‘प्रहरी सँग विद्यार्थी’ कार्यक्रम (फोटो फिचर)

 न्यूज विराट
‘प्रहरी सँग विद्यार्थी’ कार्यक्रम (फोटो फिचर)

विराटनगर । इलाका प्रहरी कार्यालय रंगेलीले ‘प्रहरी सँग विद्यार्थी’ कार्यक्रम आयोजना गरेको छ । समुदाय–प्रहरी साझेदारी अवधारणा अन्तर्गत प्रहरी कार्यालयबाट प्रवाह हुने सेवामा सर्वसुलभ पहुँच, प्रहरी र नागरीक बिच सुमधुर सम्बन्धको विकास गर्ने उद्देश्यले प्रहरी सँग विद्यार्थी कार्यक्रम संचालन रहेको छ । उक्त कार्यक्रम अन्र्तगत इप्रका रंगेलीले मिनिलेण्ड अंग्रेजी मा.वि. का विद्यार्थीहरु माझ प्रहरीसँग विद्यार्थी कार्यक्रम राखेको हो ।

समुदाय–प्रहरी सम्बन्ध सुदृढिकरण गर्ने उद्धेश्य अनुरुप कार्यक्रम आयोजना गरिएको इलका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक बुद्धिराम चौलागाईले जानकारी दिए । “लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान” को सिलसिलामा इप्रका रंगेलीको आयोजना र मिनिलेण्ड अंग्रेजी मा.वि. को समन्वयमा “प्रहरीसँग विद्यार्थी” कार्यक्रम भएको हो ।
कार्यक्रममा विद्यालयका ७० जना छात्रा, शिक्षक, शिक्षिकाहरुको उपस्थिति रहेको थियो । सोही अवसरमा इप्रका रंगेली परिसर भित्र वृक्षारोपण पनि गरिएको छ । विभिन्न प्रजातिका एक सय बढी विरुवाहरु वृक्षारोपण गर्नुको साथै यस कार्यलयमा रहेको मानव मस्तिष्क आकारको पुस्तकालयमा विद्यालयको तर्फबाट २५ थान विभिन्न जीवनपयोगी पुस्तकहरु समेत थप गरिएको छ ।


सोहि कार्यक्रमको सिलसिलामा शिक्षक तथा विधार्थीहरुलाई यस कार्यालयको विभिन्न शाखाहरु अवलोकन गराई लैंगिक हिंसा, जबरजस्ति करणी, बालयौन दुरुपयोग जस्ता समस्याहरुको विषयमा उजुरी दिने माध्यम, प्रक्रिया, कानुनी व्यवस्था बारेमा प्रशिक्षण समेत प्रदान गरीएको थियो ।

सम्बन्धित समाचार

३५ दिन सीआईबीलाई विश्वास गरौं : गृहमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले ३५ दिनसम्म नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो ९सीआईबी० लाई विश्वास गर्न आग्रह गरेका छन् । एक क्विन्टल सुन प्रकरणमा सांसदहरुले उठाएका प्रश्नको मंगलबार संसदमा जवाफ दिने क्रममा गृमहमन्त्री...

कांग्रेसले गर्‍यो लकडाउन लागू भएको ५० दिनको समीक्षा

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले देशव्यापीरूपमा लकडाउन लागू भएको ५० दिनको अवधिको समीक्षा गरी यो अवधिमा एकातर्फ नेपाली जनताले कष्टकर दैनिकी बिताउनु परेको र अर्कातर्फ देशको अर्थतन्त्रले ठूलो क्षति व्यहोरिरहेको जनाएको छ । कांग्रेसका प्रवक्ता...

डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको यथावत

काठमाडौं, ३१ भदौ-नेपाल आयल निगमले पेट्रोलको मूल्य यथावत राख्दै डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर एक/एक रुपैयाँ घटाएको छ । निगमले बुधबार राति १२ बजेबाट लागू हुनेगरी मूल्य समायोजन गरेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए...

मेडिकल र इन्जिनियरिङमा अब्बल शिक्षादीप कलेज

विराटनगर । डाक्टर र इन्जिनियर अध्ययनको प्रवेश परीक्षा असाध्यै कठिनमध्येको एक हो र यसलाई जीवनको महत्वपूर्ण मोड पनि मानिन्छ । त्यसमा पनि छात्रवृत्ति कोटामा नाम निकाल्न ठूलै लगाव र मेहनतको आवश्यकता पर्छ । विद्यार्थीलाई शिक्षण...

रतुवामाईमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

विराटनगर, २३ जेठ । दक्षिणपूर्वी मोरङको रतुवामाईमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनवर्षी नगरपालिका—९ का २५ वर्षीय राजकुमार शर्मा रहेका छन् । रतुवामाइ–१ स्थित आमबारी–कुटुमगञ्ज सडकखण्डमा आइतबार साँझ मे...

आर्या न्यूरोमा पहिलो पटक ‘पाईका एन्युरीज्म क्लिपिङको’ सफल शल्यक्रिया

विराटनगर । विराटनगर – ३ कञ्चनबारीस्थित आर्या न्यूरो हस्पिटलमा पहिलो पटक ‘पाईका एन्युरीज्म क्लिपिङ’ को सफल शल्यक्रिया भएको छ । मुटुमा आरएचडि रियूम्याटिक हर्ट डिजिटको कारणले मस्तिष्क भित्र हुने पाईका एन्युरीज्म क्लिपिङको आर्या न्यूरो हस्पिटलमा...

थप २०१ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २ हजार ३०० पुग्यो

काठमाडौं, २१ जेठ-बुधबार थप २ सय १ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले नेपालमा थप २ सय १ जनामा कोरोना संक्रमण...

नेपाली भूमिबाट भारतीय सेना हटाउन राप्रपाको माग 

काठमाडाैं, ३२ जेठ-राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नेपाली भूमिबाट भारतीय सुरक्षाकर्मी हटाउने प्रक्रिया थाल्न सरकारसँग माग गरेको छ । आइतबार पार्टी अध्यक्ष पशुपति शमशेर राणाको अध्यक्षतामा बसेको केन्द्रीय सचिवालय कार्यव्यवस्था समितिको बैठकले भूमि फिर्ताका लागि बाँकी...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्