायत विभिन्न संघसंगठनले पत्रकार देवानलाई आक्रमण गर्नेलाई पक्राउ गरी कारबाहीका लागि माग राखेका हुन् ।
‘पत्रकारले कुनै पनि घटनाको विषयमा लेख्ने, रिपोर्टिङका लागि छायाङ्कन गर्ने तथा अन्तर्वार्ता लिने स्वतन्त्रता संविधानले नै दिएको छ । संविधान प्रदत्त काम गर्ने क्रममा कानुन हातमा लिएर कुटपिटमा उत्रिने र लछारपछार गर्ने काम निन्दनीय छ । समाचार लेखेकै कारण पत्रकार देवानमाथि भएको आक्रमणलाई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हननको रूपमा लिएको छ,’ जारी विज्ञप्तिमा उल्लेख छ ।
विराटनगर । कोशी प्रदेशसभाको बैठक कात्तिक १ गतेका लागि बोलाइएको छ । प्रदेशसभा सचिवालयले आज एक सूचना जारी गर्दै कात्तिक १ गते बुधवार दिनको ११ बजेका लागि बैठक बस्ने सूचना जारी गरेको हो । सोही...
विराटनगर । मोरङको ग्रामथान गाउँपालिका २ पिडारमुनीमा सवारी दुर्घटनामा परी तीन जना घाइते भएका छन् । आज दिउँसो दुर्घटनामा परी कारमा सवार तीन जना घाइते भएका हुन् । ग्रामथान २ मा को १ त ६६६६...
काठमाडौं, ५ जेठ-कालिमाटी तरकारी बजारमा गरिएको कोरोना भाइरसको परीक्षणमा सबैको नतिजा नेगेटिभ आएको छ । जेठ १ गते झण्डै ६ सय १ जनामा आरडीटी र पीसीआर परीक्षण गरिएकोमा दुई जनाको आरडिटी परीक्षण पोजेटिभ आएको थियो ।...
विराटनगर, पुस ११–अनुयायी महिलालाई बलात्कारको आरोप लागेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीको आज बयान लिइएको छ । गिरीको बयान लिए पनि कार्यालय समय सकिएकाले थुनछेक बहस भने आइतबारका लागि तोकिएको छ । सरकारी वकिलमार्फत अदालतमा अभियोग...
विराटनगर । नेकपा एमालेको चितवनमा हुने १० औं महाधिवेशनमा प्रतिनिधित्व गर्ने प्रतिनिधि चयन गर्न मोरङमा कात्तिक २७ गते निर्वाचन हुने भएको छ । आज एमाले पार्टी कार्यालयमा बसेको बैठकले निर्वाचन मिति तय गर्दै विभिन्न जिम्मेवारीहरु...
आज देशका अधिकांश स्थानमा बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । अहिले...
एजेन्सी, जेठ २३-मलेरियाको औषधि हाइड्रोक्सिक्लारोक्विन कोरोना भाइरसका विरामीको उपचारमा घातक रहेको निष्कर्षसहितको अनुसन्धान प्रतिवेदन फिर्ता लिइएको छ । हाइड्रोक्सिक्लोक्विन औषधि कोरोना भाइरसका संक्रमितलाई दिएमा मृत्यु हुने वा मुटुमा समस्या आउने जोखिम रहेको सो प्रतिवेदनमा औल्याइएको...
विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले ड्रागनफुडका विरुवा रोपेको छ । क्लबले मोरङको जहदा गाउँपालिका–३ को विभिन्न स्थानमा ड्रागनफुडका विरुवा रोपेको हो । स्थानीय बाबुराम राजवंशी, कुलबहादुर गुरुङ र राजकिशोर भगतको खेतमा दुई सय...