कोशी अस्पतालमा बेथीति : नाम तोकेर डाक्टरनै पढाउँछन् दोब्बर शुल्क असुल्ने डाइग्नोष्टिक सेन्टरमा विरामी

 न्यूज विराट
कोशी अस्पतालमा बेथीति : नाम तोकेर डाक्टरनै पढाउँछन् दोब्बर शुल्क असुल्ने डाइग्नोष्टिक सेन्टरमा विरामी

विराटनगर । विराटनगर– १२ बखरीका ३८ वर्षीय श्याम ऋषिदेवको सोमबार एक्कासी पिसाब रोकिएपछि कोशीको आकस्मिक कक्षमा लगिएको थियो । उपचारमा खटिएका थिए, मेडिकल अपिसर डाक्टर तुलसी गोइत । उनले विरामीको सामान्य स्वास्थ्य जाँच गरेपछि भिडियो एक्स–रे गर्न अस्पतालकोदेखि ५० मिटर पश्चिममा रहेको कोशी मार्केटभित्रको न्यू साहारा डाइग्नोष्टिक केयर सेन्टरमा पठाइदिए ।

कोशीमा ७५० रुपैयाँमा भिडियो एक्स–रे हुने गरेकोमा बाहिर भने १ हजार ५ सय रुपैयाँसम्म तिर्नुपर्छ । अस्पतालले दिएको समयसीमा १ बजेपछि र विदाको दिन आएका विरामीलाई भिडियो एक्स–रे गर्न अस्पतालका स्वास्थ्यकर्मीले बाहिर पठाउने गरेका छन् । श्याम पनि साँझपख आएकोले उनले कोशीमा भिडियो एक्स–रे गर्न पाएनन् । चिकित्सक गोइतले भिडियो एक्स–रे गर्ने डाइग्नोष्टिक केयर सेन्टरको नाम नै पूर्जीमा तोकेपछि उनी त्यहाँ गए र १ हजार ४ सय रुपैयाँ खर्चेर भिडियो एक्स–रे गरे । (हेर्नुहोस न्यू साहारा डाइग्नोष्टिक केयरमा पठाउन लेखेको सिलिप)

श्यामले भिडियो एक्स–रे गरेको साहारा डाइग्नोष्टिक केयर सेन्टर कोशी अस्पतालमा कार्यरत डाक्टर तुलसी गोइतसहित तीन जना मिलेर करिब चार महिना अगाडि खुलेको हो । आकस्मिक कक्षको ड्युटीमा खटिने गोहितसहित अर्का मेडिकल अपिसर डा. राजा भगत र अहेब प्रविण यादवले साहारा डाइग्नोष्टिक केयर सेन्टर सञ्चालमा ल्याएका हुन् ।
उनीहरु तीनै जना कोशी अस्पतालको आकस्मिक कक्षमा कार्यरत छन् । आफ्नो ड्युटीको समयमा उनीहरुले आकस्मिक कक्षमा आउने विरामीलाई भिडियो एक्स–रे गर्न आफ्नै डाइग्नोष्टिक केयरमा पठाउने गरेका छन् ।
कोशी अस्पताल प्रशासनले २४ सै घण्टा भिडियो एक्स–रे सेवा सञ्चालन गर्न नसक्दा अस्पतालकै कर्मचारी र हस्पिटल चोक अगाडी च्याउसरी खुलेका निजी डाइनोष्टिक सेन्टरमा गएर बिपन्न विरामीले चर्को शुल्क तिरेर उपचार गर्नुपर्ने विवशता छ । ‘आकस्मिक कक्षमा उपचारमा खटिएका चिकित्सकले भिडियो एक्स–रे गर्ने डाइनोष्टिक सेन्टरको नाम लेखेर दिएपछि भिडियो एक्स–रे गर्न गएँ,’ ऋषिदेवले भने, ‘भिडयो एक्स–रेको रिर्पोट आएपछि डाक्टरले उपचार सुरू गरे ।’ अण्डकोष सुन्निएको कारणले पिसाब रोकिएकाले उपचारपछि उनी डिस्चार्ज भए ।
दैनिक १ हजारदेखि १ हजार ५ सय जना विरामी ओपीडीमा आउने कोशी अस्पतालले जनशक्ति अभाव देखाउँदै १० देखि १ बजेसम्म मात्र भिडियो एक्स–रे सेवा सञ्चालन गर्दछ । अस्पतालले तोकेको समयभन्दा पछि आउने विरामी निजीमा गएर भिडिक्यो एक्स–रे गर्नुको विकल्प छैन ।
कोशी अस्पतालका मेसु डा।चन्द्रभाल झाले जनशक्ति अभावले २४ सै घण्टा भिडियो एक्स–रे सेवा सुचारु गर्न नसकेको बताए । ‘एक जना करार र एक जना छात्रवृत्तिका चिकित्सकले अहिले दैनिक १ सयदेखि १ सय ५० वटा सम्म भिडियो एक्स–रे गर्दै आएका छन्,’ उनले भने, ‘थप रेडियोलोजिष्ट डाक्टर राखेर २४ सै घण्टा भिडियो एक्स–रे सेवा सञ्चालन गर्ने तयारी भने गरिरहेका छौं ।’

