एमबिबिएसमा पूर्ण छात्रवृत्तीमा नाम निकाल्ने ८ जना विद्यार्थीलाई ग्रिनल्याण्डको सम्मान
मङ्गलबार, १९ मंसिर, २०८०,
न्यूज विराट
विराटनगर । विराटनगरस्थित ग्रिनल्याण्ड कलेजले २०८० सालको परीक्षामा एमबीबीएस परीक्षामा पूर्ण छात्रवृत्तिमा नाम निकाल्ने ८ जना विद्यर्थाीहरुलाई सम्मान गरेको छ । कलेज परिसरमा आज एक कार्यक्रमको बीच ८ जना विद्यार्थीहरुलाई सम्मान गरेको हो ।
कलेजका ईसान सिंह यादब, अमित यादब, रोहन कुमार प्रभाकर, सबिना चौधरि, अनमोल झा, कृपा खड्का, शत्रुधन साह र आकृति बस्नेतलाई कलेजले सम्मान गरेको छ । उनीहरुले एमबीबीएस अध्ययनको लागि पूर्ण छात्रवृत्तीमा नाम निकाल्न सफल भएकोले कलेजले सम्मान गरेको कलेजले जनाएको छ । उनीहरुलाई विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालाले कदर पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
एमबीबीएसमा पूर्ण क्षेत्रवृत्तिमा नाम निकाल्ने विद्यार्थी अमित यादबले कडा मेहनतको कारणले आज सफलता मिलेको बताए । लगनशील भएर अध्ययन गर्दा एक दिन सफलता मिल्ने उनले बताए। लक्ष्य लिएर पढदा एमबिबिएसमा नाम निकाल्न सफलता मिलेको उनले बताए । ‘कक्षा कोठा र घरमा नियमित १५ घण्टा पढदा एक दिन सफलता मिल्छ,’ उनले भने । यसैगरी एमबीबीएमा पूर्ण छात्रवृत्तीमा नाम निकाल्ने अर्का छात्रा कृपा खड्का शिक्षकहरूले पढाइको र हाम्रो मेहनतको कारणले सफलता मिलेको सुनाइन् ।
कार्यक्रममा विराटनगर महागनरपालिका प्रमुख नागेश कोइरालाले विराटनगर शैक्षिक हबको रुपमा बिकास भईरहेको बताए । अहिले युवा जनशक्ति बिदेश पलायन भइरहेको जानकारी दिदै युवा पलायन रोक्न अबको शिक्षा रोजगारमुखी शिक्षा हुनुपर्नेमा जोड दिए । उनले आजको आवश्यकता प्राविधिक शिक्षा जरुरी भएको बताए । प्राविधिक ज्ञान भएका विद्यार्थी वेरोजगार बस्न नपर्ने भएकोले अबको प्राविधिक शिक्षामा जोड दिनुपर्ने उनले बताए ।
विराटनगर, १ पुस । नेकपा (एमाले) मोरङको नवौं जिल्ला अधिवेशन आगामी पुष २३ र २४ गते विराटनगरमा हुने भएको छ । बिहिबार बसेको नेकपा (एमाले) मोरङको बैठकले केन्द्रीय सर्कुलर अनुसारनै आगमी पुष २३ र २४...
विराटनगर, वैशाख २१–प्रदेश १ मा ७ हजार २ सय ७२ जनाको कोरोना परीक्षण भएको छ । आइबारसम्म द्रूत परीक्षण विधि (आरडिटी) र ल्याबमा गरिने परीक्षण (पिसिआर) बाट यो संख्यामा कोरोना परीक्षण भएको हो । मुख्यमन्त्री...
काठमाडौं, २० साउन-प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ को महामारीका बीचमा केन्द्रीय कमिटी बैठक बोलाउन माग राखेर गैरजिम्मेवारी प्रदर्शन गरिरहेको बताएका छन् । बालुवाटारमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, जनता समाजवादी पार्टी नेपालका...
काठमाडौं, भदौ २ । लामो समयदेखि माधव नेपाललाई साथ दिँदै आएका हस्तीहरुले आजबाट औपचारिक रुपमा साथ छाडेका छन । नवौं महाधिवेशनदेखि नेकपाकाल हुँदै आजसम्म माधव नेपाललाई साथ दिँदै आउनु भएका एमालेका पदाधिकारी तथा स्थायी कमिटी...
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले पद तथा गोपनीयताको शपथ लिएका छन् । बुधबार साँझ प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख परशुराम खापुङले शपथ गराएका हुन् । यसअघि २१ असारमा मुख्यमन्त्री नियुक्त भएका थापाले सभामुखको...
विराटनगर, २० फागुन । उद्योगी, व्यापारी एवं करदाताहरुले आर्थिक ऐन–२०७७ ले दिएको छुट सुविधा उपयोग गर्न आन्तरिक राजस्व कार्यालय विराटनगरले अपिल गरेको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरंगको समन्वय र आन्तरिक राजश्व...
विराटनगर । राष्ट्रिय सौन्दर्यकर्मी यूनियन नेपाल (नाबुन) विराटनगर महानगर कमिटिले आफ्नो वार्षिकोत्सवको अवसरमा सामुदायिक विद्यालयकी एक जेहेन्दार छात्रालाई छात्रवृत्ति प्रदान गरेको छ ।विराटनगर २ स्थित जनता नमुना माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा आठकी छात्रा भारती कुमारी...