‘यस कारण विद्यार्थीले राम्रो कलेज रोज्नुपर्छ’

 न्यूज विराट
‘यस कारण विद्यार्थीले राम्रो कलेज रोज्नुपर्छ’

विराटनगरस्थित शिक्षादीप कलेजका प्रन्सिपल हुन, ज्ञानबहादुर खड्का । सक्षम नेतृत्व, कुशल व्यवस्थापन, उत्कृष्ट शैक्षिक वातावरण तथा मिहिनेती प्राध्यापक, शिक्षक शिक्षिका र विद्यार्थीको अथक प्रयासले मेडिकल र इन्जिनियरिङमा शिक्षादीप कलेज अग्रणी स्थानमा आउँछ । प्रत्येक वर्ष मेडिकल र इन्जिनियरिङ अध्ययनको लागि पूर्ण छात्रवृत्तिमा नाम निकाल्ने विद्यार्थीको संख्या बढ्दो क्रममा रहेको छ । त्रिभुवन विश्वविद्यालयअन्तर्गत महाराजगञ्ज मेडिकल इन्ष्टिच्युट (त्रिवि शिक्षण अस्पताल) सहितका अन्य मेडिकल कलेजहरुमा पूर्ण छात्रवृत्तिमा चिकित्साशास्त्र पढ्न सक्षम बनाउने कलेजको पहिचान शिक्षादीप कलेजले बनाएको छ । यसै विषयमा शिक्षादीप कलेजका प्रिन्सिपल खड्कासँग गरिएको संक्षिप्त कुराकानी :

गुणस्तरीय शिक्षा कसरी प्रदान गर्दै आउनुभएको छ ?
– शिक्षादीप कलेजले विद्यार्थी केन्द्रित शैक्षिक वातावरण तयार गरेको छ । शिक्षण सिकाइका लागि सुविधासम्पन्न पूर्वाधार तयार गरेको छ । अध्यापनको लागि डिजिटल कक्षा कोठा, प्रयोगशाला र पुस्तकालय छन् । विद्यार्थीको सबै रेकर्ड डिजिटल प्रणालीमा हुन्छ । विद्यार्थीलाई अध्ययन सामग्रीसमेत डिजिटल प्रणालीमै उपलब्ध गराउछौँ । सबै कुरालाई डिजिटलाइज्ड गर्दा शिक्षक र विद्यार्थी दुवैको मूल्याङ्कनमा सजिलो भएको छ । कलेजको सफलताको मुख्य श्रेय यहाँका अनुभवी र मेहनती शिक्षक तथा कर्मचारी नै हुन् । उहाँहरुले बडो मेहनेतका साथ विद्यार्थीहरुलाई देशको सक्षम नागरिक बनाउन अथक मेहनत गर्नुभएको छ । अध्यापनको क्रममा विद्यार्थीलाई बढीभन्दा बढी अन्तरक्रियात्मक बनाउने शिक्षण विधि कलेजले अपनाएको छ । शिक्षादीपमा आएका विद्यार्थी व्यवहारिक रूपमै सक्षम हुन्छन् । त्यो शैक्षिक वातावरण हामीले स्थापित गरेका छौं ।

विद्यार्थीले कस्तो कलेज रोज्ने ?
– एसइइ उतीर्ण विद्यार्थी तथा अभिभावकहरूको सन्दर्भमा यो साझा प्रश्न हो । एक वाक्यमा भन्दा विद्यार्थीले राम्रो कलेज रोज्ने हो । सामान्यतयाः उपयुक्त भौतिक पूर्वाधार खास गरी कक्षाकोठा, प्रयोगशालाहरू तथा पुस्तकालयको के कस्तो छ हेर्नुप¥यो । अहिले लोभमा परेर भोलि बन्द हुनेवाला कलेजमा भर्ना हुन पुगियो भने त्यो विद्यार्थीको शैक्षिक भविष्य असुरक्षित हुन पुग्छ । कलेज सञ्चालकहरूको टिम कस्तो छ, उनीहरू कत्तिको प्रोफेसनल छन्, प्राज्ञिक पृष्ठभूमिका छन–छैनन् बुझ्नुपर्छ । यी सबै कुरामा चित्त बुझेपछि आउन जान सजिलो हुने वा यातायातको सुविधा भएको कलेज रोज्दा फरक पर्दैन ।

