नवराज विक हत्या प्रकरण : वडाअध्यक्षसहित २४ जनालाई जन्मकैद

 न्यूज विराट
नवराज विक हत्या प्रकरण : वडाअध्यक्षसहित २४ जनालाई जन्मकैद

विराटनगर । रुकुमपश्चिमको चौरजहारी नगरपालिका–८, सोती गाउँमा गैरदलित प्रेमिका भगाउन खोज्दा नवराज विकसहित ६ जनाको हत्या भएको मुद्दाको फैसला आएको छ। जिल्ला अदालत रुकुमका न्यायाधीश खड्गबहादुर केसीको इजलासले एकजना वडाअध्यक्षसहित २४ जनालाई जन्मकैदको सजाय सुनाएको हो।

आइतबारदेखि जारी अन्तिम सुनुवाइ मंगलबार सकिएपछि यस्तो फैसला आएको छ । सजाय पाउनेहरूमा वडाध्यक्ष डम्बरबहादुर मल्ल, डिल्ली मल्ल ठकुरी, प्रेमबहादुर ठकुरी, सन्तोष मल्ल, मानबहादुर मल्ल, टोपबहादुर मल्ल, तिलक चन्द, हर्कबहादुर मल्ल, विनोद मल्ल, नेत्रबहादुर मल्ल, रेशमबहादुर मल्ल, विष्णु मल्ल, इन्द्रबहादुर भन्ने इर्द ठकुरी, लिपेन्द्रकुमार मल्ल, धनराज राना, नवीनकुमार घर्ती मगर, विराज पुन मगर, भीमबहादुर पुन मगर, रमित पुन मगर, सर्वजित भन्ने सविन पुन र मोहन पुन मगर छन्। त्यसैगरी परिवर्तित नाम ५४, ३६ (१०) र (३) सहित तीनजनालाई पनि जन्मकैदको सजाय भएको छ।

उनीहरूलाई जातीय छुवाछुतको मुद्दामा दुई वर्ष कैद र ५० हजार रुपैयाँ जरिवानासमेत तोकिएको छ।
यो मुद्दामा अदालतले अन्य आठजनालाई भने सफाइ दिएको छ। त्यसैगरी अरु दुईजना नाबालकलाई जातीय छुवाछुतमा दुई वर्ष कैदको सजाय तोकिएको छ। यो मुद्दामा सफाइ पाउनेहरूमा तुलाराम घर्ती, डिल्ली घर्ती, क्यापे भनिने लोकेन्द्र घर्ती, सौरभ पुन, भीमबहादुर बुढा, इन्द्रबहादुर मल्ल, तुलबहादुर मल्ल र दीपेन्द्र चन्द रहेका छन्।

२०७७ जेठ १० गते जाजरकोटको भेरी नगरपालिका–४ रानागाउँका २१ वर्षीय नवराज विक आफ्ना साथीहरू लिएर मल्ल थरकी प्रेमिका भगाउन रुकुमपश्चिमको सोतीगाउँ पुगेका थिए। त्यस क्रममा सोती गाउँका गैरदलित बासिन्दाले आक्रमण गरी नवराजसहित ६ जनाको हत्या गरेका थिए। घटनामा १२ जना घाइते भएका थिए। सोती गाउँ गएका नवराजसहित उनका साथीहरू सन्दीप विश्वकर्मा, टीकाराम सुनार, लोकेन्द्र सुनार, गणेश बुढा र गोविन्द शाहीको सामूहिक हत्या गरिएको थियो। उनीहरूका शव भेरी नदीमा भेटिएका थिए। सबै शव संकलन गर्न २ साता लागेको थियो।

यसपछि नवराजका बुबा मुनलाल नेपालीले दिएको जाहेरीका आधारमा चौरजहारी–८ का तत्कालीन वडाध्यक्ष डम्बरबहादुर मल्लसहित ३४ जनाविरुद्ध २०७७ जेठ ३२ गते जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको थियो। तीमध्ये किशोरी नवराजकी प्रेमिकाकी आमा धरौटी र अन्य १० अभियुक्त सामान्य तारेखमा रिहा भएका थिए भने २३ जना पुर्पक्षका लागि कारागारमा थिए।

