यातायातमा ६२ करोड भ्रष्टाचार प्रकरण : तत्कालीन प्रमुखसहित पाँच जना गए कारागार

 न्यूज विराट
यातायातमा ६२ करोड भ्रष्टाचार प्रकरण : तत्कालीन प्रमुखसहित पाँच जना गए कारागार

विराटनगर । राजस्व रकम हिनामिनासम्बन्धी मुद्दामा दोषी ठहर भएर कैद सजाय तोकिएका यातायात कार्यालयका पाँचजना पूर्वकर्मचारी पक्राउ परेका छन्।
यातायात व्यवस्था कार्यालय सवारी, कोशी इटहरीका तत्कालीन प्रमुख नयराज नेपाल र लेखापाल मणिराज दाहालसहित पाँचजनालाई जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले सोमबार पक्राउ गरेको हो।

नेपाल र दाहालसहित कर्मचारीहरू कुमारबहादुर कटुवाल, टीकाराम अधिकारी र देवराज नेपाललाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रञ्जनकुमार दाहालले जानकारी दिए। पक्राउ परेका उनीहरूलाई अदालतमा उपस्थित गराएर कैद सजाय भुक्तानका लागि जिल्ला ‍कारागार कार्यालय मोरङमा चलान गरिएको उनले बताए।

उनीहरूलाई विशेष अदालतले २०७९ चैत ८ गते भ्रष्टाचार ९राजश्व रकम हिनामिना० कसूरमा दोषी ठहर गर्दै जरिवाना र सजाय तोकेको थियो। उक्त मुद्दामा तत्कालीन कार्यालय प्रमुख नेपाललाई ८ वर्ष कैद र १२ करोड ३५ लाख २९ हजार ३४२ जरिवाना तोकेको थियो। लेखापाल दाहालललाई ७ वर्ष ११ महिना २३ दिन कैद र ४ करोड ३४ लाख ५ हजार ५९४ जरिवानाको फैसला विशेषले सुनाएको थियो। कटुवालललाई ६ वर्ष कैद र १ करोड १ लाख ६५ हजार ८१२ जरिवाना, अधिकारीलाई ९ वर्ष कैद र २८ करोड १५ लाख ९३ हजार ८८४ रुपैयाँ जरिवाना सुनाइएको थियो। उता देवराज नेपाललाई ८ वर्ष ६ महिना कैद र २२ करोड ४५ लाख २७ हजार ६७६ रुपैयाँ जरिवानाको फैसला भएको थियो।

उनीहरुबाट जम्मा ३९ वर्ष ५ महिना २३ दिन कैद र ६८ करोड ३२ लाख २२ हजार ३०८ रुपैयाँ असुल गर्न बाँकी थियो। यातायात व्यवस्था कार्यालय सवारी, कोशी इटहरीले आर्थिक वर्ष २०६९र०७० र २०७०र०७१ मा भएको ८ करोड ९६ लाख १७ हजार ६२ रुपैयाँ राजस्व हिनामिना र आ.व. २०७१– ०७२, २०७२– ०७३ र २०७३–०७४ फागुन मसान्तसम्म भएको ६१ करोड २१ लाख २८ हजार ५५५ रुपैयाँ राजस्व हिनामिनाको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई मुद्दा विशेष अदालतमा दायर गरेको थियो।

राजस्व हिनामिना मुद्दामा यातायात व्यवस्था कार्यालय सवारी, कोशीका चारजना उपसचिवसहित ११ जना कर्मचारीलाई विशेष अदालतले कैद सजाय सुनाएको थियो। कैद तोकिएपछि उनीहरू सबै फरार थिए।

सम्बन्धित समाचार

विराटनगरमा फुड बैंक सञ्चाल

विराटनगर,२३ जेठ । निषेधाज्ञाको अवधिमा गरीव समुदायका व्यक्त्तिलाई आवश्यक खाद्यान्न उपलव्ध गराउन विभिन्न छ बटा संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत आजदेखि विराटनगर–५ मा फुट बंैक सञ्चालनमा ल्याएका छन् । नटराज एग्रो भेट,शिखर अर्गनाइजेशन, तुलसी मोटर पम्प,...

विराट एक्स्पोको तयारी पुरा, ३६१ वटा स्टल रहने

विराटनगर । सातौं संस्करणको विराट एक्स्पोको तयारी पुरा भएको छ । मंसिर २९ देखि पुस ६ गतेसम्म विराटनगर महानगरपालिका–१४ स्थित डिग्री क्याम्पस (पुरानो हवाई फिल्ड)मा हुन लागेको एक्स्पोको तयारी पुरा भएको आइतबार पत्रकार सम्मेलन गरी...

प्रदेश १ मा कामदारका लागि दक्षता परियोजना सुरु हुँदै

विराटनगर, २३ पुस-प्रदेश १ मा कामदारको शिप विकाससँगै उनिहरुको दक्षता अभिबृद्धि गरिने भएको छ । कामदारमा दक्षता अभिबृद्धि गरि स्वरोजगार बनाउने उदेश्यले प्रदेश १ मा परियोजना स्ुरु हुन लागेको हो । कृषि, पर्यटन र निर्माण...

विराटनगरमा ९ सहित प्रदेश १ मा १२८ जनामा कोरोना संक्रमण

विराटनगर, ३ फागुन । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १२८ जनामा कोरोना संक्रमण भएको छ । ४५३ जनाको पीसीआर परीक्षण गर्दा ६१ र ४१६ जनाको एन्टिजेन परीक्षण गर्दा ६७ जनामा संक्रमण देखिएको सामाजिक विकास...

उत्कृष्ट हुने विद्यार्थीलाई ग्रेडेड स्कुलको पुरस्कार

विराटनगर । विराटनगर – ८ हाट्खोलामा रहेको ग्रेडेड स्कुलले २०७९ सालमा आयोजना भएको विभिन्न क्रियाकलामा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कार वितरण गरेको छ । स्कुल परिसरमा एक कार्यक्रम आयोजना गरी उत्कृष्ट हुने विद्यर्थीहरुलाई पुरस्कार वितरण गरेको...

गौतम बुद्ध स्कुलमा ‘फन फेस्टा’ र सांस्कृतिक कार्यक्रम

विराटनगर। विराटनगरस्थित गौतम बुद्ध स्कुलले ‘फन फेस्टा’ र विज्ञान प्रर्दशनी कार्यक्रम आयोजना गरेको छ । स्कुल परिसरमा शनिबार एक भव्य कार्यक्रम आयोजना गरी फन फेस्टा, सांस्कृतिक कार्यक्रम र विज्ञान प्रर्दशनी कार्यक्रम आयोजना गरेको हो ।स्कुलमा...

कोरोना खोप समयमै निःशुल्क उपलब्ध गराउन छलफल

उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोनाविरुद्धको खोप ल्याउने कार्यको प्रगति विषयमा विभिन्न मन्त्री र सचिवसँग आज छलफल गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका मन्त्री पोखरेलले आज गृह, अर्थ, परराष्ट्र, सामान्य प्रशासन तथा संघीय मामिला, स्वास्थ्य तथा...

उद्योग वाणिज्य महासंघको निर्वाचन मिति र मोडालिटी तय गर्न समिति गठन

काठमाडौं, २१ साउन-नेपाल उद्योग वाणिज्य महासंघले साधारणसभाको मिति तय गर्नका लागि समिति गठन गरेको छ । महासंघको कार्यकारिणी समितिको भर्चुअल बैठकले ५४ औं वार्षिक साधारणसभा र निर्वाचनको मिति र मोडालिटी तयार गरी सुझाव पेश गर्न...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्