तपाईंको शैक्षिक संस्थाको विशेषता के हो ?
– शिक्षादीप कलेज १६ वर्ष पुरा भएर १७ वर्षमा प्रवेश गरेको शैक्षिक संस्था हो । त्यसैले हामी विभिन्न अनुभवबाट खारिएर परिपक्व भएका छौं । अहिलेसम्म सत प्रतिशतसम्म विद्यार्थी उत्तीर्ण गराउन सफल शैक्षिक संस्थाका रूपमा परिचित छौं । यहाँ कोशी प्रदेश मात्र नभएर मधेश प्रदेशका पनि विद्यार्थीले अध्ययन पूरा गरिसकेका छन् ।

मेडिकल र इन्जिनियरिङमा नतिजा कस्तो छ ?
– प्रत्येक वर्ष मेडिकल र इन्जिनियरिङ अध्ययनको लागि पूर्ण छात्रवृत्तिमा नाम निकाल्ने विद्यार्थीको संख्या बढ्दो क्रममा रहेको छ । त्रिभुवन विश्वविद्यालयअन्तर्गत महाराजगञ्ज मेडिकल इन्ष्टिच्युट (त्रिवि शिक्षण अस्पताल) सहितका अन्य मेडिकल कलेजहरुमा पूर्ण छात्रवृत्तिमा चिकित्साशास्त्र पढ्न सक्षम बनाउने कलेजको पहिचान शिक्षादीपले बनाएको छ । गत वर्ष चिकित्सा शिक्षा आयोगले लिएको एमबीबीएसको प्रवेश परीक्षामा शिक्षादीपकी अदितीकुमारी जैन ‘टपर’ भइन् । उनले १८ हजारभन्दा बढी विद्यार्थीलाई उछिन्दै छात्रातर्फ देशभरै टप भएकी थिइन् । कुल ६ हजार ६ सय ६९ विद्यार्थीले प्रवेश परीक्षा उत्तीर्ण गर्दा २ सय पूर्णाङ्कमा १७१.५ अङ्कसहित जैन सर्वोत्कृष्ट भइन् । छात्रातर्फ देशभरिमा सर्वोत्कृष्टमा नाम निकालेर जैन अहिले चिकित्साशास्त्र अध्ययन गरिरहेकी छिन् । यस वर्ष शिक्षादीपका ७ जना विद्यार्थीले मेडिकल शिक्षा अध्ययनको लागि एमबीबीएसमा पूर्ण छात्रवृत्तिमा नाम निकालेका छन् । त्यसैगरी इन्जिनियरिङमा उत्कृष्ट एक सयमा तीन जनाले नाम निकाल्न सफल भएका छन्् भने पचासौँ विद्यार्थीले प्रवेश परीक्षा पास गरेका छन् । शिक्षादीपको छोटो इतिहास तर दर्बिलो विरासत छ । स्थापनाको सुरुकै वर्षमा पूर्वाञ्चल प्रथम भयो । २०६८ सालको कक्षा १२ को वार्षिक परीक्षा काठमाण्डौं उपत्यका बाहिरबाट पहिलो पटक नेपाल प्रथम शिक्षादीपका डेनिस गौतम र नेपाल तृतीय पर्वत पौडेल भए । यो परिणामले शिक्षादीपले एउटा उचाइ मात्र लिएन, काठमाण्डौलाई चुनौती दियो अभिभावकलाई पनि कक्षा १२ सम्मको अध्ययनका लागि विराटनगर नै उपयुक्त छ भन्ने सन्देश पनि दिएको छ । २०६९ सालमा रोशना अधिकारीले एमबीबीएसको प्रवेश परीक्षामा पुनः पूर्वाञ्चल प्रथम भएर सफलताको अर्को ईटा थपिन् । २०७१ सालमा पूर्वाञ्चलबाट शिक्षादीपका गौरव नेपालले मेडिकल शिक्षा अध्ययनको लागि पूर्ण छात्रवृत्तिामा १६ औं स्थानमा नाम निकालेका थिए । त्यसबेला शिक्षादीपबाट पाँच जना विद्यार्थीले मेडिकल शिक्षा अध्ययनको लागि पूर्ण छात्रवृत्तिामा नाम निकाले ।

शैक्षिक क्षेत्रमा देखिएको प्रतिस्पर्धाका सम्बनधमा के भन्नुहुन्छ ?
–स्वस्थ र अस्वस्थ दुवै किसिमको प्रतिस्पर्धा छ । अस्वस्थ प्रतिस्पर्धाका बारेमा केही भन्नै पर्दैन्, तर स्वस्थ प्रतिस्पर्धाले कलेजहरुको शैक्षिक गुणस्तर वृद्धि हुन्छ । यसको प्रत्यक्ष फाइदा अभिभावकहरूलाई छ किनभने उहाँहरूलाई धेरै विकल्प उपलब्ध हुन्छ, आम्दानी, शैक्षिक शुल्क तथा गुणस्तर र कलेजले प्रदान गर्ने छात्रवृत्तिबीच समन्वय गर्न उहाँहरूलाई धेरै सजिलो भएको छ ।