३४ अभियुक्तमध्ये ३३ जनालाई कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, जातीय भेदभाव र छुवाछूत कसुरको अभियोग छ भने एक जनालाई मतियार बनेको अभियोग थियो।

सम्बन्धित समाचार

चितवनकी ६३ वर्षीया महिलाले पनि जितिन् कोरोना

चितवन, ३० वैशाख-कोरोना संक्रमणपछि भरतपुर अस्पतालमा उपचाररत ६३ वर्षीया महिलाले पनि कोरोना जितेकी छिन् । २ पटकसम्म गरिएको स्वाब परीक्षणमा नेगेटिभ नतिजा आएको भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. श्रीराम तिवारीले जानकारी दिए । पूर्वी...

प्रदेश ५ को बजेट ३६ अर्ब ३५ करोड

रुपन्देही, १ असार-प्रदेश ५ ले आगामी आर्थिक वर्षका लागि ३६ अर्ब ३५ करोड २५ लाख रुपैयाँको बजेट विनियोजन गरेको छ । प्रदेश मुख्यमन्त्री तथा आर्थिक मामिला तथा योजनामन्त्री शंकर पोखरेलले आगामी आर्थिक वर्षका लागि चालूको...

प्रेस यूनियन मोरङको अध्यक्षमा पौडेल निर्वाचित

विराटनगर । नेपाल प्रेस यूनियन मोरङको अध्यक्षमा बेदराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार सम्पन्न भएको निर्वाचनको मत परिमाण अनुसार पौडेलले ६७ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धाी सुशिला पाठकले ६१ मत...

विराटनगरमा २९ जना सहित प्रदेश १ मा आज ८३ संक्रमित थपिए

विराटनगर, १ भदौ|प्रदेश १ सोमबार ८३ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ४४, सुनसरीमा ३१, झापामा ७ र प्रदेश १ बाहिरका १ जनामा कोरोना पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा...

मेयर राजवंशीले गरे महोत्सवको अवलोकन, सुनवर्षीका कृषकको स्टल निरिक्षण

विराटनगर, २३ माघ । मोरङको सुनवर्षी नगरपालिकाका मेयर श्यामप्रसाद राजवंशीले उर्लाबारी महोत्सवको अवलोकन गरेका छन् । मंगलबार महोत्सवस्थलमै पुगेर मेयर राजवंशीले अवलोकन गरेका हुन् । उनले सुनवर्षीका स्थानीय कृषक प्रदिप रायमाझिले महोत्सवमा राखिएको स्टलको समेत...

विराटनगर ट्रक व्यवसायी संघमा विवाद, गणपूरक संख्या नपुगेपछि अधिवेशन स्थगित

विराटनगर । विराटनगर ट्रक व्यवसायी संघको १७ औं अधिवेशन तथा ३३ औं साधारणसभा गणपूरक सदस्य संख्या नपुगेपछि नयाँ नेतृत्व चयन नभई स्थगित भएको छ।शुक्रबार विराटनगरको एयरपोर्ट मोडस्थित एक होटलमा भएको साधारणसभामा कुल सदस्य संख्या २५१...

नेकपा स्थायी कमिटी : एमसीसीसहित ४ विषयमा हुँदैछ छलफल

काठमाडाैं, १० असार-सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सहित ४ वटा एजेन्डामा छलफल हुने भएको छ । कोभिड–१९ उपचार, रोकथाम तथा नियन्त्रण, उपचारसहित, नेपालको सीमा समस्या र...

नारायणगढ-मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालन

काठमाडौं, २२ वैशाख-नारायणगढ-मुग्लिन सडकखण्ड एकतर्फी रूपमा सञ्चालनमा आएको छ । वर्षाका कारण माथिबाट पहिरो आएर सो सडकखण्ड पूर्णरुपमा अवरुद्ध  भएको थियो । अवरुद्ध भएको सो सडकखण्ड ४० मिनेटपछि एकतर्फी रुपमा सञ्चालनमा आएको र थप पहिरो...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्