रोग लाग्न नदिन जीवन शैली परिवर्तन गरिनुपर्नेमा जोड
आइतबार, १७ मंसिर, २०८०,
न्यूज विराट
विराटनगर । रोग लाग्न नदिन जिवन शैलीमा परिवर्तन ल्याउनुपर्ने एक कार्यक्रममा स्वास्थ्यकर्मीहरुले बताएका छन् । विराटनगरमा आइतबार भएको नसर्ने रोगहरुको रोकथाम र नियन्त्रणकालागि वहुक्षेत्रिय कार्ययोजना सम्वन्धि कार्याशाला गोष्ठिलाई बोल्दै सहभागि चिकित्सकहरुले यस्तो बताएका हुन् ।
उनीहरुले सर्ने रोगबाट भन्दा पनि नसर्ने रोगबाट मानिस धेरै विरामी पर्न थालेको बताए । त्यसैले रोकबाट बच्नको लागि खानपीन र जीवनशैलीमा ध्यान दिनुपर्ने उनीहरुले बताए । कार्यक्रममा बोल्दै स्वास्थ्य सेवा विभागका महानिर्देशक डाक्टर संगीता कौशल मिश्राले सुर्तिजन्य पदार्थको सेवनकै कारण क्यान्सर तथा विभिन्न प्रकारका रोग लग्ने गरेको बताइन् । ‘६० प्रतिशत मानिसहरु अहिले कुनै न कुनै रोगबाट ग्रसित भएका छन्,’ उनले भने, ‘सूर्तीजन्य पद्धार्थ रोक्न सकेमात्र भनेपनि धेरै रोगबाट बच्न सकिन्छ । त्यसैले हामीले खानपीन र जीवन शैली परिवर्तन ल्याउन जरुरी रहेको छ ।’ अवस्थकर खानपीनको कारणले धेरै रोगहरु निम्याउने गरेको उनले बताइन् । विराटनगर महानगरपालिलका स्वास्थ्य माहाशाखा प्रमुख हैदर अलिेले विराटनगर महानगरपालिकाले नसर्ने रोग रोकथाम र नियन्त्रणका लागि डेढ करोड भन्दा वढि वजेट छुटयाएता पनि त्यो वजेट अपुग रहेको बताए । कार्यक्रममा विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले महागनरपालिकाले स्वास्थ्य क्षेत्रलाई प्रमुख प्राथमिक्तामा राखेर काम गरिरहेको बताए । उनले अहिले विभिन्न प्रकारका रोगहरुको महामारी फैलिरहेकाले त्यसको नियन्त्रणका लागि तीनै तहको सरकार विच समन्वय आवश्यक रहेको बताए । केन्द्र सरकारले स्वास्थ्य क्षेत्रका लागी वजेट वनाउदा स्थानियतहको आवश्यकतामा ध्यान दिनुपर्ने उनको भनाई थियो । स्वास्थ्य क्षेत्रकालागि केन्द्रिय सरकारले स्थानियतह संग समन्वय गर्दै एकै प्रकारको निति ल्याउनु पर्नेमा उनले जोड दिए । महानगर प्रमुख कोइरालाले विभिन्न रोग लाग्न नदिन जिवन शैलीमा परिवर्तन ल्याउन आवश्यक रहेको बताए । मान्छेको आयु वढाउन स्वथ्य खानपान, नित्य व्यायाम , सरसफाइ तथा वतावरण संरक्षणमा जोड दिनु जरुरी रहेको उनको भनाई छ ।
कार्यक्रममा विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजेन्द्र पराजुलीले क्यान्सर, मधुमेह, उच्च रक्तचापतथा स्वास प्रस्वास जस्ता नसर्ने रोगको व्यवस्थापनमा जोड दिए । सिमित साधनश्रोतका वावुजुदपनि महानगरपालिकाले नसर्ने रोगको सहज उपचारकाका निम्ति वजेट विनियोजन गरेको वताए । कार्यक्रममा विराटनगर महानगरपालिकाका वडाध्यक्षहरु काजीबहादुर बस्नेत,वासु वहादुर वस्नेत, सुर्यलाल यादव, तिर्थेन्द्र न्यौपाने,कुमार पोखरेल तथा जितेन्द्र साह लगायत विभिन्न वडाका वडाअध्यक्ष तथा स्वास्थ्य शाखाका कर्मचारीहरुको सहभागित रहेको थियो ।
काठमाडौं, १४ कात्तिक-नेपालसहित विश्वभर इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मदको १४९५ औँ जन्मोत्सव आज मनाइँदै छ । ‘मोहम्मद डे’ पनि भनिने आजको दिनमा मुस्लिम समुदायले र्याली निकाल्ने, मस्जिदहरूमा कुरान पाठ गर्ने, उनका उपदेश स्मरण गर्ने, सामूहिक...
धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भइरहेको आन्दोलनबारे अध्ययन गर्न सरकारले समिति गठन गरेको छ । प्रधानमन्त्री कार्यालयका सचिव बैकुण्ठ अर्यालको संयोजकत्वमा ८ सदस्यीय समिति गठन गरिएको हो । समितिलाई अध्ययन गरेर प्रतिवेदन बुझाउन १५ दिनको...
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले रामचन्द्र पौडेल नेतृत्वमा सत्ता गठबन्धनले बनाएको उच्चस्तरीय राजनीतिक समिति संविधानविपरीत भएको आरोप लगाएका छन् । आज विहान कांग्रेस संस्थापन नेता तथा पिता स्वर्गीय गणेशमान सिंहको १०७औं जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रममा...
विराटनगर, २९ कात्तिक । विराटनगरसँगै जोडिएको मोरङको बुढीगंगा गाउँपालिकामा युवाहरुबिच ‘ग्याङ फाइट’ हुँदा एक युवकको मृत्यु भएको छ । बुढीगंगा गाउँपालिका–६ स्थित कोयलपुरमा गएराति युवाहरुबीच ग्याङ फाइट हुँदा धनकुटा पाख्रीबासका रिजन दाहालको मृत्यु भएको हो...
विराटनगर, २४ कात्तिक । विराटनगर हरिहर चोकमा बुधबार विहान एक जनामाथि खुकुरी प्रहार भएको छ । विराटनगर–८ अशोक चोकका अफाक आलममाथि खुकुरी प्रहार भएको हो । आज विहान साढे ८ बजेतिर काममा जाँदै गर्दा ८...
काठमाडौं, २८ असार-भारतीय न्यूज च्यानलहरूमाथि लागेको बन्देज तत्काल खोल्न नसकिने सरकारले स्पष्ट पारेको छ । प्रधानमन्त्री केपी शर्मा ओली र नेपालको विषयमा आपत्तिजनक सामग्री प्रसारण गरिरहेका भारतीय न्यूज च्यानलमाथिको बन्देज परिस्थिति अनुकूल नहुँदासम्म कायम रहने...
काठमाडौं, फागुन २२–प्राधिकरणमार्फत यातायात सञ्चालन गर्नका लागि सरकारले शहरीक्षेत्र सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरण ऐनको तयारी गरेको छ । संघीय सरकारले गाइडलाइन ऐन बनाएसँगै प्रदेश सरकारले त्यही ऐनको मर्मअनुसार आफ्ना प्रदेशका नयाँ ऐन जारी गर्न सकिने...
कक्षा ११ की एक छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा सेन्ट लरेन्स कलेजका कोर्डिनेटर जनार्दन अधिकारीलाई सोधपुछका लागि प्रहरीले नियन्त्रणमा लिएको छ । महानगरीय प्रहरी वृत्त गाैशालाकाे टाेलीले सोधपुछका लागि अधिकारीलाई नियन्त्रणमा लिएको हो । सेन्ट लरेन्सका आन्दोलित विद्यार्थीहरू प्रहरी...