ड्युटी समयमा खटिएका अस्पताललका चिकित्सकले डाइनोष्टिक सेन्टरको नाम नै राखेर भिडियो एक्स–रे गर्न पठाएको विषयमा मेसु झाले त्यसो गर्न नमिल्ने बताए । ‘उपचारमा खटिएका डाक्टरले त्यसरी विरामी डाइनोष्टिक सेन्टरको नाम लेखेर पठाएको पाएमा कारवाही गर्नेछौं,’ उनले भने ।
अस्पतालका आकस्मिक विभागको इन्चार्ज कामेश्वर परिहस्तले हस्पिटलका चिकित्सकले डाइनोष्टि सेन्टरको नाम उल्लेख गरेर भिडियो एक्स–रे गर्न पठाए कारवाही गरिने बताए । ‘हामीले सरकारी र विमा भएको हस्पिटलमा पहिलो प्राथामिकता राखेर रिफर गर्ने हो,’ उनले भने, ‘त्यसरी निजी क्लिनिक वा हस्पिटलको नाम उल्लेख गरेर पठाउनु गलत हो । त्यसरी पठाएको पाइए कारवारी गरिनेछ ।’
न्यू साहारा डाइग्नोष्टिक केयर सेन्टरमा दैनिक २० देखि २५ वटासम्म कोशीमा आएका विरामी सेवा लिन पुग्ने गरेका छन् । डाक्टर गोइत छात्रवृत्ति करारको चिकित्सक हुन् भने डाक्टर भगत करारका चिकित्सक हुन् । गाइतले न्यू साहारा डाइग्नोष्टिक केयर सेन्टरमा लगानी नगरेको दाबी गर्दै कुनैपनि विरामीलाई निजी डाइग्नोष्टिक सेन्टरमा भिडियो एक्स–रे गर्न नलेखेको जिकिर गरे ।

सम्बन्धित समाचार

विराटनगरमा अन्तर स्कुल क्रिकेट प्रतियोगिता शुरु, सत्यनारायण र सरस्वती स्कुल विजयी

विराटनगर । विराटनगरमा अन्तर स्कुल हव लिग क्रिकेट प्रतियोगिता सुुरु भएको छ । नेपाल क्रिकेट फाउन्डेसनको आयोजनामा विराटनगरमा विराटनगर–६ केशलिया पुल नजिक रहेको एमविजे क्रिकेट मैदानमा बिहिबारदेखि अन्तर स्कुल हव लिग क्रिकेट प्रतियोगिता शुरु भएको...

प्रदेश १ सरकारलाई कतार च्यारिटीद्वारा स्वास्थ्य सामग्री सहयोग

विराटनगर, २५ वैशाख-प्रदेश १ सरकारलाई कतार च्यारिटी नेपालले स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मीका लागि विभिन्न स्वास्थ्य सामग्री च्यारिटीले आज सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई हस्तान्तरण गरेको हो...

नाइजेरियामा सेनाको कारबाहीमा २५० जना बन्दुकधारी मारिए

९ असोज-नाइजेरियाको सेनाले बिहीबार दिएको जानकारी अनुसार सेप्टेम्बर महिनायता करिब २५० जना हतियारधारी मारिएका छन् । सेप्टेम्बर महिनायता कम्तीमा पनि २५० जना बन्दुकधारीहरु सेनाको कारबाहीमा परी मारिएका छन् । जनाइएअनुसार गएको सेप्टेम्बर महिना यतादेखि बिहीबारसम्मा...

नेता पक्राउपछि विप्लव आक्रोसित, प्रतिकारका लागि तयार रहन निर्देशन

काठमाडौं, २४ वैशाख-नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले पार्टीका केन्द्रीय सदस्यसमेत रहेका प्रकाशन विभाग इन्चार्ज अनिल शर्मा ‘विरही’ लगायत नेता–कार्यकर्तालाई सरकारकाले बिनाकारण गिरफ्तार गरेको भन्दै तत्काल रिहाइका लागि अपिल गरेका छन् । विप्लवले एक...

विराटनगरमा सिटी चालकको प्रर्दशन

विराटनगर । विराटनगरका मुख्य राजमार्गमा सिटी सफारी निषेध गरेपछि सिटी सफारी चालकहरुले आन्दोलन सुरु गरेका छन् ।जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले बिहीबारदेखि विराटनगरको मुख्य राजमार्गमा सिटी सफारी चलाउन निषेध गरेपछि उनीहरुले शुक्रबारदेखि आन्दोलन सुरु गरेका...

आज १६१४ जनामा कोरोना पुष्टि, मृतकको संख्या १४ सय नाघ्यो

काठमाडौं, ११ मंसिर-गत २४ घण्टामा नेपालमा १ हजार ६ सय १४ जना संक्रमित थपिएका छन् । योसँगै संक्रमितको संख्या २ लाख २७ हजार ६ सय ४० पुगेको छ ।  त्यस्तै, बिहीबार १ हजार ४ हजार...

उपचार नगरी बिरामी फर्काउने स्वास्थ्य संस्थाको इजाजत खारेज गर्न निर्देशन

विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसको त्रासका कारण निजी स्वास्थ्य संस्थाले बिरामीलाई परीक्षण नगरी फर्काउने गरेपछि प्रदेश २ सरकारले इजाजत रद्द गर्ने निर्देशन दिएको छ ।बिरामी नजाँची फर्काउने निजी अस्पताल र नर्सिङहोमको इजाजत रद्द गर्न...

मोरङमा संगठीत हुँदै तेली समाज, आधा दर्जन स्थानीय तहमा नेतृत्व चयन

विराटनगर । मोरङमा तेली सामुदाय संगठीत भएर अगाडी बढेका छन् । मोरङको स्थानीय तहरूमा तेली समाज गठन गरेर अहिले संगठित भएर अगाडी बढेका हुन् । विभिन्न नाममा रहेको तेली समुदायका जातिय संस्थाहरु एक हुँदै गएर...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्