पशुपालक कृषकलाई घाँसको बिऊ वितरण

 न्यूज विराट
पशुपालक कृषकलाई घाँसको बिऊ वितरण

विराटनगर । विराटनगर महानगरपालिकाले पशुपालक कृषकहरुलाई उन्नत जातको घाँसको बिऊ वितरण गरेको छ ।
महानगरको पशुपंक्षी विकास शाखाले आयोजना गरेको कार्यक्रममा महानगरका तर्फबाट प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले घाँसको बिऊ वितरण गर्नुभयो । विराटनगर क्षेत्रभित्रका पशुपालक ७५ जना कृषक र ८ वटा कृषि समूहलाई बिऊ वितरण गरिएको थियो । पशुपंक्षी विकास शाखाका प्रमुख शुभनारायण यादवका अनुसार बरसीम र जै जातको घाँसको बिऊ वितरण गरिएको थियो । प्रतिकृषक बरसीम १ र जै ४० केजी वितरण गरिएको शाखा प्रमुख यादवले जानकारी दिनुभयो ।
महानगरमा दर्ता भएका कृषि फर्मलाई छनौट गरेर उन्नतजातको बिऊ वितरण गरिएको उहाँको भनाइ थियो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले विराटनगर महानगरपालिकाभित्र कृषिमा आधारित घरधुरी पनि ठूलै रहेको बताउनुभयो । उहाँले महानगरले निःशुल्क रुपमा वितरण गरेको घाँसबाट बढीभन्दा बढी लाभ लिन आग्रहसमेत गर्नुभयो । यसअघि महानगरले गहुँ र मकैको बिऊ वितरण गरेको थियो ।

सम्बन्धित समाचार

दैनिक ज्यादारी काम गर्ने १ लाख विपन्नलाई राहत वितरण गरिँदै

विराटनगर, चैत १८–दैनिक ज्यलादारी मजदुरी गरेर जिवनयापन गर्दै आएका परिवारको जिवनयापनमा समस्या भएपछी विराटनगर महानगरपालिकाका २० हजार घरपरिवारलाई राहतच वितरणको तयारी थालिएको छ । विराटनगर महानगरपालिकाले दैनिक ज्यालादारी गर्ने मजदुरहरुलाई खाद्यान्न राहत बितरणको तयारी थालेको...

समय तालिकाअनुसार सबै व्यवसाय खुलाउन माग

पोखरा, १७ जेठ-लकडाउनका कारण अर्थतन्त्र सिथिल भएको भन्दै पोखरा क्षेत्रका व्यावसायिक प्रतिष्ठानका प्रतिनिधिले समय तालिका मिलाएर सबै व्यापार/व्यवसाय खोल्नुपर्ने माग गरेका छन् । उनीहरूले प्रशासनले तोकेको समयमा सुरक्षाका सबै निर्देशन पालना गर्दै व्यवसाय गर्न तयार...

साफ महिला च्याम्पियनसिपमा भारतको सानदार जित

विराटनगर । साफ महिला च्याम्पियनसिपमा भारतले उत्कृष्ट जित निकालेको छ। काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबारबाट सुरू भएको प्रतियोगिताको उद्‌घाटन समूह ‘ए’ को खेलमा ५–२ गोलले हराउँदै भारतले सानदार जित हात पारेको हो । खेलमा भारतले...

अस्पतालबाट भागेका अभियुक्त दुईदिनपछि पक्राउ

विराटनगर । विराटनगरस्थित कोसी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट फरार भएका अभियुक्तलाई प्रहरीले आज दिउँसो पक्राउ गरेको छ। फरार भएको दुइदिनपछि विराटनगर महानगरपालिका १८ झटियाई घर भएका ४५ वर्षीय लक्ष्मण दास तत्मालाई प्रहरीले पक्राउ गरेको...

लोकसेवाले लिने सबै परीक्षा स्थगित

स्वास्थ्य सुरक्षा संवेदनशीलता देखाउँदै लोकसेवा आयोगले पनि अनिश्चितकालको लागि सबै परीक्षा स्थगन गरेको छ ।बिहीबार बसेको लोकसेवा आयोगको बैठकले यस्तो निर्णय लिएको आयोगका उपसचिव एकनारायण शर्माले जानकारी गराए । आयोगले अर्को सूचना जारी नभएसम्मका लागि...

कोरोनासम्बन्धी गतिविधिका लागि ‘गण्डकी स्वास्थ्य’ मोबाइल एप्स

पोखरा, २ बैशाख-कोरोना भाइरसको सङ्क्रमण न्यूनीकरणका लागि सरकारले हालसम्म गरेका गतिविधिका बारेमा जानकारी गराउने उद्देश्यले गण्डकी प्रदेशमा मोबाइल एप्स सञ्चालनमा ल्याइएको छ । प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयअन्तर्गतको स्वास्थ्य निर्देशनालयले ‘गण्डकी स्वास्थ्य’ मोबाइल एप्समार्फत प्रदेशमा...

निर्वाचन आयोगमा जसपाको हेड काउन्ट : सनाखतका बेग्लाबेग्लै ठाउँ

जनता समाजवादी पार्टि (जसपा) का नेता कार्यकर्ता निर्वाचन आयोग पुगेका छन् । जसपा आधिकारिकता विवाद निरुपणका लागि निर्वाचन आयोगले एकता भएकै बेलाको कार्यकारिणी समितिमा रहेका ५१ जनालाई ‘हेड काउन्ट’ मा बोलाएपछि उनीहरू सनाखतका लागि आयोग पुगेका...

ओली-प्रचण्डबीच आज पनि ३ घण्टा छलफल

काठमाडौं, ४ साउन-नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज पनि पार्टीभित्र देखिएका समस्या समाधानका विषयमा छलफल भएको छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा पार्टीभित्रको पछिल्ला घटनाक्रम...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्