विराटनगरमा आगामी पुष ६ गतेदेखि ट्रेड एक्पोः चार लाख बढीले अवलोकन गर्ने, १५ कारोडको कारोबार हुने अपेक्षा

 न्यूज विराट
विराटनगरमा आगामी पुष ६ गतेदेखि ट्रेड एक्पोः चार लाख बढीले अवलोकन गर्ने, १५ कारोडको कारोबार हुने अपेक्षा

विराटनगर । मोरङ व्यापार संघको आयोजनामा आगामी पुष ६ गतेदेखि ट्रेड एक्पो हुने भएको छ । पुस ६ गतेदेखि विराटनगरमा मोरङ व्यापार संघ ट्रेड एक्सपो २०८० को आयोजना हुने भएको हो । 

संघले यस वर्ष एक्लै एक्सपोको आयोजना गर्न लागेको हो । मोरङ व्यापार संघले सोमबार पत्रकार सम्मेलन गर्दै एक्पो पुस १६ गतेसम्म विराट नर्सिङ होम पूर्व शंकरपुर मार्गको खाली मैदानमा आयोजना गर्न लागेको जानकारी दिएको छ ।

संघले यस अघि एक्सपोलाई प्रायोजन गर्ने औद्योगिक उत्पादनको नाम एक्सपो अगाडि राखेर एक्सपो आयोजना गर्ने गरेका थिए । तर यस वर्ष औद्योगिक उत्पादनको प्रायोजनलाई खासै महत्व नदिई संघकै नामबाट एक्सपोको आयोजना गर्ने तयारीमा जुटेका छन् । 

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य तथा मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालले एक्सपोलाई भव्य रुपमा सम्पन्न गर्न संघका उपाध्यक्ष अनिल साहलाई संयोजक, संघका सचिव संजय श्रेष्ठ र कार्यकारिणी सदस्य अमित सारडालाई सह–संयोजकको जिम्मेवारी सुम्पिएको जानकारी दिए । 

पत्रकार सम्मेलनमा अध्यक्ष रिजालले एक्सपोमा १५ करोड भन्दा बढिको कारोबार हुने र ४ लाख भन्दा बढि दर्शकले एक्सपोको अवलोकन गर्ने दावी गरे । एक्सपो सम्पन्न गर्न साढे ३ करोड भन्दा बढि रुपैयाँ खर्च हुने अध्यक्ष रिजालले जानकारी दिए । पत्रकार सम्मेलनमा संघका निवर्तमान अध्यक्ष प्रकाश मुन्दडा, बरिष्ठ उपाध्यक्ष अनुपम राठी, उपाध्यक्ष विकाश बेग्वानी, महासचिव अनिल सारडालगायतको उपस्थिति रहेको थियो

सम्बन्धित समाचार

वी.पीको मेलमिलाप नीति पार्टीभित्र प्रयोग गरौ : पराजुली

विराटनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा कोशी प्रदेशसभा सदस्य भीम पराजुलीले वी.पी.कोईरालाको राष्ट्रिय मेलमिलाप तथा एकताको नीति वर्तमान सन्दर्भमा पनि सान्दर्भिक रहेको बताएका छन् । नेपाली कांग्रेस मोरङद्धारा सोमबार विराटनगरमा आयोजित ४७ औं राष्ट्रिय...

नेकपाको आन्तरिक शक्ति संघर्षले देश अस्थिरता तर्फ : राप्रपा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सत्तारुढ नेकपाले देश अस्थिरता तर्फ लैजान खोजेको आरोप लगाएको छ । मंगलबार  राप्रपाका तीनै जना अध्यक्षले हस्ताक्षर गरेको विज्ञप्तिमार्फत यस्तो संकेत गरेको हो ।  कोभिड-१९ को महामारी बिरुद्ध सिंगो मुलुक एकजुट...

मोरङको कानेपोखरी गाउँपालिकाको जनमुखी साकोसबाट सवा ५ लाख चोरी

मोरङ – मोरङको कानेपोखरी गाउँपालिका वडा नं. –७ बरगाछीमा रहेको जनमुखी जनमुखी बचत तथा ऋण सहकारी संस्थाबाट शनिवार राति ५ लाख २५ हजार ५१ रुपैया चोरी भएको छ। साकोसको पूर्वपटिको झ्यालको पल्ला फुटाएर झ्यालको ग्रिल...

आरोहण गुरुकुलमा दार्जिलिङका कवि सुब्बा प्रस्तुत

विराटनगर, चैत १–भारतको दार्जिलिङका चर्चित कवि मनप्रसाद सुब्बा विराटनगरस्थित आरोहण गुरुकुलमा प्रस्तुत भएका छन् । आरोहण गुरुकुलको मासिक काव्यारोहण शृंखलाको पाँचौं भागमा सुब्बा प्रस्तुत भएका हुन् । शनिबार भएको कार्यक्रममा सुब्बाले ‘म कहिले बुद्ध हुनु’,...

विराटनगरवासी बाढीबाट सवैभन्दा बढी प्रभावित, सयौँ परिवार विस्थापित

विराटनगर, असार १६ । बाढी र डुबानका कारण मोरङमा १ हजार ७ सय १८ परिवारका साढे छ हजारभन्दा बढी व्यक्ति विस्थापित भएका छन् । प्रमुख जिल्ला अधिकारी काशीराज दाहालका अनुसार वर्षापछिको बाढी र डुबानका कारण १...

मध्यपहाडी राजमार्ग : ९५ प्रतिशत काम सकियो

कास्की, २७ असोज-राष्ट्रिय गौरवको निर्माणाधीन मध्यपहाडी(पुष्पलाल) राजमार्गको कास्की पश्चिम खण्डअन्तर्गत पोखरा महानगरपालिका–२५ याम्दीदेखि घट्टेखोलासम्मको निर्माण अन्तिम चरणमा पुगेको छ । पोखरा–बाग्लुङ राजमार्गसमेत पर्ने सो खण्डको १२ किमी सडक निर्माण कार्य ९५ प्रतिशत सकिएको मध्यपहाडी (पुष्पलाल)...

हिसान स्पोर्टस् मिट : उपाधीको लागि आधा दर्जन कलेज भिड्दै

विराटनगर । विराटनगरमा जारी १२ औं संस्करणको हिसान स्पोर्ट्स मिटको फाइनलमा आधा दर्जन कलेज पुगेका छन् । आइतबार भएको खेलमा शिक्षादिप, विकेभिएम, कान्तिपुर, अरनिको, सिद्धार्थ र मोडर्न एरा कलेज फाइनलमा पुगेको हो ।विराटनगरको वैजनाथपुरको क्रिकेट...

काठमाडौंमा २ जना नर्सको आरडीटी गर्दा कोरोना पोजेटिभ

काठमाडौंमा २ जना नर्सलाई आरडीटी गर्दा कोरोना संक्रमण पोजेटिभ देखिएको छ ।त्रिपुरेश्वरस्थित केन्द्रीय कारागारमा खटिएका २ जना नर्समा गरिएको डाइग्नोस्टिक परीक्षणमा कोरोना संक्रमण ‘पोजेटिभ’ देखिएको हो । आरडीटी परीक्षणमा कोरोना संक्रमण ‘पोजेटिभ’ देखिएपछि उनीहरूलाई पीसीआर...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्