सम्बन्धित समाचार

सेनाले ल्यायो चीनबाट १० ट्रक सामान

काठमाडौं, ३ जेठ-नेपाली सेनाले चीनबाट १० ट्रक स्वास्थ्य सामान ल्याएको छ । तातोपानी नाकाबाट १० ट्रक सामान लिएर शनिबार काठमाडौंतर्फ हिँडेको भन्सार विभागले जनाएको छ । सेनाले डिस्पोजेबल गाउन र पीपीई रहेका छन् । भन्सार...

रंगेली—७ को वडाध्यक्षमा एमालेका रामचन्द्र मण्डल र उनको प्यानलै निर्वाचित

विराटनगर, ८ जेठ । मोरङको रंगेली नगरपालिका वडा नम्बर ७ को वडाध्यक्षमा एमालेका रामचन्द्र मण्डलसहित उनको प्यानलै विजयी भएको छ । मण्डल दोस्रो कार्यकालका लागि पनि निर्वाचित भएका हुन् । उनी यसअघि पनि वडाध्यक्ष थिए...

भारतको क्वारेन्टाइनमा २१ सय नेपाली, नेपालमा ७ सय भारतीय

नेपाल आउनका लागि सीमा नाकामा भारततर्फ रहेका २१ सय नेपाली क्वारेन्टाइनमा राखिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गर्दै २१ सय नेपाली भारतीय क्वारेन्टाइनमा रहेको जानकारी गराएका हुन् । त्यस्तै, ७ सय भारतीय...

प्यारासिटामोल इन्जेक्सनको तस्करी : बेच्ने फार्मेशीमा ताला, गिरोह खोज्दै प्रहरी

विराटनगर । प्यारासिटामोल इन्जेक्सनको अवैध रुपमा भारतबाट विराटनगसहितको पूर्वी बजारमा तस्करी भएर पुग्ने गरेको पाइएको छ । औषधी व्यवस्था विभाग (डिडिए) मा दर्ता नभएको इन्जेक्सन गिरोहले भारतबाट सस्तोमा ल्याउने र नेपालमा ल्याएपछि चर्को मुल्यमा विक्री...

कोशी प्रदेश सरकारले पर्यटन वर्ष २०८२ भव्य रुपमा उद्घाटन गर्दै

विराटनगर।कोशी प्रदेश सरकारले पर्यटन वर्ष २०८२ भव्य रुपमा उद्घाटन गरेको छ। गुराँसको राजधानी तेर्हथुमको तीनजुरे मिल्केमा पर्यटन वर्षको उद्घाटन गरिएको हो। सो कार्यक्रमलाई सम्बोधन गर्दै कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कुमार कार्कीले प्रदेशबाट सन्देश प्रवाह...

आईसीपी विवादित, ट्रान्स नेपालका सञ्चालक राठीद्वारा अनधिकृत रकम असुल गरेको खुलासा

विराटनगर, फागुन २६–भारत सरकारको पूर्ण अनुदान सहयोगमा निर्माणसम्पन्न भएको करिब एक सय ६० करोड लगानीको आईसीपीमा विराटनगर भन्सारमा रहेको ट्रान्स नेपालले कब्जा गरेपछि अहिले हल्लिखल्ली हुन थालेको छ । गत महिना मात्र नेपाल र भारतका प्रधानमन्त्रीले...

प्रदेश १ का वनमन्त्री थापाको निधन

विराटनगर । प्रदेश १ का वन, वातावरण तथा भू–संरक्षण मन्त्री तथा मोरङ क्षेत्र नं. ३ (१) का उम्मेदवार ५६ वर्षीय शेखरचन्द्र थापाको निधन भएको छ ।केही दिनअघि डेंगीबाट संक्रमित भएका मन्त्री थापाको बुधबार बिहान निधन...

संचारकर्मीलाई दुर्व्यवहार गर्ने बिग हस्पिटलका कर्मचारी पक्राउ

विराटनगर । अनुमति बेगार संचालन गरेको विग हस्पिटल शिलबन्दी गरेको समचार संकलन गर्न गएका संचारकर्मीमाथि हातपात गर्ने हस्पिटलका एक जना कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ ।मोरङ प्रहरीले बिग हस्पिटलका रेडियोलोजी विभागमा कार्यरत कर्मचारी विराटनगर ९...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्