प्रदेश प्रमुखद्धारा बजेट प्रमाणिकरण

 न्यूज विराट
प्रदेश प्रमुखद्धारा बजेट प्रमाणिकरण

विराटनगर । कोशी प्रदेशसभाबाट पारित भएको बजेट प्रदेश प्रमुख परशुराम खापुङबाट प्रमाणिकरण भएको छ । प्रदेश प्रमुख खापुङ्गले शुक्रबार बजेट प्रमाणिकरण गरेका हुन् ।

प्रदेशसभाको मंसिर १३ गतेको बैठकले पारित गरेको कोशी प्रदेश आर्थिक अध्यादेशलाई प्रतिस्थापन गर्न बनेको ‘कोशी प्रदेश अर्थ सम्बन्धि प्रस्तावलाई कार्यान्वयन गर्न बनेको बिधेयक २०८०’ र कोशी प्रदेश बिनियोजन अध्यादेशलाई प्रतिस्थापन गर्न बनेको ‘आर्थिक वर्ष २०८०–८१ को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केहि रकम बिनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयक २०८०’ प्रमाणिकरण भएको छ ।
हिक्मतकुमार कार्की नेतृत्वको सरकारले अध्यादेशबाट ल्याएको बजेटलाई केदार कार्की नेतृत्व्को वर्तमान सरकारले प्रतिस्थापन गरेको हो । बिधेयक प्रदेशसभाबाट सर्वसम्मत रुपामा पारित भएको थियो ।
आर्थिक मामिला तथा योजना मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका मुख्यमन्त्री केदार कार्कीले मंसिर ९ गते अध्यादेशबाट आएको बजेटमा ५० करोड थप गर्दै प्रतिस्थापन विधेयक ल्याएका थिए । बजेटको आकार ३६ अर्ब ७४ करोड ३५ लाख १० हजारको छ ।

सम्बन्धित समाचार

निःशुल्क उपचार र राहत वितरण गर्न युवा संगठन सुनसरीको माग

विराटनगर, २ जेठ । नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन,सुनसरीले कोरोना महामारिको समयमा पनि शासकहरू चरम भ्रष्टाचारमा लिप्त भएको र जनताको स्वास्थ सुरक्षा माथि खेलबाड गरेको भन्दै आपत्ति जनाएको छ । युवा संगठन,सुनसरीका जिल्ला संयोजक...

सिलवालको नियुक्तिमा कारण देखाऊ आदेश

काठमाडौं, १३ साउन-सर्वोच्च अदालतले राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्यसचिव भएका रमेशकुमार सिलवालको नियुक्तिमा कारण देखाउ आदेश जारी गरेको छ । सिलवाललाई नियुक्ति गर्ने मन्त्रिपरिषदको निर्णय बदर गर्न माग गरी दायर रिटमा सर्वोच्चले कारण देखाउ आदेश...

विश्वासको मतका लागि प्रस्ताव दर्ता, देउवालाई एमालेका कम्तीमा ८ सांसदको साथ आवश्यक

प्रधानमन्त्री शेरवहादुर देउवाले आजै विश्वासको मत लिने गरी संघीय संसद सचिवालयमा प्रस्ताव दर्ता भएको छ । पुनःस्थापित प्रतिनिधिसभाको पहिलो बैठकमै विश्वासको मत लिएर देउवाले सरकारको आयु सुनिश्चित गर्न खोजेका हुन् । कांग्रेस संसदीय दलकी सचेतक...

प्रहरीले पक्रीएको लोपोन्मुख वन्यजन्तु गायब

विराटनगर, साउन २–पछिल्लो समय विवादित बन्दै गएको इलाका प्रहरी कार्यलय पथरीले पक्राउ गरेको लोपोन्मुख प्रजातीको सुन गोहोरो र टोके टोके गायव गरेको छ । घरायसी झगडामा ५ हजार घुस माग्ने देखि प्रहरीको विरुद्ध बोल्दा कुटपिट...

कार्यदलमा भएको सहमति अनुमोदन गर्न एमालेको स्थायी कमिटी बैठक आज बस्दै

काठमाडौं, २८ असार ।  पार्टी एकताको लागि कार्यदलले गरेको सहमति अनुमोदन गर्न नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ । हिजोको लागि डाकिएको बैठक कार्यदलमा सहमति जुट्न ढिलो भएपछि आजका लागि सारिएको हो । बैठक...

विराटनगर आएर राजेन्द्र माहतोले भने ‘कुर्सीको लडाईका कारण संसद विघटन’

विराटनगर, २० माघ । जनता समाजवादी पार्टी नेपाल(जसपा)का वरिष्ठ नेता राजेन्द्र महतोले संविधानमा सबै क्षेत्रका जनतका अपनत्व हुनुपर्ने बताएका छन् । सो पार्टीको जिल्ला समन्वय समिति मोरङद्वारा आज विराटनगरमा आयोजित अगुवा कार्यकर्ता भेलामा उनले पहाड,...

विराटनगरमा बैंकबाट पैसाँ झिकेका व्यापारीमाथि खुकुरी प्रहार, साथी पक्राउ

विराटनगर । विराटनगरमा बैंकबाट पैसाँ झिकेका एक जना व्यापारीमाथि बिहीबार दिउँसो खुकुरी प्रहार भएको छ । विराटनगर १५ निवासी ३२ वर्षीय राहुलकुमार रायमाथि स्थानीय रामकुमार साहले खुकुरी प्रहार गरेका हुन् । ट्राफिक चोकमा उनले ग्लोबल...

लमजुङमा २४ घण्टामा ८६ पटक भूकम्पको धक्का : ६ जना घाइते, २०० घरमा क्षति

गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङमा २४ घण्टामा सानाठूला गरी ८६ पटक भूकम्पको धक्का महसुस गरिएको छ । लमजुङको मर्स्याङ्दी गाउँपालिकास्थित भुलभुले केन्द्रविन्दु बनाएर बुधबार बिहान ५ बजेर ४२ मिनेटमा ५ दशमलव ८ रिक्टर स्केलको भूकम्प...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्